अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५६ | Colorodo: 23:11

मानिस एक काम अनेक बहु प्रतिभाका धनी- डेभिल सिंह राजपुत

सूर्य चन्द, काठमाडौँ २०७५ जेठ २ गते १०:१२ मा प्रकाशित

मानिस एक काम अनेक भने जस्तै विभिन्न क्षेत्रमा काम गरेर सफलताको शिखर चढ्दै गरेका व्यक्ति हुन् बहु प्रतिभाका धनी डेभिल सिंह राजपुत । आफ्नो व्यापार व्यवसाय सँगै सञ्चार क्षेत्र, मोडलिङ क्षेत्र, म्युजिक भिडियो निर्देशन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिताहरूको सफल आयोजना गरेर चर्चा कमाएका डेभिल सिंह राजपुतले अवार्ड कार्यक्रमहरू समेत आयोजना गर्दै आएका छन् । बिरेन्द्र बजार-४ धनुषा जनकपुरका स्थायी बासिन्दा मोडल डेभिल सिंह राजपुत विगत लामो समयदेखि काठमाडौँलाई कर्मथलो बनाएर व्यापार, व्यवसाय, मोडलिङ तथा ईभेन्ट अर्गनाइजरको भूमिकामा सक्रिय रहेर व्यस्त बन्दै आएका छन् ।

नेपाली चलचित्रमा समेत लगानी गरेर चलचित्र निर्माताको समेत भूमिका निर्वाह गरिसकेका राजपुतले दर्जनौँ म्युजिक भिडियोहरू निर्माण गरेर आफैले समेत अभिनय गरेका छन् । नेपालमा बढ्दै गइरहेको विभिन्न अवार्ड तथा सौन्दर्य प्रतियोगिताहरूलाई व्यवस्थित गर्दै अवार्ड र सौन्दर्य प्रतियोगिताहरूलाई छुट्टै उचाइमा पुर्‍याउन र सौन्दर्य प्रतियोगिताको महत्वलाइ अझ फराकिलो बनाउँदै सम्पूर्ण सौन्दर्यप्रेमीहरुको लागि प्लेटफर्म तयार गर्न लागि परेका मोडल डेभिल सिंह राजपुतले विभिन्न सौन्दर्य प्रतियोगिता आयोजना गरी मोडल बन्न चाहनेहरुको लागि समेत उपयुक्त अवसर प्रदान गर्दै आएका छन् । 

नेपाल फेसन विक डट कमका सञ्चालक समेत रहेका मल्टि ट्यालेण्टेड राजपुतले सञ्चार क्षेत्र मार्फत प्रतिभा भएर पनि विभिन्न क्षेत्रमा पछि परेका व्यक्तिहरूलाई उनीहरूको क्षमता तथा प्रतिभालाई उजागर गर्ने कम गर्दै आएका छन् । विभिन्न सौन्दर्य प्रतियोगिताहरूको सफल आयोजना गरी सकेका राजपुतले यो वर्षको सुरुवातमा नै अन्तर्राष्ट्रिय स्तरको सौन्दर्य प्रतियोगिता मिस स्कुबा नेपाल २०१८ र नेक्स्ट सुपर टप्स मोडल २०१८ नेपालको आयोजना गर्ने भएका छन् । जसका लागि रजिस्ट्रेसन फर्म समेत खुल्ला गरी सकेको जानकारी उनले दिएका छन् । त्यसै गरी नेपाल मोडल अवार्ड २०१८ को लागि पनि अवार्डको लागि पनि दर्ता फारम खुल्ला गरिएको जानकारी समेत उनले दिएका छन् । उक्त अवार्ड कार्यक्रम भने थाईल्याण्डमा गरिने समेत उनले जानकारी गराएका छन् ।

मोडल सङस नेपाल र युनिभर्सल झुम इन्टरटेनमेन्ट प्रालिको प्रबन्ध निर्देशक समेत रहेका मोडल डेभिल सिंह राजपुतले पत्रकारितामा समेत कलम चलाउँदै आएका छन् l मुलुकभर छरिएर रहेका मोडल बन्न इच्छुक युवा युवतीहरूलाई सौन्दर्य प्रतियोगिता मार्फत समेट्दै उनीहरूको लागि नेपाली सिने नगरीमा स्थापित गराउँदै आएका उनले भविष्यमा नेपाली सञ्चार क्षेत्रलाई तथा मोडलिङ क्षेत्रलाई थप उचाइमा पुर्‍याउन दिनरात मेहनत समेत गर्दैछन ।

समय अनुसार परिवर्तन हुँदै गइरहेको नेपाली मोडलिङ क्षेत्रलाई थप व्यवस्थित गरी अन्तर्राष्ट्रिय स्तरको बनाउन तथा यस क्षेत्रामा लाग्ने युवा युवातीहरुलाई हौसला प्रदान गर्दै उनीहरूको भविष्यको लागि कोशेढुंगा बन्ने सोच लिएका मोडल राजपुत यस क्षेत्रको लागि एक इमान्दार, मेहनती र सक्षम व्यक्तिको रूपमा परिचित छन् । देशको लागि केही गर्नु पर्छ भन्ने उदेश्यका साथ अगाडी बढेका उर्जाशील युवा डेभिल सिंह राजपुत एक समाजसेवी समेत हुन ।