अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२८ | Colorodo: 00:43

एएनए अध्यक्ष पदमा समाजसेवी खगेन्द्र अधिकारी निर्वाचित

विजय थापा २०८० असार १८ गते १६:२० मा प्रकाशित

कोलोराडो ।  एएनए अध्यक्ष पदमा समाजसेवी खगेन्द्र अधिकारी निर्वाचित भएका छन् ।

एसोसिएसन अफ नेपलिज इन अमेरिका(एएनए) निर्वाचन समितिका प्रमुख आयुक्त कुलमणि आचार्य, मेराल्याण्ड ई. श्याम सेडाई टेक्सस, निर्वाचन आयुक्त र यसै गरी निर्वाचन आयुक्त डा.शिलु घिमिरे कोलोराडो रहेको ३ सदस्य निर्वाचन समितिले निर्वाचित पदाधिकारीहरूको नतिजाको घोषणा गरेको छ ।

उत्तर अमेरिकामा रहेको नेपालीहरूको पुरानो राष्ट्रिय संस्था एएनएको अध्यक्ष पदमा वासिङ्टन,डी.सी निवासी खगेन्द्र अधिकारी २०२३-२०२६ अर्थात् ३ बर्से कार्यकालको लागि निर्विरोध निर्वाचित भएका छन् ।

यसै गरी वरिष्ठ समाजसेवीहरू क्रमशः वरिष्ठ उपाध्यक्ष पदमा बाल्टिमोर निवासी विजय श्रेष्ठ, उपाध्यक्ष पदमा कोलोराडो निवासी विनोद त्रिपाठी, महासचिव पदमा मेरिल्यान्ड निवासी सी.पी.ए. लक्ष्मण प्रधान र कोषाध्यक्ष पदमा मेरिल्यान्ड निवासी डा. विष्णु घिमिरे निर्विरोध निर्वाचित भएका छन् ।

निर्वाचन समितिका अनुसार बाँकी रहेका अरू सबै पदहरूमा ए.एन.ए.को विधान बमोजिम अध्यक्ष खगेन्द्र अधिकारीको नेतृत्वमा रहेको नयाँ कार्य समितिबाट मनोनयन गरी पदपूर्ति गर्ने व्यवस्था हुने जनाइएको छ ।

प्रतिक्रिया