अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:४६ | Colorodo: 02:01

नृत्य तथा अभिनयकी धनी – नायिका सपना सिंह ठकुरी

सूर्य चन्द, काठमाडौँ २०७५ जेठ ८ गते १०:३० मा प्रकाशित

विगत एक दशक देखि नेपाली चलचित्र क्षेत्र अर्थात् रंगिन संसारमा अनवरत रूपमा आफूलाई उभ्याएर सबल अभिनेत्रीको रूपमा चिनाउन सफल नाम हो, नायिका सपना सिंह ठकुरी l नेपाली सिनेनगरी तथा मोडलिङ क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल नायिका सपना सिंह ठकुरी आफ्नो चर्चा सँगै म्युजिक भिडियो तथा चलचित्रमा व्यस्त बन्दै आएकी छिन l 

नेपाल टेलिभिजन बाट प्रसारण भएको नृत्य प्रतियोगिता ‘छमछमि’ बाट आफ्नो कला अभिनय सुरु गरेकी नेपाली चलचित्र क्षेत्रमा स्थापित नायिका सपना सिंह ठकुरी विगत लामो समय देखि नेपाली सिनेमा जगतमा छिन l नेपालगन्ज घर भएकी सुन्दरी नायिका सपना केही वर्ष अघि सिने क्षेत्रमा आफ्नो भाग्य चम्काउन राजधानी प्रवेश गरेकी हुन् l पुरानो बानेश्वरको एम आर थिएटर बाट भरत नाट्यम, अभिनय र आधुनिक नृत्य सिकेकी नायिका सपना सिंह ठकुरी अभिनय र नृत्यमा पोख्त छिन l नायिका सपना सिंह ठकुरीले दर्जनौँ चलचित्र, सयौँ म्युजिक भिडियोमा आफ्नो कुशल अभिनय प्रस्तुत गरिसकेकी छिन त्यस्तैगरी करिब २ दर्जन थिएटर सो मा अभिनय गर्नुको साथै विभिन्न व्यापारिक एड समेत आफ्नो कला कौसल प्रदर्शन गरिसकेकी छिन् l अभिनय र नृत्यमा पोख्त नायिका सपना हेर्दा पनि त्यतिकै आकर्षण र सुन्दरी छिन l सधैँ हाँसी रहने मिठो मुस्कानकी धनी नायिका सपना सबै सँग चाडै घुलमिल हुन सक्ने क्षमताकी धनी छिन l 

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा हुने विभिन्न कार्यक्रमहरूमा समेत आफ्नो उपस्थिति देखाइसकेकी नायिका सपनाले विभिन्न अवार्डहरू बाट समेत सम्मान हासिल गरिसकेकी छिन l

लेखक तथा कलाकार बाबा श्यामानन्द सिंह ठकुरी “वर्तमान” र माता लक्ष्मी देवी सिंह ठकुरीको प्रेरणा, हौसला र सहयोगले गर्दा कलाकारिता क्षेत्रमा प्रवेश गरेकी नायिका सपना सिंह ठकुरी आफूलाई अभिनय र कला प्रस्तुत गरेर आफू भित्र भएको क्षमता लाई प्रदर्शन गरेर सिने क्षेत्रमा स्थापित भएकी हुन l चर्चाको शिखरमा पुग्न आफ्नो मेहनत लगनशीलता, अभिनय क्षमता हुनु पर्नेमा विश्वास राख्ने सपना क्षणीक चर्चाको लागि आफू ननाङगिने र ग्ल्यामरसको नाममा जे पायो त्यही पनि नगर्ने उनी बताउछिन l

कलाकारिता सँगै एनजीओ आइएनजीओहरुको प्रोजेक्टमा समेत काम गर्दै आएकी सपना सामाजिक कार्यमा समेत उत्तिकै रुचि राख्दै सामाजिक कार्यमा समेत काम गर्दै आएकी छिन l

भविष्यमा आफूलाई आफ्नो अभिनय, नृत्य को माध्यम मार्फत एक कुशल अभिनेत्री को रूपमा स्थापित गराउन लागिपरेकी नायिका सपना सिंह ठकुरी आफ्नो सुन्दरता प्रति पनि त्यतिकै ध्यान दिन्छिन र नेपाली दर्शकहरूको मागलाई ध्यान दिँदै समय सापेक्ष आफूलाई परिवर्तन गर्दै लैजाने र राम्रो कथा बस्तु नेपाली समाजलाई पच्ने खालको चलचित्रमा आफू सधैँ अभिनय गर्न तत्पर रहेको उनी बताउछिन l

सम्बन्धित सामग्रीहरू