अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४४ | Colorodo: 05:59

एक्टर’बाट राज वल्लभको कमब्याक

बिआरटीनेपाल २०८० माघ ५ गते ११:२२ मा प्रकाशित

काठमान्डौं । फिल्म ‘पर्खी बसेँ तिमीलाई’ हलमा लागिरहँदा नायक राज वल्लभ कोइरालालाई दर्शकले निकै सम्झिए । फिल्म ‘पर्खी बसेँ’बाट रजतपटमा प्रवेश गरेका यी नायक राम्रैसँग छाए । उनले अभिनय गरेका फिल्मले पनि बक्स अफिसमा राम्रै कमाई गर्दा उनको अभिनयको तारिफ धेरै भयो ।
तर, फिल्म ‘हाइवे टू धम्पुस’को छायांकनका लागि राज वल्लभ अमेरिका पुगे । यसपछि, भने उनले नेपाली फिल्ममा निरन्तरता दिन सकेनन् । अब, उनै नायक फिल्म ‘एक्टर’बाट फिल्म क्षेत्रमा कमब्याक गर्दैछन् ।

नायक प्रदीप खड्काको मुख्य भूमिका रहने फिल्म ‘एक्टर’मा राज वल्लभ काम गर्न तयार भएका हुन् । निर्माणपक्षले यो फिल्ममा नायकको रुपमा प्रदीप खड्का र नायिकाको रुपमा आना शर्मालाई फाइनल गरिसकेका छ ।

राजन भुसालको निर्देशनमा तयार हुन लागेको यो फिल्ममा थमन कुमार भण्डारीको लगानी छ । अदृत फिल्मसको प्रस्तुतिमा निर्माण हुन लागेको यो फिल्मको सह–निर्मातामा एनिस भुसाल र सार्थक के सी छन् । फिल्ममा पोस्टर डिजाइन र पग्लिसिटी डिजाइन ट्राइडेन्ट कन्सेप्टको रहेको छ ।

यो फिल्मको छायाङ्कन केही महिनामा नै सुरु हुनेछ । फिल्मलाई सन् २०२५ भित्र रिलिज गर्ने तयारीमा निर्माण पक्ष छ । यो फिल्ममा नरेन्द्र मैनालीको छायाङ्कन रहनेछ । फिल्ममा रीत बोहरा सहयोगी निर्देशकको रुपमा छन् ।

फिल्म ‘एक्टर’लाई लिएर आफू निकै नै उत्साहित भएको राजबल्भ कोइरालाले बताएका छन् । आना र प्रदीपको जोडीलाई लिएर दर्शकमा पनि उत्साह थपिने निश्चित छ ।

प्रतिक्रिया