अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:३८ | Colorodo: 12:53

मेरिल्याण्ड चित्रकला प्रतियोगितामा राजेन्द्र केसी प्रथम

विजय थापा २०७५ जेठ २० गते २१:२० मा प्रकाशित

वासिङ्टन डिसी, एक दशक देखि डिसी क्षेत्रमा बस्दै आएका चित्रकार राजेन्द्र केसी द्वारा प्रस्तुत गरिएको चित्रकलाले प्रथम स्थान हासिल गरेको छ । उनले अमेरिकाको मेरिल्याण्ड राज्यको पर्यटक तथा पुरानो चर्चित सहर एनापोलिसमा भएको चित्रकला प्रदर्शनमा पहिलो स्थान हासिल गरेका हुन् ।

उनले उक्त प्रतियोगितामा दर्जनौँ कलाकारहरूले बनाएका प्रदर्शित चित्रलाई हेर्न आएका दर्शक तथा निर्णायकहरूले केसीका चित्रलाई मतदान गरी उनी प्रथम स्थान हासिल गर्दै $ ५ सय डलर नगद तथा सम्मान स्वरूप पुरस्कार प्राप्त गरेका छन् l

निर्णायकहरूले निश्चित तोकेको समय भित्र उनले दृश्य चित्र बनाएर नेपालीको नाम उच्च राख्न सफल भएका छन् । उनी एक मात्र नेपाली चित्रकार (कलाकार ) सहभागी रहेका थिए । यसको साथै उनले बनाएको चित्र तुरुन्तै बिक्री पनि भएको केसीले बताए ।

डिसी क्षेत्रमा रहने केसीले विभिन्न पुरस्कार पाई रहने गर्दछन् । काठमाडौँ जावलाखेल घर भई झन्डै १० वर्ष अगाडी सपरिवार अमेरिका आएका केसीले प्रारम्भिक चरणमा नेपालबाट अमेरिका आउँदा आफू भित्र भएको प्रतिभालाई प्रस्फुटन गर्न नपाउँदा उकुस मुकुस भएको बताए l

अमेरिकाका स्थानीय विदेशी कलाकारहरू सँग हातेमालो गरे पछि आफू पनि विदेशीसँग अगाडी बढ्न मार्ग खुलेकोले केसी बताउद्छन । यसको साथै अमेरिकामा आफ्नो प्रतिभा प्रस्फुटन गर्न पाएकोमा केसी दङ्ग छन् ।

सन् १९९६ देखि नै व्यावसायिक चित्रकारिता पेसामा संलग्न भएका केसी अमेरिकामा नेपाली मूलका कलाकार जम्दै छन् l

प्रतिक्रिया