अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२३ | Colorodo: 19:38

गायिका सहिमा श्रेष्ठ र डेविड शंकरको गीत “सलल बगेको पानी” सार्वजनिक (भिडियो सहित)

सूर्य चन्द, काठमाडौँ २०७५ असोज २२ गते ८:५५ मा प्रकाशित

चर्चित तथा व्यस्त गायिकाको सूचीमा परेकी भर्सटाइल गायिका सहिमा श्रेष्ठ पछिल्लो समय चर्चाको शिखरमा पुगेका गायक डेबिट शंकरको नयाँ गीत “सलल बगेको पानी” को म्युजिक भिडियो सार्वजनिक भएको छ l 

गायिका सहिमा र डेविडको युगल स्वर रहेको सार्वजनिक गीतमा सुमन वैरागी पण्डितका शब्द रहेको छ भने चर्चित सङ्गीतकार दीपक शर्माको सङ्गीत रहेको छ ।

चितवनका मनोरम दृश्यमा छायाङ्कन गरिएको उक्त गीतमा राजु अधिकारीको निर्देशन र पछिल्लो पुस्ताका सफल नृत्य निर्देशक कविराज गहतराजको कोरियोग्राफी रहेको छ l म्युजिक भिडियोमा नायिका जस्मिन श्रेष्ठ र प्रतिभाशाली मोडल विनोद न्यौपानेको दमदार अभिनय रहेको छ । जसमा ६० जना कोरस सहित अत्याधुनिक क्यामेराले भिडियो छायाङ्कन गरी चर्चित छायाकार सुदिप बरालले आफ्नो कला कौशल देखाउन सफल भएका छन् । सम्पादक मिलन श्रेष्ठको सम्पादन रहेको छ । भिडियो हेर्नुहोस् :

 

सम्बन्धित सामग्रीहरू