अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:०४ | Colorodo: 01:19

अमेरिकामा मेरो डान्स कप तथा मेरो भ्वाईस कपको उद्घाटन समारोह भव्य रूपमा सम्पन्न

विजय थापा २०७६ पुष २० गते १०:२६ मा प्रकाशित

ओहायो । अमेरिकाको ओहायो राज्य अन्तर्गत एक्रोनमा गत जनवरी ४ सम्पन्न मेरो डान्स कप चौथो संस्करण तथा मेरो भ्वाईस कप को दोस्रो संस्करण उद्घाटन समारोह भव्य रूपमा सम्पन्न भएको छ । विजेतालाई टोयोटा कार दिइने छ ।

समारोहको उद्घाटन आयोजकका तर्फ बाट प्रमुख कार्यकारी अधिकारी (सिईओ )डिल्ली अधिकारी ,नायिका केकी अधिकारी तथा महा बाणिज्यदुत तथा वरिष्ठ लोक गायक प्रेम राजा महतले पानसमा बत्ती बाली उद्घाटन गरेका थिए । र मेरो डान्स कप तथा मेरो भ्वाईस कप युएसएमा सहभागी हुनको लागि आवेदन पत्र समेत उक्त उद्घाटन समारोह मै प्रमुख कार्यकारी अधिकारी (सिईओ )डिल्ली अधिकारीले सुरु भएको घोषणा गरेका थिए ।

आफ्नो मन्तव्य राख्दै अधिकारीले बोलेर हैन काम गरेर देखाउने प्रतिबद्धता जाहेर गरेका थिए । उनले नेपाली कला संस्कृतिलाई जगेर्ना गर्न यो परियोजना ल्याइएको बताए ।विश्व मा रहेका सबै नेपाली भाषी तथा नेपालीहरूलाई जोड्ने बृहत् अभियान थालनी गरेको बताए । उनले अगाडी भने साङ्गीतिक युद्धको बिकुल फुक्न चाहेको बताउँदै सबै जनालाई सकारात्मक सोच राखी दिन आग्रह समेत गरे ।

यसै गरी समारोहमा एक्रोनका नगर प्रमुख ,आयोजक कै मणि राई लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको लागि अमेरिकाका विभिन्न राज्यहरूमा बसोबास गर्ने कलाकारहरू ,स्थानीय कलाकार र मेरो डान्स कप तथा मेरो भ्वाईस कप युएसएका कलाकारहरूले बेजोड प्रस्तुति गरेका थिए ।

उद्घाटन कार्यक्रममा वरिष्ठ लोक गायक द्वय प्रेम राजा महत तथा नवीन कुमार खड्का, गायिका अन्जु पन्त, नायिका सारंगा श्रेष्ठ, गायक महेश थुलुङ्ग, गायक शिव परियार, गायक जगदीश समाल, नायिका अरुणिमा लम्साल, युवा प्रतिभा शाली, गायक किशोर सिवाकोटी, गायक किरण गजमेर, नायिका मेलिना मानन्धर, गायक बाबु बोगटी, नायिका पूजा लामा, लगायत आफ्नो प्रस्तुति गरेका थिए ।

यसै गरी कार्यक्रममा चर्चित हास्य कलाकार सन्दीप छेत्री, प्रकाश श्रेष्ठ, नायिका केकी अधिकारी, गायिका सपना श्री, सुशील छेत्री, राजु लामा (एन्जल ब्याण्ड) लगायतले आफ्नो नृत्य तथा गीत प्रस्तुत गरेका थिए ।

 

 

 

प्रतिक्रिया