अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०६ | Colorodo: 06:21

मामा घर

समीर आचार्य २०७९ मंसिर ३ गते १७:०२ मा प्रकाशित

मीन पचासको छुट्टी हुन्थ्यो
जान्थ्यौँ मामाघर
घरै पुर्‍याई दिन्थ्यो रिक्सावाला
हुन्न थियो डर

नाति आयो नेपाल बाट
दङ्ग बाबा मुवा
भेट्न भनी छिमेक आउथ्ये
को आयो यो नयाँ ?

नयाँ लुगा मासु किन्न
पर्थ्यो ठ्याक्क ठुक्क
कुरा आखिर मेरै पुग्छ
मुवा हुने ढुक्क

पाहुना छन् घर्मा भनी
भुल्ली फकाउने
कहीँ नबिकेका सब्जी जति
मुवालाई बिकाउनो

एकै नासे सब्लाई लुगा
एउटै थान्को काट्ने
पसलेले २ को ४ सधैँ
मुवालाई ठग्ने

काठमान्डुमा पछि आउँदा
नयाँ थियो सबै
तर पनि मामाघर
रह्यो हामीलाई उस्तै

बाबा मुवा लिई हामी
पछि आयौँ यता
चिउरा खुवाउँदा मुवाको
भर्थ्यो पोखी पोल्टा

प्लेनको खाना बिटुलो भो
खान हुन्न अरे
धरै पुगी दालभात मीठो
खाने पर्छ भरे

कोक खादा वाइन हो नुजु
सोधिसिन्थ्यो बाबा
ब्लडी मेरी टोम्य्टो जुस
खाम्न भन्ने मुवा

रमाईलोथ्यो त्यो साथ हाम्रो
छोडी आथ्यौं माटो
गफ गर्दै कथा सुन्दै
काटेका थियौँ बाटो

नयाँ ठाउँ सबै व्यस्त
सबैको छ राम्रो
बिदेशमानी मामा घर
छुटेन कहिल्यै हाम्रो

बाबा बित्दा हामी रुवाथ्यौं
रुवाथ्यो हाम्रो मन
एक्लो मुवा देखी हाम्रो
माया बढ्यो झन्

मुवा भन्दा हजुर भन्ने
स्वर अति तीखा
आशीर्वाद दिने हात उठाई
नदेख्दा नि आखां

हातै छामी सब्लाई चिन्ने
मुवाका तीन नेत्र
भजन कीर्तन सधैँ मुखमा
चोखो मनथ्यो भित्र

अज संसार छोडी गइस्यो
भेट्न बाबा उतै
यत्रा सन्तान हामी सबै
अनाथ भा छौ यतै

पुण्य सधैँ गरिसेथ्यो
बैकुठंको बास होला
न कुनै दुख होला मुवा
न रोगले नै सताउला

शीतल छहारी हजुर हाम्रो
हराए जस्तो भा छ
मुवा कतै खुसी हुँदा
मन्मा सन्तोक छा छ
मुवा कतै सुखी हुँदा
मन्मा सन्तोष छा छ ।।।