अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:१५ | Colorodo: 06:30

सज्जा, कमला न्यौपाने र संगीतकार न्ह्यू बज्राचार्यको “किनाराको ढुंगा”

बिआरटीनेपाल २०८० मंसिर १९ गते २०:५८ मा प्रकाशित

काठमाडौँ । नेपाल आइडलबाट चर्चा कमाएकी गायिका सज्जा चौलागाईको स्वर रहेको किनाराको ढुंगा बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । गीतकार कमला न्यौपानेको शब्द तथा संगीतकार न्ह्यू बज्राचार्यको संगीत रहेको गीतमा प्रज्वल लामाको एरेन्ज रहेको छ । भिडियोले आफ्नो प्रेमीको कल्पनामा डुबेकी मायालुको प्रेम भावलाई बयान गरेको छ । भिडियोमा सुन्दरी मोडल सुयसा पौडेल गज्जबसँग खुलेकी छिन् ।

भिडियोको निर्देशन गायक समेत रहेका अनुप रेग्मीले गरेका हुन् । निर्देशक रेग्मीले भिडियो रिलिज गरिएको छोटो समयमा नै राम्रो प्रतिक्रिया आइरहेको बताए । करिब २ दशकदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गायक हुन् अनुप । गायनको क्षेत्रमा एकपछि अर्को सृजना लिएर बजारमा आइरहेका बेला उनले आफ्नै निर्देशनमा किनाराको ढुंगा बोलको गीतको भिडियो बजारमा ल्याएका हुन् ।

रेग्मीको स्वरमा नै रहेको अर्को नयाँ गीतको भिडियो रिलिजको क्रममा रहेको छ । सार्वजनिक भिडियोमा किनाराको ढुङ्गामा सुशील विक्रम शाहको कन्सेप्ट रहेको भिडियोको छायाङ्कन उत्सव दाहालले गरेका हुन् । विकाश दाहालले सम्पादन गरेको भिडियो तरङ्ग द वेभ क्रियशनबाट बजारमा आएको हो ।

प्रतिक्रिया