अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:२८ | Colorodo: 10:43

भूठान (द वल्डस ह्यपियस्टम्यान) को छायाँकन सम्पन्न

बिआरटीनेपाल २०८० माघ २० गते २१:३७ मा प्रकाशित

नेपालीमा “भूठान” र अंग्रेजीमा“ द वल्डस ह्यापियस्ट म्यान” छुट्टाछुट्टै नाम रहेको “वुलवुल” निर्देशक विनोद पौडेलद्वारा निर्देशित पहिलो हलिउड नेपाली चलचित्रको सम्पूर्ण छायांकन हालै सकिएको छ । यसमा नेपालबाट हरिवंश आचार्य, दयाहाङ्ग राई, पुजा चन्दलामा, रिचा घिमिरे, भुवन प्याकुरुल, अदिति प्याकुरेल, कौशिला खनाल कर्मचार्य साथै भारतबाट अनुराधा मजुमदार तथा अमेरिकाबाट हलिउडका विश्वविख्यात अभिनेता बू्रश डन लगायत विभिन्न कलाकारहरु जोडिएका छन् । सांघुरोका निर्देशक जोयश पाण्डे र नेपाली नाट्य क्षेत्रका सफल व्यतित्व विमल सुवेदी पनि यस चलचित्रमा अभिनेताका रुपमा पनि देखिने भएका छन् ।

विगत पाँच वर्ष देखिको निरन्तर प्रयासपछि हालै सम्पन्न भएको यो चलचित्र, हलिउडकै अन्तराष्ट््रीय मान्यता र मापदण्डमा रहेर बनाइएको हो । “यो नेपालको लागि पहिलो यूनियन (स्याग) चलचित्र हुनेछ । यसमा बु्रश डन मात्र नभएर हलिउडकै प्रख्यात प्राविधिकहरु पनि जोडिएका छन्, जसले गर्दा यस चलचित्रको प्रविधिक पक्ष अत्यन्तैै सबल रहेको र कथा पनि विश्वले आत्मसात गर्ने भएकोले यो चलचित्र मार्फत हामी विश्वबजारमा आफ्नो पहुंच बनाउने कुरामा विश्वस्त छौं जुन सम्पूण नेपाल र नेपालीको गर्वको कुरा हो”, लेखक, निर्दैशक पौडेल बताउँछन् ।

म्याड मंकीफिल्मस्ले निर्माण गरेको यस चलचित्रमा, हलिउडकै भ्याकेन्ट लाइट, एभरेष्ट इन्टरटेनमेन्ट, ठकुराठी ब्रोस र नेपालबाट अवेकन प्रोडक्सन जस्ता कंपनिले सहकार्य गरेका छन् । यसका कार्यकारी निर्माताहरु कौशिला खनाल कर्मचार्य, एल.एनअधिकारी,अपार श्रेष्ठ, रमेश भट्ट छन् भने निर्माताहरुमा राजेन्द्र ठकुराठी, अभिताव जोशी र अविरलथापा रहेका छन् ।

यो चलचित्र २०२४ को अन्त्य सम्मदर्शक सामु ल्याउने र विश्वव्यापी रुपमा प्रदर्शन गर्ने योजना रहेकोे जानकारी यसका कार्यकारी निर्माताहरु कौशिला खनाल कर्मचार्य,एल एन अधिकारी, रमेश भट्ट र अपार श्रेष्ठले दिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू