अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:०८ | Colorodo: 12:23

न्यूयोर्कका युवा गायक राकेश गुरुङको “म सक्दिन’ गीत सार्वजनिक

विजय थापा २०७५ फागुन ३ गते २२:५२ मा प्रकाशित

अमेरिकाको न्यूयोर्कमा बस्दै आएका युवा उदीयमान गायक राकेश गुरुङको ‘म सक्दिन ‘ गीत सार्वजनिक भएको छ । उक्त गीत उनको आउँदै गरेको प्रथम एल्वम माया बाट निकाली सार्वजनिक गरेका हुन् ।

शब्द तथा सङ्गीत स्वयम् गायक राकेश गुरुङको रहेको छ । यसै गरी गीतको प्रबन्ध (एरेन्ज) दिवस गुरुङले गरेका हुन् भने भिडियो (श्रव्य दृश्य) को निर्देशन राकेश गुरुङले गरेका हुन् । सुरेन्द्रमान सिंहले दृश्य सम्पादन गरेका हुन् । भिडियोमा गायक राकेश गुरुङ तथा कुङ्गा खेमीले अभिनय गरेका छन् । 

‘म सक्दिन’ गीतको भिडियो प्रेम तथा शोकपूर्ण सहितको गीत हो । उक्त गीतमा प्रेमीले आफ्नी प्रेमिकाको निम्ति समर्पण गर्दै गाएका छन् । किनभने प्रेमिका क्यान्सरबाट पीडित छिन् भने उनी केही समय पछि संसारबाट बिदा लिने अवस्थामा पुगेको उक्त भिडियोमा चित्रण गरिएको छ ।

प्रेम दिवस अर्थात् भ्यालेन्टाइन डे फेब्रुअरी १४ का दिन उपयुक्त हुने ठानी म सक्दिन गीत सार्वजनिक गरेको युवा गायक राकेश गुरुङले बताए ।

गायक गुरुङ न्यु योर्कमा बसोबास गर्छन् भने उनी गायक, रचनाकार, डिजे, सङ्गीतकार, गिटारिस्ट ,कार्यक्रम योजनाकार, व्यवसायी, कुकुर प्रेमी तथा केटिएम इन्टरटेन्टमेन्टका संस्थापक हुन् ।

काठमाडौँ लिटल एन्जलस कलेज (महा विद्यालय)बाट अध्ययन गई उच्च शिक्षाको लागि अमेरिका आई मिनेसोटाबाट एमबिए गरेका छन् । मिनेसोटामा रहँदा नेपलिज स्टुडेन्ट एसोसिएसन (नेपाली विद्यार्थी सङ्घ)का अध्यक्ष समेत रहेका गायक गुरुङ हाल लुक्सो कम्पनी (प्रतिष्ठान)महा प्रबन्धक तथा मनाङ समाज युएसएका अध्यक्ष समेत हुन् ।

यसको अतिरिक्त उनी प्रसिद्ध डिजे पनि हुन् भने अमेरिकामा प्रख्यात कलाकारहरू फिरोज श्याङ्गदेन, एड्रिएँन प्रधान, नरेन लिम्बु तथा दिवस गुरुङका साङ्गीतिक कार्यक्रममा गिटार बजाउने थुप्रै अवसर पाएका छन् ।

न्यु योर्कमा रहेता पनि डिजे कार्यक्रमको लागि गायक अमेरिकाको भ्रमण गरी रहेका हुन्छन् । कलाकारको साथै आफूले परदेशमा कमाएको केही अंश समाज सेवामा खर्चिने गर्छन् । उनले अन्धा बालबालिका तथा सडकमा हिँडडुल गर्ने बालबालिकालाई अर्थ दान पनि गरेका छन् ।

यसको अतिरिक्त युवा गायक राकेश गुरुङ लिटल एन्जलस कलेजमा हुँदा पौडीका स्वर्ण पदक विजेता पनि हुन् । गिटारको अतिरिक्त गायक गुरुङ बास्केट बल, पौडी, लन टेनिस पनि खेल्दछन् । 

प्रतिक्रिया