अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:५९ | Colorodo: 21:14

भर्जिनियामा एक नेपालीको दुखद निधन

विजय थापा २०७७ वैशाख ४ गते १८:५७ मा प्रकाशित

अमेरिकाको भर्जिनिया राज्यमा एक नेपालीको दुखद निधन भएको छ । अमेरिकाको प्रसिद्ध फेनी मे नामक प्रतिष्ठानमा कार्यरत स्वर्गीय सुनिल श्रेष्ठ डिसी महानगर क्षेत्रको डिसी फुटबल क्लब (डिसिएफसी) खेलाडी पनि हुन् । केही महिना अगाडी एन्फाका पूर्व अध्यक्ष गणेश थापा अमेरिका आउँदा आयोजना गरिएको एक मैत्रीपूर्ण खेलमा उनले खेलेका थिए ।

डिसिएफसीका संयोजक चन्द्र लामा तथा उक्त क्लबका टोली प्रमुख विज्ञान श्रेष्ठले गहिरो दुख व्यक्त गरेका छन् । मृतकका भाइ अस्ट्रेलियाबाट र मृतकका मामा तेक्वान्दोका मुख्य प्रशिक्षक सन्तोष प्रधानले सान फ्रान्सिस्कोबाट यस विषयमा लामा सँग कुराकानी गरी रहेका छन् ।

उनी बस्ने रेस्टन सहरस्थित अपार्टमेन्टमा उनको निधन भएको प्रहरीले पुष्टि गरेको छ । उनी आफ्नो कार्यालयको नियमित बैठकमा २ दिन अगाडि सम्म सहभागी भइरहेका थिए । स्वर्गीय श्रेष्ठलाई भाइ मान्ने छिमेकी भारतीय महिला क्रिस्टेन धिङ्गले गत सोमबार आफ्नो घरमा स्वर्गीय श्रेष्ठ आएको जानकारी दिइन् ।

उनका अनुसार २ दिन अगाडि बिहान आयोजित वैठकमा सहभागी भएका स्वर्गीय श्रेष्ठ मध्यान्ह आयोजना गरिएको वैठकमा सहभागी नभएपछि उनको खोजी सुरु भएको थियो । आफैँ आयोजना गरेको वैठकमा अनुपस्थित भएपछि उनलाई कर्मचारीहरू र उनका भारतीय साथीहरूले खोजी सुरु गरेका थिए ।

पतिसँग सम्पर्क हुन नसकेपछि नेपालमा रहेकी पत्नीले छिमेकी क्रिश्टेनलाई गुहारेकी थिइन । क्रिश्टेन र उनका पतिले पटक पटक घण्टी बजाउँदा पनि ढोका नखुलेपछि अपार्टमेन्टलाई खबर गरेर प्रहरी बोलाइएको थियो । प्रहरीले चिकित्सक र एम्बुलेन्स कर्मचारी बाहेक कसैलाई पनि भित्र प्रवेश दिएको थिएन । आज बिहान ९ः३० देखि करिब अपराह्न २ः३० सम्म प्रहरीले आफ्नो अनुसन्धान जारी राखेको थियो । फर्कनु अघि प्रहरीले क्रिश्टेनलाई सुनिलको मृत्यु करिब १२ घण्टा अघि नै भएको जानकारी दिएको थियो । प्रहरीले सुनिलको शव अपार्टमेन्ट भित्रै ढलेको अवस्थामा भेटाएको थियो ।

चिकित्सकले स्वर्गीय श्रेष्ठलाई सिपिआर दिएर बचाउन कोसिस गरेको तर नसकेको क्रिश्टेनले वताइन । शव परीक्षणबाट थप केही जानकारी आए परिवारलाई उपलब्ध गराउने पनि प्रहरीले बताएको छ । मेरिल्यान्ड राज्यका नेपाली मूलका राज्य बिधानसभा सदस्य ह्यारी भण्डारीले यस दुखद क्षणमा नेपाली समुदायमा परेका यी समस्याहरूको समाधानको लागि सम्बन्धित नियकामा पहल गरिरहेको जानकारी दिएका छन् । अमेरिकामा रहेका कोरोना भाइरसबाट प्रभावित र निधन भएका नेपाली समुदायलाई सहयोग पुर्‍याउन विभानसभा सदस्य ह्यारी अहोरात्र खटी रहेका छन् ।

विधान सभा सदस्य भण्डारीले भर्जिनियामा मृत्युवरण गरेका स्व श्रेष्ठको पत्नीको इच्छा अनुसार नेपाल शव पठाउने विषयमा विकल्प हुन् सक्ने र आफूले गर्न सक्ने कोसिस गर्ने बताए । डेलिगेट भण्डारीले चिकित्सा जाँच कार्यालयका जासुस याक्लिन नामक व्यक्ति सँग कुरा गरी श्रेष्ठको मृत्यु भएको पुष्टि भएको छ । स्व सुनिल श्रेष्ठको नेपालमा एक ७ महिनाको छोरी र ५ वर्ष मुनिको एक छोरा रहेका छन् । उनका नजिकका नातेदार तथा आफन्तले नेपाली दूतावास पनि सम्पर्क गरेका छन् । स्व श्रेष्ठ अमेरिकी नागरिक हुन् । उनी ३/४ वर्ष अगाडी टेक्ससबाट डिसी क्षेत्र आएका हुन् ।

 

प्रतिक्रिया