अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:११ | Colorodo: 03:26

मेनुका पौडेलको स्वरमा ‘बर्बादी’ सार्वजनिक

बिआरटीनेपाल २०८० फागुन १० गते ६:३० मा प्रकाशित

मेनुका पौडेलको स्वरमा ‘बर्बादी’ शीर्षकको गीत सार्वजनिक गरिएको छ । क्षितिज सापकोटाको शब्द रहेको गीतमा मेनुकासँगै सिडी विजय अधिकारीले स्वर दिएका छन् । सिडी विजयकै संगीत रहेको गीतलाई पुष्कर खत्रीले एरेन्ज गरेका हुन् । यो प्रेमगीतको भिडियोमा आकाश श्रेष्ठ र करुणा श्रेष्ठ फिचर्ड छन् । पुनम श्रेष्ठको कोरियोग्राफी, उत्तम हुमागाईंको छायांकन रहेको भिडियो प्रहिल काकीको निर्देशनमा तयार भएको हो । माधव बेल्बासे भिडियोका सम्पादक हुन् ।

इण्डियन आइडलमा उत्कृष्ट १० सम्म पुगेर बाहिरिएपछि नेपाल फर्किएसँगै मेनुकाले केही गीतमा स्वर दिइसकेकी छन् । बुधवार मात्रै मेनुकाको स्वरमा ‘पल्लो गाउँकी सान्कान्छी’बोलको गीत सार्वजनिक भएको थियो ।

प्रतिक्रिया