अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:२९ | Colorodo: 18:44

नयाँ वर्ष

समीर आचार्य २०७९ वैशाख १ गते १५:२३ मा प्रकाशित

नयाँ वर्ष आयो सबलाई, हाशो खुसी बोकी
नौलो बिहानीको किरण जस्तै, बाधा अड्चन रोकी

भय नहोश मनमा कुनै, शत्रु नाश होउन्
प्रगति पथमा लम्केका पाइला, गन्तव्यमा छोउन्
लक्ष्मी दाहिने हुन् सधैँ, रोग राग टाढा भागुन्
सुन्दर ती तिम्रा सपनाहरू,पुरा हुन लागुन्

नयाँ वर्ष आयो सबलाई, हाशो खुसी बोकी
नौलो बिहानीको किरण जस्तै, बाधा अड्चन रोकी

नयाँ बाली मौलाउन सबका,कार्य पुरा हुहॊश
ती पारिश्रमिक हातहरूलाई, मिठा चुम्बन ले छुओश
आफ्नू नाता बन्धु इस्ट मित्र,सधैँ साथमै भए
मनमा मैलो ध्येय ईर्ष्या, कसैको नरहे
ताली मात्र बजुन् तिम्रा, राम्रा कामका लागि
खान नपरोश कहिले पनि, अरूको मागी मागी

नयाँ वर्ष आयो सबलाई, हाशो खुसी बोकी
नौलो बिहानीको किरण जस्तै, बाधा अड्चन रोकी

भोलिको दिन कस्तो हुन्छ, देख्या कसले छ र ?
एकैनास भाग्य सबको, लेख्या कसले छ र?
नयाँ वर्षमा महामारी, चैँ झेल्न नपरोश
गास, बास,कपास आनन्दले , सबैलाई पुगोश
स्वास्थ्य रहोश समृद्धि छाओस्, हाँसेर बाच्न पाए
हातेमालो भलाकुसारी, माया बाँडेर नाच्न पाए

नयाँ वर्ष आयो सबलाई, हाशो खुसी बोकी
नौलो बिहानीको किरण जस्तै, बाधा अड्चन रोकी ।
नौलो बिहानीको किरण जस्तै, बाधा अड्चन रोकी ।