अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०१ | Colorodo: 13:16

सानो बुबा ( विष्णु अर्याल) हार्दिक श्रद्धाञ्जली !!!

समीर आचार्य २०७८ चैत १४ गते १७:२४ मा प्रकाशित

एउटा तारा आज फेरी अस्ताएर गा छ
राम्रो सुखी आत्मा, परमात्मामा लीन भा छ
आँखा रसायो, मुख मलिन, मन दुखी भा छ
पार्थिव शरीर धुवा धुलो, सम्झना बाकी भा छ

रूनपनि हुन्न भन्छन्, हाँस्न पनि हुन्न
रातो पनि हुन्न भन्छन्, छुन पनि हुन्न
आफ्नू मान्छे साथ छैन, अरूकै सुन्न पर्ने
हे भागवान एक्लो भए, खै के पो म गर्ने ?

एउटा तारा आज फेरी अस्ताएर गा छ
राम्रो सुखी आत्मा, परमात्मामा लीन भा छ
आँखा रसायो, मुख मलिन, मन दुखी भा छ
पार्थिव शरीर धुवा धुलो, सम्झना बाकी भा छ

खान पनि हुन्न भन्छन्, नखान नि हुन्न
आफ्नू ख्याल गर भन्छन्, सम्झन नि हुन्न
दुःखी हुन हुन्न भन्छन् आत्मा उसको पोल्छ
सुखी होऊ हाँसु भन्नछु मन्नमा कुरा खेल्छ

एउटा तारा आज फेरी अस्ताएर गा छ
राम्रो सुखी आत्मा, परमात्मामा लीन भा छ
आँखा रसायो, मुख मलिन, मन दुखी भा छ
पार्थिव शरीर धुवा धुलो, सम्झना बाकी भा छ