अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:५२ | Colorodo: 21:07

निन्द्रा लाग्छ धरै मिठो

समीर आचार्य २०७८ चैत १३ गते २२:१८ मा प्रकाशित

पाना पल्टाइ जिन्दगीको
छोपी दिए कथाहरू
धोई आफ्नै मनको मैलो
लुकाइ दिए व्यथाहरू

अफना आफन्तकै पिर
सताउथ्यो हिजोवरी
माया गर्नेले धोका दिँदा
चित्त दुख्यो उसै गरी

चार किल्ला भत्काएर
खुल्ला पार्दे नाकाहरू
सिलाई दिए मनका पाना
लगाई नयाँ टाँकाहरू

पाना पल्टाइ जिन्दगीको
छोपी दिए कथाहरू
धोई आफ्नै मनको मैलो
लुकाई दिए ब्यथाहरु

गरे व्यर्थ आफ्नू मानी
हिजो सम्म गलाई परानी
अन्त्य सबको उही रहेछ
मरेपछि तातो खरानी

पाना पल्टाइ जिन्दगीको
छोपी दिए कथाहरू
धोई आफ्नै मनको मैलो
लुकाई दिए व्यथाहरू

कोट्याएर फ्याँकिदिए
पुराना घाउका खाटाहरू
खनी खेतका गराहरू
साम्याईदिए पाटाहरू

सबै समान देख्छु आजकल
को साँचो को झुटो ?
चिन्ता, पिर दुख छैन
निन्द्रा लाग्छ धरै मिठो

पाना पल्टाइ जिन्दगीको
छोपी दिए कथाहरू
धोई आफ्नै मनको मैलो
लुकाई दिए ब्यथाहरु