अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:४९ | Colorodo: 02:04

सरोज खनालको निर्देशनमा महेश्वर पन्तको ‘जिउँदा देवता’ मा गौरी मल्ल

बिआरटीनेपाल २०८० पुष १६ गते १३:०८ मा प्रकाशित

काठमाडौँ । गायक प्रवीन बेडवालको सुमधुर स्वरमा रहेको नयाँ गीत ‘जिउँदा देवता’ को साङ्गीतिक लघु चलचित्र सार्वजनिक भएको छ। कृष्णा पन्त स्मृति प्रतिष्ठानको प्रस्तुति तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोस्टन च्याप्टरका अध्यक्ष एवं अनेसास केन्द्रीय सांस्कृतिक समितिका संयोजक गीतकार सङ्गीतकार महेश्वर पन्तको रचना तथा सङ्गीत रहेको मार्मिक गीतको साङ्गीतिक लघु चलचित्र सार्वजनिक भएको छ। उक्त भिडियोमा पछिल्लो समयमा नेपाली समाजमा घटिरहेका समसामयिक विषयवस्तुलाई जोडदार रूपमा प्रस्तुत गरिएको छ।

वरिष्ठ अभिनेता तथा निर्देशक सरोज खनालद्वारा निर्देशित उक्त चलचित्रलाई उत्सव दाहालले छायाङ्कन गरेका हुन्। सार्वजनिक भिडियोमा वरिष्ठ अभिनेत्री गौरी मल्ल, महेश्वर पन्त, रमेश दाहाल, राजेन्द्र केसी, सविना आचार्य, भावना गुरुङ तथा बालकलाकारद्वय गीर्वाणसिंह थापा र गर्विशा थापालाई फिचर्ड गरिएको छ । हेर्नुहोस् भिडियो :

प्रतिक्रिया