अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५७ | Colorodo: 06:12

Gorge Floyed Black Life Matter ! !

समीर आचार्य २०७७ साउन ६ गते ८:५९ मा प्रकाशित

कत्ती दुख कष्ट सहेँ
दास पनि बने
बिके कत्ती पटक पटक
महामारीसँग जुधे
रक्षक मेरा भक्षक भए
सपना को भयो नाश
छ्ट्पटिए कराए म फेर्न नपाई सास -2
कुल्चिदियो पाइलामुनि बाच्ने थियो आस,
कुल्चिदियो पाइलामुनि बाच्ने थियो आस

के गल्ती थियो मेरो यस्तो ,
गरेऊ कालो भनी हेलाँ
किरासरि कुल्ची दिएऊ
म लाचार भएको बेला
हड्बडाए म डराएँ अनि छ्पटीए कति
देखेनौ तिमीले त्यो आशु बगी भिज्या माटो रती
आँखा बन्द प्राण गयो
देखे आफ्नै लास
छ्ट्पटिए कराए म फेर्न नपाई सास -2
कुल्चिदियो पाइलामुनि बाच्ने थियो आस,
कुल्चिदियो पाइलामुनि बाच्ने थियो आस

घरका बाल बच्चा सम्झे
सम्झे मेरी प्यारी
कति दुख कष्ट होला
दिन बित्ला के गरी ?
म त जान्छु अन्त्य मेरो भगवान्
रक्छ्या तिनको गरुन्
यो कालो गोरो, वर्ण भावले
रातो रगत न मैलुन
जाने बाटो उज्यालो भो, कालो बादलले ढाक्यो
घुँडा मुनी मेरो घाँटी सर्दा सर्दै थाक्यो
बन्द भए आँखा दुई
आत्मा को भयो नाश
छ्ट्पटिए कराए म फेर्न नपाई सास -2
कुल्चिदियो पाइलामुनि बाच्ने थियो आस,
कुल्चिदियो पाइलामुनि बाच्ने थियो आस

कत्ती दुख कष्ट सहेँ
दास पनि बने
बिके कत्ती पटक पटक
महामारीसँग जुधे
रक्षक मेरा भक्षक भए
सपना को भयो नाश
छ्ट्पटिए कराए म फेर्न नपाई सास -2
कुल्चिदियो पाइलामुनि बाच्ने थियो आस,
कुल्चिदियो पाइलामुनि बाच्ने थियो आस