अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:४२ | Colorodo: 12:57

यसपालि को दसैँ सबको कोरोनाले खायो !!!

समीर आचार्य २०७७ कार्तिक २ गते ८:२९ मा प्रकाशित

दसैँ आयो, दसैँ आयो
खै के कसले के पायो ?
घर घरमै यसपालि को
दसैँ मान्दा भयो !!

यसपालि को दसैँ सबको
कोरोनाले खायो
डर अनि त्रास यहाँ
सबै तिर छायो

राम्रो भए अर्को साल
दसैँ मनाउला
तिमि हामी नाता गोता
सँगै रमाउला

नयाँ नाना, खसी, तास
बजार मै रह्यो
तिम्रो सुस्वास्थ्य मेरो जीवन
मलाई प्यारो भयो

दसैँ आयो दसैँ आयो
खै के कसले के पायो ?
घर घरमा यसपालि को
दसैँ मान्दा भयो !!

हात धुने, टाढा रहने
आशिश सबले पायो
आफ्नै नाता पराई भए
कोरोनाले दुरी सार्‍यो

राम्रो भए अर्को साल
दसैँ मनाउला
तिमि हामी नाता गोता
सँगै रमाउला

चुम्मन भयो श्राप
अनि अङ्कमाल भयो पाप
बचेऊ भने दसैँ पक्कै
आउँछ अर्को साल

दसैँ आयो दसैँ आयो
खै के कसले के पायो ?
घर घरमै यसपालि को
दसैँ मान्दा भयो !!

आऊ घर लाऊ टिका
नलगाऊ कर
तिमीलाई सार्ने, मलाई सर्ने छैन
यो कोरोनाको भर

राम्रो भए अर्को साल
दसैँ मनाउला
तिमि हामी नाता गोता
सँगै रमाउला

दसैँ आयो दसैँ आयो
खै के कसले पायो ?
घर घरमै यसपालि को
दसैँ मान्दा भयो !!
घर घरमै यसपालि को
दसैँ मान्दा भयो !!