अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३७ | Colorodo: 03:52

भर्जिनियामा कलिउड नाइट सम्पन्न

विजय थापा २०७९ असोज ९ गते २१:२७ मा प्रकाशित

डिसी – गत सेप्टेम्बर २४ शनिवारका दिन केसी डान्स सेन्टरद्वारा प्रस्तुत कलिवुड नाइट २०२२ कार्यक्रमले ऐतिहासिक सफलता हासिल गरेको छ । खचाखच भिड रहेको कार्यक्रममा विशेष आकर्षण मध्ये कै एक नेपालका चर्चित हास्य कलाकार जितु नेपाल (मुन्द्रे )सहित अमेरिकामा जन्मेका बालबालिकाको प्रस्तुति बेजोड रहन गयो । कार्यक्रममा मुन्द्रेले २-४ वटा प्रस्तुति गरेका थिए भने उनको प्रस्तुतिलाई दर्शकहरूले औधि मन पराए ।

दर्शकहरूले भरपुर मनोरञ्जन गरे भने समयमा सुरु भएकोमा दर्शकहरूले मुक्त कण्ठले केसी डान्स सेन्टरको प्रशंसा गरेका छन् । एक मिनेट पनि ढिलो नगरी समय मै समाप्त हुनु भनेको नेपाली समुदायमा असम्भव र दुर्लभ हुन्छ । कहिले ठिक समयमा आयोजना गर्न सक्दैनन् र हुने नसक्ने उदाहरण कलिवुड नाइट २०२२ ले सबैलाई चकित बनाई दिएको छ ।

कलिवुड नाइट २०२२ कार्यकमले अमेरिकामा रहेका नेपाली समुदाय र सम्पूर्ण आयोजकहरूलाई पाठ सिकाएको छ । कार्यक्रम यसरी गर्नु पर्छ र दर्शक समयमा नआएमा कसरी २-४ वटै प्रस्तुति पैसा तिरेर पनि हेर्न नपाएका दर्शकहरू पछुताएका छन् भने उनीहरू सचेत भएका छन् ।

कुनै पनि सांस्कृतिक तथा कलाकारहरूको कार्यक्रम ठिक समयमा कहिले नहुने र दर्शकहरू पनि ढिलो पुग्ने भएकोले प्रारम्भका उत्कृष्ट प्रस्तुतिबाट चुकेका छन् ।

५ दर्जन भन्दा ज्यादा अमेरिकामा जन्मेका तथा सानैमा अमेरिका आएका बालबालिकाहरूले करिब ६ महिना अगाडी देखि अहोरात्र पूर्व अभ्यास गरेर आत्म विश्वास साथ गरेको प्रस्तुतिको जति नै गरे पनि प्रशंसा कमै रहन्छ । किशोरीहरूले नेपाली गीतहरूमा प्रस्तुत नृत्यहरूको कुनै व्यावसायिक नृत्याङ्गना /नृत्य गर्ने कलाकार भन्दा कुनै फितलो थिएन । हरेक प्रस्तुति उतिकै बेजोड प्रस्तुति रहन पुगेको थियो । दर्शकहरू अढाई घण्टा एक टक र दोस्रो पुस्ताको प्रस्तुतिको चर्चा गर्दै एक पछि अर्का कार्यक्रम हेर्दा अद्वितीय रहेकोले केही दर्शक भावुक पनि भएका थिए ।

दर्शकहरूले बेजोड प्रस्तुति हेर्दै कर्तल ध्वनिले सम्मान गरेका थिए । कार्यक्रम वरिष्ठ लोकगायक प्रेमराजा महत, लोक गायिका शान्ति भण्डारी, न्यूयोर्कका संजोक योञ्जन, नायक राहुल केसी, सबिना बज्राचार्य, लुना श्रेष्ठ, नवीन केसी, सारङ्गा श्रेष्ठ लगायतको नृत्य सहितको गीत प्रस्तुति अद्वितीय रहेको थियो ।

भाषण, सम्मान तथा खादा नओढाउने पूर्व घोषणा गरे अनुसार कार्यक्रम सम्पन्न गरिएको थियो । कार्यक्रमको शुभारम्भमा दसैँको दुर्गा अम्बे स्तुति सामूहिक प्रस्तुति सर्वोत्कृष्ट रहेको थियो ।

यस पटक सबै जातजातिलाई समेट्दै हिमाल, पहाड र तराईका विभिन्न जातजातिका विशेष गीतहरूमा अमेरिकामा जन्मेका र केसी डान्स सेन्टरमै सिक्दै गरेका किशोरीहरूको प्रस्तुति बेजोड रहेको थियो । यस पटक पनि कार्यक्रमको अन्त्यमा दसैँ तिहारमा देउसी भैलोको प्रस्तुति पनि अत्यन्तै उत्कृष्ट रहेको थियो ।

कार्यक्रम सञ्चालन परशु तिमिल्सिना तथा दोस्रो पुस्ताकी जेनिशा चुडाल लगायत साना बालिकाहरूले कार्यक्रम सञ्चालन गरेका थिए ।

प्रतिक्रिया