अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३० | Colorodo: 04:45

न्यूयोर्कमा शकुन ज्ञवालीको मुक्तक संग्रह “खबरमा छु प्रिय” लोकार्पण

विजय थापा २०८० असोज ८ गते १८:२३ मा प्रकाशित

न्युयोर्क । पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकाल; लोक गायिका हरिदेवी कोइराला; कवि हनिफ मियाँको सो समारोहमा विशेष उपस्थिति

अमेरिकी प्रवासमा रहेर पनि नेपाली साहित्यकार क्रियाशील कवि शकुन ज्ञवालीको पाँचौँ कृति मुक्तक संग्रह “खबरमा छु प्रिय” गत शनिवार सेप्टेम्बर २३ का दिन न्यूयोर्कमा आयोजित एक भव्य समारोहमा लोकार्पण गरियो ।

कार्यक्रममा नेपाली साहित्य संगीतको मुहान पोखराबाट अमेरिका भ्रमणमा रहनु भएका पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकाल; लोक गायिका हरिदेवी कोइराला; कवि हनिफ मियाँको सो समारोहमा विशेष उपस्थिति रहेको थियो ।

कार्यक्रममा तारा किशन फाउण्डेशनको तर्फबाट फाउन्डेसनका संस्थापक तारा धामी तथा कवि किशनसिंह धामीले कृतिकार शकुन ज्ञवालीलाई सम्मान स्वरूप मायाको चिनो प्रदान गर्नुभएको थियो । यसै गरी सप्तरङ्गी साहित्य प्रतिष्ठान पोखरा र पोखरा प्रज्ञा प्रतिष्ठानले पनि कवि शकुन ज्ञवालीको सम्मान गर्दै दोसल्ला ,मायाको चिनो स्वरूप सम्मान पत्र पठाएको थियो ।

यसै गरी पोखराबाट आउनुभएका विशेष अतिथिहरू प्राज्ञ एवं लोक गायिका हरिदेवी कोइराला र पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पद्मराज ढकालले पनि दोसल्ला ,मायाको चिनो स्वरूप सम्मान पत्र प्रदान गर्नु भएको थियो । कवि शकुन ज्ञवालीलाई अनेसास न्यूयोर्कले पनि दोसल्ला र मायाको चिनो स्वरूप सम्मान पत्र प्रदान गरेको थियो ।

यसै गरी पोखरा प्रज्ञा प्रतिष्ठानका प्राज्ञ कलाकार मिलन शेरचनले मायाको चिनो र दोसल्ला पठाउनु भएको थियो ।

उक्त कार्यक्रममा सहभागी भएका अधिकांशले शकुन ज्ञवालीलाई दोसल्ला,माला,पुष्प गुच्छा र खादाद्वारा सम्मान गरेका थिए ।

बाहिर झमझम पानी परिरहेको अवस्थामा पनि समारोह स्थलमा भने अनेसास न्यूयोर्क च्याप्टरको अध्यक्ष राजन महर्जनको सभापतित्व एवं न्यूयोर्कका कानुन व्यवसायी कवि विनोद रोकाको प्रमुख आतिथ्यतामा ४ घण्टा सम्म सञ्चालन भएको सो कार्यक्रममा नेपाली साहित्यानुरागीहरुको भव्य उपस्थिति रहेको थियो ।

कृतिको समीक्षा साहित्यकार रश्मि भट्टले गर्नु भएको थियो । कार्यक्रमको उद्घोषण सञ्चालन अनेसास न्यूयोर्कका उपाध्यक्ष लक्ष्मी श्रेष्ठ र महासचिव जानुका बस्ती ढकालले गर्नु भएको थियो ।

सोही अवसरमा पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकाल; लोक गायिका हरिदेवी कोइराला; कवि हनिफ मियाँलाई अनेसास न्यूयोर्क च्याप्टर र कलाकार सङ्घले सम्मान पत्र प्रदान गरेको थियो । कार्यक्रममा वरिष्ठ लोक गायिका हरिदेवी कोइरालाले पनि कवि त्रय शकुन,लक्ष्मी तथा नादियालाई मिलन शेरचनले पठाएको मायाको चिनो तथा वहाले समेत मायाको चिनो प्रदान गर्नु भएको थियो ।

उक्त कार्यक्रममा विभिन्न व्यक्तित्वहरूले शुभकामना व्यक्त गर्नु भएको थियो ।

प्रतिक्रिया