अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:१९ | Colorodo: 11:34

दर्शन,मानवता र सामयिकताको सङ्गम–कलानिधिका चुनिएका कविता

युवराज मैनाली २०७९ वैशाख १ गते १५:१९ मा प्रकाशित


“काव्य शास्त्र विनोदेन कालो गच्छति धीमताम्”अन्र्तवोधीय चेष्टा भन्दा अहंको पाण्डित्याइँ‚ कुशलताको हतियार चलाउने प्रवृत्तिले काव्यिक रसिक आछन्नतालाई फाँड्न सक्छ भन्ने हेक्का नराख्दै विज्ञता प्रदर्शनको बहुलतामा फेरि एउटा आफ्नै प्रकारको काव्य सङ्ग्रह अवलोकनमा आएको छ । यसैले यहाँ आरम्भ वाक्याँंश सम्झिएको छ । समसामयिक धारको प्रवाहमा वर्तमानको विद्रुपता, विसङ्गतिको प्रतिकार र शान्ति एवँ स्थिरताको खोजी हाम्रो पूर्वीय संस्कार हो । यही संस्कारलाई निरन्तरता दिने कार्य महाकवि देवकोटाले पुनः स्मरण गराएका थिए । तिनैलाई बुझेर सोही पथालम्वन कार्य बेला बखत बिभिन्न स्रस्टाहरूबाट भई आएका छन् । जसमा थरी–थरीका बादनादभन्दा मात्र मानवतावादका फराकिला हृदयकानाद उच्चारण गरिएका पाइन्छन् । ती मध्येका लहरमा देखा परेको छ “कलानिधिका चुनिएका कविता”शीर्षक सङ्ग्रह। यहाँ नेपाली साहित्यमा देखापरेको समनामावलीले केही अल्मल्याउने काम पनि गर्न पुग्छ । ती सबलाई छोडेर ऐले भने उल्लेख्य पात्रचाँहि कलानिधि दाहाल हुन् । उनले भनेका छन् “कविता लेख्छु भनेर पनि लेखिन्छ , लेख्दिन भनेर पनि लेखिन्छ ।”विचार हो यो उनको आफ्नै ,उनैले आफ्नो बारेमा, काव्ययात्राको बारेमा अगाडि भनेका छन् –“चेतना प्राप्तिका लागि रातको बाहृ बजे विकट् गाउँ छोडेर राजधानी छिरेपछिका सङ्घर्षमय यात्राका हामी …….यहाँ उनले दुईचार नामहरू कोट्याएका छन्–यी बाहेक आफ्नो बारे यस सङ्ग्रहभरि कहीँ कतै केही पनि चुक्क बोलेका छैनन् ।
सायद जति बोलिन्छ आफ्नै सृजनाले बोलिहाल्छन् भनेर नै होला तर पुछार पृष्ठमा “ओखलढुङ्गाको बिकट तर अत्यन्त पिछडिएको गाउँ बिगुटारबाट ..”अग्रसर भन्ने कुराले हुर्केको माटोको परिचयसम्म पाइएको छ । उनले केही नलेखे पनि यहाँनिर आएर केही भन्नु नै पर्ने हुन्छ –उनको सृजनाको बारेमा २०३८मा गौरवय नेपालबाट कृतित्वमा उभिएका कलानिधि केही कवि केही कविता (सह–२०४३)“सीमा–बाँसुु”–(प्रेम कहानी २०६५) प्रकृति ,व्यवहारिक संयोगान्त र “विभाजित विश्व”(विश्वविवेचना महाकाव्य–२०६६),झिनो प्रेमकहानी अरस्तुदेखि बहर सम्म, (उपन्यास)–संसारको भोगाइ–२०७२)हरू उल्लेखनीय रहेका छन् । उनका लेखनमा देशप्रेम,मानवीयपे्रम र प्रकृतिप्रेम शसक्त स्वरुपमा मन्थन गरिएको पाइन्छ ।

चुनिएका कविता भित्र प्रायसः काव्यको रसास्वादन गेयतापूर्ण मात्र नरहेर सोचको गहिराइमा रहेका भेटिन्छन् । साङ्गीतिक शृङ्गारले खुड्किला बनाएर शब्द छरिएका छन् । आरोह अवरोहका बान्कीेहरूले शिल्प–सम्प्रेषणीयता उजेलिएका छन् । यहाँ “मान्छे माथिको कविता” शीर्षकलाई नै पहिला उतारौँ—
सहर
सडक
गल्लीमा
सहर
सडक
र गल्लीले

(२)
हिडाएका छन्
एका एक अनेक
असङ्य मान्छेहरू………

यहाँ यथार्थ बिम्ब त छँदैछ, शब्दसंयोजनदेखि भाव स्पष्ट निखार रहेको देखापर्छ । (पृष्ठ २९ आठौं काव्यधार) लक्ष्य संयोज स्वत्वको अभिव्यञ्जन कलानिधिका चुनिएका कविताका सम्पूर्णताको समायोजन यसैमा निहित रहेको लाग्दछ । प्रत्यक्ष अभिव्यक्ति र अपरोेक्ष बान्की लाग्न सक्छ । बेग्ला वेग्लै सोपान हुन् तर यथार्थ त पक्रिएका बाटा त उही मानवीय सम्प्रेषण नै त हो । यहाँ जातीय, धर्म, आदि इत्यादि पहूँचमा पुगेर पनि अहंले सर्वपदललितका दृष्यावलीको सूक्ष्म अवलोकनले यहाँ मान्नै पर्ने हुन्छ । दहालीय दोहनमा निस्किएका शिलाजितका उपचारमेय शुभ संवेग निचोडको यहाँ सर्वतीय टप्टपीको आवेग यो सम्पूर्ण ५००पृष्ठको लगभग शाङ्ख्यकीय पानाको “हिमताल”को दृष्यावलीको पस्काई हो ।

हो, सुपाच्च भित्रको अपाच्य सङ्क्षेपीकरण नहुनु वा अर्को शब्दमा भन्नु पर्दा युगानुभूति नहुनुको दोष उर्लन्छ नै । दाहालका दावानलमा दोहनको अभाव अर्थात युगानुभूति नरहेर सुफेसनी बनाउने धुनमा नाना रंग भरेर कालो केशलाई रङ्गीन बनाउने धुन चढेको कहिं कतै पाइन्छ नै । तर पनि यो सम्पूर्ण धराको सुरक्षणमा उनमा वेग प्रवल रहेकै भेटिन्छ । माथिका मान्छे माथिको कविताको दर्शन आफ्नै प्रकारले प्रतिबिम्बित रहेको छ । कोरा कल्पनाको उडानमा हैन कि यथार्थ धरातलमा शब्द संयोजनको सचेतनता परिलक्षित रहेको छ । जसरी पानी पर्दाका आवाज हुन्छन् त्यस्तै मात्रा मात्राको झराई अनि लहरका तरङ्ग स्पष्ट रुपमा दर्काइएको छ । जीवन्तताका स्वरूप जीवनका बर्तमानका कथा सविस्तार उतारिएका छन् । कविताभित्र कथा हुलिएको छ ।

बैसट्ठी वटा कविताले २४८पृष्ठ ओगट्नुको असहजता पाठकले अनुभूत गर्नु परे तापनि कलानिधिका संयोजन कलाले तान्दछ । यसै कविताको अर्को हरफमा उनी बोल्दछन् —
…….मात्र जीवन जिउनुकै अर्थमा भए पनि
एक पटक रामवाँण बन
…….आगो बल्छ , बलोस्
मात्र
तिमी मान्छे बन

यति मात्र गरे पनि स्रष्टाका सकारात्मक हलचलहरू सृष्टिमा त्यसरी नै जन्मन्छन् जसरी अबोध बालकले साना मसिना पत्थर पौडाउँदा सहस्र सहस्र तरल तरङ्गले तैरन्छन् । दृष्टान्त, व्याख्या, आदिद्वारा चेतनपुञ्जका उज्याला

(३)
फैलाउने अभीष्ट पूरा गर्न पुग्दछन् । क्रमिकतामा जाँदा पहिलो कविता “आर्यावर्त अयोध्या”शीर्षकमा आध्यात्मिकतालाई आफ्नो अनुकूल प्रयोग कर्तालाई दनक दिएर मानवताको सन्देश छरेका छन् उनले भनेका छन्—
मन्दिर मैलिए मस्जिद दुख्छ
मस्जिद मैलिए मन्दिर
गुम्बा मैलिए चर्च दुख्छ
चर्च मैलिए गुम्बा

यसैले कपोल कल्पित स्वप्नको स्वाङ् रचेर बालयुवाका भविष्यका स्वप्निल स्वप्नालाई मान्छेका बिरुद्घ मान्छे उचाल्ने प्रबृत्तिप्रति व्यङ्गय अनि आक्रोशको शङ्खघोष गर्न पुगेका छन् । बिराट् मानवताको स्वर्गीय वातावरणको आह्वान गरेका छन् । अन्ततिर आएर उनी भन्छन् ः–

बास,कपासको अभाव विरुद्घ सञ्जीवनीको खेल खेल्नु पर्छ हामी
जातजातीयता विभेद विरुद्घ सञ्जीवनीको खेल खेल्नु पर्छ हामीले ।

यसपछि ‘बन्दगर हल्लाहरू’ शीर्षकको कविता परेको छ । यस अघिको धारमै हिडेको भए तापनि यहाँ उनको द्रव्यता भनौँ या तरलता कन्दहारमा बुद्घ स्तूप माथिको आक्रोशप्रति थप आक्रोशको रूपमा पनि लिन सकिन्छ र बुद्घबारे उनको भावात्मक राग यसमा प्रकट भएको छ । उनका भाव यहाँ यसरी प्रकट भएका छन्:-
…..ऊ
समर्थनले मख्ख पर्दैन
बिरोधले खिन्न बन्दैन
बुद्घ
अखण्ड बल्ने दीपशिखा हो
उसलाई
कुनै बम बारुदले मेट्दैन

अलिकति यताउता शब्दमा वल्टाई पल्टाई गरेर अर्को कविताको शीर्षकमा सन्देसात्मक राग गुञ्जाएका छन् । कलानिधिका सिद्घहस्त हातले , शीर्षक हेर्दा रुमलिएको बाटो बिर्सेर यी मानवतावादी, शान्तिका पुजारी कतै भट्किएछन् कि क्या हो भन्ने प्रश्न उठ्दछ ।तर कविता पढेपछि उनको काव्य चाटुकारिता प्रष्टिन पुग्दछ । यहाँ एकचोटि हेरूँ —

(४)
गाँउ गल्लीमा
छरछिमेकमा
…देशविदेशमा
अझ पनि –हिंसाका कुराहरू उठ्दैछन्
आतङ्कका आवाजहरू जुट्दैछन्……
यसैले यसैको बिरद्घमा उनी हाँक लगाउँछन्—
एउटै
विराट् मानवताको युद्घ
शुभारम्भ गर्नु पर्छ
वासन्तिक पवनको प्रवाहले
प्रदुषण विरुद्घको युद्घ……
“वसुधैव कुटुम्वकम्”को भावनाले
विराट मानवताको
एउटै युद्घ
शुभारम्भ गर्नु पर्छ ।

यी दुई काव्यले स्रष्टाको काव्य प्रयोजन प्रष्ट हुन्छ । कोरा कल्पनाका भावनात्मक प्रेमका टप्टपीभन्दा प्रेमको सच्चा छहराको प्रयोजन यिनमा प्रष्टिन्छ । “ बन्द गर हल्लाहरू”मा कन्दहारमा मुल्लाहरूको प्रबृत्तिप्रति सम्वेदनशील प्रवाह रहेका छन् । उनका यस प्रवाहमा बुद्घ प्रतीकात्मक रूपमा मूल पात्र देखिन्छ जुन पात्रको बारेमा उनको धारणा बुद्घ एउटा अव्यक्त ज्योति पुञ्जको रूपमा उठान गरिएको छ । दृष्टिका अनेकन दृष्टान्तहरू उभ्याउँदै उनी भन्छन् ः– ढाल्नेहरूले स्तूप भत्काए ढल्नदेऊ स्तुपहरू हल्लाको बिउ रोपेर बालुघर निर्माणमा अगम तुष्टि खोज्छन् तर “चट्टान फोरे पनि शेष रहन्छ चट्टान ।मृत्युभन्दा माथि हुन्छ सत्य” । यो सत्य के हो भने बुद्घ आस्था हो , इतिहास हो , त्यो अमीट भइसकेको छ ।विधिको विधि कुनै हल्लाले हल्लदैन किनकि–बुद्घ विश्वास हो त्यो विश्वासमै विश्व विस्तार भइसकेको छ । यहाँ पात्र बुद्घको नायकत्वमा कवि विद्रोहात्मक स्वरमा बोलेका छन् तर पनि सौम्यताका साथ आर्य सत्यका निचोड पस्कन समर्थ बनेका छन् । आर्यावर्त अयोध्या, बन्द गर हल्लाहरू, युद्घ शुभारम्भ गर्नु पर्छ । तीनैका उद्देश्य एउटै वगाइमा रहेको छ । नदको जुनसुकै नाम रहे पनि

विशाल सागररूपी आस्था, मानवताको आस्था, विश्व भ्रातृत्वको छछल्काई मानवीय प्रवाहको गहिराइ स्वद्देश्यअभि प्रेरित रहेको छ ।

(५)
स्वयंभू त दृष्टि निरन्तर चिहाँउदा छन् प्रवृत्ति । यो प्रवृतिले मानिसका जुन आवृति छन्, यसलाई उजागर गरेर चेतनामय नवविश्वको प्यासमा छट्पटाएका छन् कवि कलानिधि दाहाल । यही छटपटीको विम्व “बीसौँ शताव्दी” मा पनि पाइन्छ । यसमा शान्ति पथ कुन रूपमा रहेको छमा जोड दिइएको छ । मानवता विरुद्घका प्रदुषण कुन रूपमा र कसरी निरन्तर सल्बलाई रहेका छन् । त्यसैको ऐतिहासिक चिरफार सूक्ष्म ढङ्गबाट रहेको छ । यहाँ भनिएको छ वडो गहन रूपमा—
एकतारे सारङ्गी रेटेर
सताब्दी रङ रङायो—कार्लमाक्स
वारुद तातेको वारुद धुवाँमा
परेवी चुच्चो पलभर शताब्दी चिर्विरायो–गान्धी
फेरि उन्माद वर्षा भो उल्कापात वर्षा भो
तात्ताता फिलिङ्गाहरू तरुनी गर्भाधानसँगै
स्टालिन शताब्दीे उफ्य्रो सद्घाम शताव्दी
माओ मन पोतेर विनलादेन बुरुक्क उफ्य्रो
वीसौँ शताब्दी
टयूवर क्लोेसिस जन्म्यो अवुर्द जन्म्यो
एड्स आतङ्क मुत्राशय जन्म्यो
पेरिस माथ गरेर विश्व सम्राट ह्वाइटहाउसमै
बेश्यालय जन्म्यो ……..

चेतन दृष्टिका द्रष्टाले देख्न पुगेको शान्ति एवं मानवता विरोधी आवाज वडो इमान्दारी पूर्वक यहाँ प्रकट भएको छ —
अभ्यर्थना गरौँ । पूजा अर्चना गरौँ
पुकारा गरौँ । प्राण प्रण समर्पण गरौँ
अर्को हिडेको बाटामा
व्यवधान उठ्नु हुन्नः मानवता हो

(६)
आकाश आफैले
बादल ओढ्न पाउनु पर्छ: सञ्जीवनी हो
सभ्य सौम्य युग आमन्त्रण गरौँ
स्निग्ध शुभ्र युग आमन्त्रण गरौँ
यो आव्हान कवि कलानिधिले “शताव्दोको सन्झ्यालमा” शीर्षकबाट गरेका छन् । सरल एवं सुस्पष्ट शब्दमा मानव अधिकार मात्र होइन प्राकृतिक अधिकारको समेत यहाँ व्याख्या भएको छ । “घरामा मृत्यु सहज होस्: सर्वाधिकार हो , सुन्दर फुलवगैँचामा आफैँ वैलन पाउनु ः गति हो”यहीँ दर्शनका बिम्ब भेटिन्छन् । नवयुगको आव्हान मनोरम ढंगले उचालिएका छन् । यहाँ वसुधैव कुटुम्वकम्का अक्षर अक्षर केलाएर ‘म’ र ‘मेरो’ उस्तै उस्तै अवस्थालाई टक्टकाएर एका बिहानै ‘हामी’ र ‘हाम्रो’ को लहरी युगको आकाङ्क्षा पोखिएको छ । यहाँ यसैले भनिएको सार्थक नै लाग्छ “महाकवि देवकोटाको कविता प्रवृति र प्रयोगहरूबाट उर्जा ग्रहण गर्ने कवि कलानिधि दाहाल” भनेर । विशद् अध्ययन अवलोकन तर्फ यहाँ घोराई छैन। मनमा चोर छन् अलिकति मेरा पनि सायद ! यो चोर भन्दा उसले औल्याएको चोर कसैले थाहा नपाउने चोर–कसैले थाहा नपाउने चोर कस्तो छ ?सबैले खोजेर पनि नभेटिने चोर कहाँ छ ? सके खुट्याउन लगाउने काम “मेरो मान्छे हराएको छ” बाट कवि रूमल्लिन पनि पुगेका छन् । कपट छैन त उनमा दर्शनका कवि कहलिन पुगेका छन् । देवकोटा झै निश्च्छल मार्ग अवलम्वन गर्दै उनी स्पष्ट भनिनै दिन्छ —

बुद्घ साक्षी राखेर
अल्लाह मोहम्मद साक्षी राखेर
भन्नै पर्ने बेला भएको छ
यो चोर
कतै
तपाई हाम्रो मायाले
गाँस काटेर
मीठो रासनमा
सुरक्षित आसन अम्ल्याएको
तपाई / हाम्रै
आस्थाको भ्रम त होइन?
तपाई / हाम्रै
शिरको सुन्दर शिरपेच त होइन?

(७)
हराएको आफ्नो मान्छेको चोर खोज्दै जाने क्रममा शिल्प र सम्पे्रषणीयताका छटा कविता होइन आख्यान पढे जस्तो मात्र होइन चलचित्र हेरे जस्तो सटिक रूपमा उभिदिन्छ ।यहाँ ऐले आफ्नो मान्छे हराएको पीडाले, अन्तज्र्वलनले समवेदना श्रद्घाञ्जली लेखेर कैयौ पटक रेडियो नेपाल पठाउदा पनि —
आज मेरो
समवेदना श्रद्घाञ्जली
सिंहदरवारबाटै हराएको छ
अनायस !
अचानक !
अनजानमै

यति उजिल्याएपछि कोट्याई रहनु परोइन । समवेदना,व्यङ्ग्य र उपमा कहाँनिर कति छन् खुट्याउन पाठक सक्षम नै छन् ।तर समय, परिस्थितिलाई स्वाट्ट खुट्याएर च्याप्प समात्ने खुवी अनि त्यसलाई उभ्याउने कलाको विरलता यहाँ उल्लेखनीय देखिन्छ नै ।
म सिर्फ पानी हुँ
केवल पानी हुँ
आकार रूप रङ्हीन पानी ।

पानी बारे थुप्रै कलम चलाइएका छन् । आफ्नो आफ्नो भाषामा व्यक्तिएका छन् ।आ–आफ्ना दर्शन छाँटिएका छन् । सबैका आ–आफ्ना विशेषता छन् तर यहाँ आफ्नै विशेषताका आँैला सोझ्याएका छन् कविले—
लोटाले उघाऊ: ठीकै छ
गाग्री खड्कुलाले उघाऊ: ठीकै छ
अञ्जुलीले उघाऊ: ठीकै छ
सिर्फ औंलाको टुप्पाले उचाल: त्यो पनि ठीकै छ
थोपामा छिटा बाछिटामा हेर्नेहरूले मलाई जताबाट हेरे पनि—
म हुरी –हुन्नरी बीज
—म तूफान बीज
—म उल्का –आतङ्क बीज

(८)
यहाँ यसवारे यति नै भनूँ, यथार्थ पाटोलाई कसरी समेट्ने हो भन्ने कलाको पोख्ततामा कलानिधिको कलम सशक्त छ । यही सशक्त वा ‘बकुल्ला र भोटे कुकुरहरू’मा पनि उजिलिन्छ । आजलाई चित्रपटमा हुवहु उतारेर पाठकको मन छुने जादू जानेका छन् उनले । यही हो कलानिधिको कला, यही हो उनको विशेषता हेरौं यहाँ पनि —
उत्साहका आँगनमा
जुटाएर जीवनका जाँगरहरू
सडक जुलुसले घेरिएको भर्खर हो
रगतले हिम्मत उम्लेको भर्खर हो
प्रतीकात्मक स्वरूपमा आरम्भ रहेको यस कवितामा बिम्ब यथार्थ परक रूपमा उजेलिएका छन् । अरु अरु हरफ तिर नगएर पनि कथा पूरा हुन पुगेको छ यी पंङ्तिहरूबाट:
तर खै ?
पहाडका पाखामा
अप्ठेराहरू उस्तै छन्
सहर ÷सडकका आँखामा
अभावहरू अझै उस्तै छन्

वर्तमानको सटिक कथा होइन त यो तर पनि जोडाइमा “ठीकै हो वोधिवृक्ष चाहिन्छ तर शाखामा–बकुल्लो किन उस्तै छ” देखि कतै ‘संकटको बेलामा माम्री चाटेर छाक टार्नु परेछ’ भने को अन्तिम हरफ—
यी चिरपरिचित भोटे कुकुरले
ढिँडो विरुद्घ तिम्रो तिघ्रा टोक्ने छन्
माम्री विरुद्घ तिमै्र मांशहड्डी चाट्ने छन्

यावत कुराले यहाँको आज आँकलन गरेकै लाग्न पुग्दछ । यस क्रमिकताकै क्रममा अर्को कविताको शीर्षक रहेको छ“सिमीको बीज”मा सङघर्ष अनि समर्पणको बान्की देखा पर्दछ । यहाँ प्रवृत्तिका आकृत्तिहरू छरपस्ट छन् । अलिक तर चुस्स घोचपेच पनि भेटिन्छ । उनले भनेका छन् —
चिमोट–किक हान–गुडाऊ—लात हान
जे मन लाग्छ गर तर म सिमीको बीज हुँ –अङकुराउन तत्पर
म सिमीको लहरो हुँ —अनन्त लहराउन तत्पर
म सिमीको मुन्टाको टुप्पो हुँ –
(९)
निरन्तर अस्तित्वको आकाश उक्लन तत्पर ।
यहाँ कवि मोहन कोइरालाको अत्यधिक प्रवाभ परेको देखिन्छ । हरफ हरफका प्वाख उम्रन्छन्‚ फैलिन्छन कल्पत्तरु उडान तर त्यसको व्याख्या गरिरहन अहिले सकिदैन किनकि यहाँ आव्हान छ अर्को “आउ एउटा परिवर्तनको कुरा गरौँ” भन्दै किन चाहियो परिवर्तनको कुरा र प्रश्नको जवाफ छ यहाँ:-
आगो बलेको अतीत पनि भोगिसकेका छौं
जहर फैलेको अतीत पनि भोगि सकेका छौं
असङ्ख्य जैविक भोगाइका बावजुद पनि
हामी वर्तमानमा—
केवल हायल छौँ घायल छौँ र कायल छौँ
खै, हाम्रा सगरमाथा उड्ने मनहरू कहाँ छन् ?
खै, हाम्रा मानवता विउँझाउने हातहरू कहाँ छन् ?
खै, हाम्रा बुद्घ गर्भाधानका बीजहरू कहाँ छन् ?

यावत यथास्थितिहरूको हाम्रा सगरमाथा पग्लेका विरुद्घ स्वयम्भू जलेका र मानवता भुलेर बुद्घ वीजहरू जलेका स्थितिलाई सँगाल्न स्वयम्भू संग्लने मानवताव्याप्ति हुने बुद्घ बीजहरू विउँझिने अनि मसिना नानीको कुरा गरेर अव एउटा परिवर्तनको कुरा, मन मानसको कुराको आव्हान गरिएको छ । यहाँ मसिना नानी मूल भूमिकामा देखाईएको छ ।छलवलको दलदलमा निश्च्छल चरित्र परिकल्पना गरिएको छ । यस्तै “अहँ मलाई थाहा छैन” स्वलाई चल्दो वातावरणमा उभ्याइएको तुलना गरिएको देखिन्छ यहाँ—
लाग्छ , म कतै रात सँग बाँचेर
कर्मका बलिया हातहरू बेचिरहेछु
अकर्मण्य मौनतासँग सम्झौता गरेर
कुरुक्षेत्रको पराधीन दुर्योधन बाँचिरहेको छु
म भित्र सडेगलेका मनहरू थुपै्र छन्
बाट आरम्भित प्रवाह—
स्वार्थको स्वाङ् रच्ने हुँ
कुम्भ कर्ण बाँच्ने हुँ
दुर्योधन हुङ्कार गर्जने हुँ
नेत्रान्ध धृतराष्ट्र सिंहासन जन्मने हुँ
(१०)
मा टुङ्गयाइएको छ । रामायणका , महाभारतका पात्रहरूलाई उभ्याई तुलनात्मक चारित्रिक भूमिकाहरू दाँजिएका छन् । ‘म’ भित्र आम मान्छेहरू कुँदिएका छन् । बिम्बहरूको मिहिन केलाईको सूक्ष्म अध्ययन यसमा प्रष्ट हुन पुगेको छ ।

फेरि पनि पहिलो बम पड्काउ “सद्घाम”लाई प्रतिक तुल्याएर शक्तिपिपाशु युद्घ पिपाशुमा राम्रो कटाक्ष पड्काएका छन् । दाहालले । शब्दका पस्काई यहाँनिर यस्ता छन् “उठ र बम पड्काऊ पहिलो निसाना–आफ्नै पत्नी बनाऊ ः नाताकुटुम्ब बनाऊ–छरछिमेकी बनाऊ , उठ , अनि पहिलो बम आफै माथि पड्काऊ ।” यस कवितामा उनले निरपेक्षता माथि कुराको आक्षेप लाग्न सक्छ , माथि भनिए झैँ प्रतीक मात्र नभएको कुरा बल्झिन सक्दछ परेका छन् त्यस्तै शब्द पनि ।

माथिका सबै सबै विषयबाट अलग भएर एउटा नवीन कुरा क्रममा देखा परेको छ “थुम्की पाताल” प्रकृतिको शान्त स्निधतामा बिट् मार्न पुगेका छन् कवि यहाँ । सारा चिन्तनका भार‚ कोलाहलका राग बिसाउन पुगेका छन् । अनुभूतिमा आफु शान्त आनन्दमय परिवेशमा झुमिदै पाठकलाई त्यही परिवेश दिलाएका छन् । यो “कलानिधिका चुनिएका कविता” मध्येको थुम्कोको कविताहरूमा चुलिएको मान्न सकिन्छ । आरम्भका दुई हरफ नउतारी कहाँ रहन सकिएला र !
कोमल निर्मल तरल सुन्दर
सुन्दर तरल निर्मल कोमल
विचित्र भाव वाहिनी विशाल कानन
आप्तवचन रुन्झुन्! हृद्ध्वनि गुञ्जन ।
“बेलुन सरल, सुस्पष्ट आजलाई फुकेका छन् कविले । यहाँ उल्लेख्य पङति रहेको छ
केटाकेटीहरू सांसद हुन्
तपाई हामै्र मानसिकताका उपज हुन्
उनीहरू सम्माननीय संसदमा
देशलाई बेलुन ठान्दैछन्

बेलुन र केटाकेटीका प्रतीकात्मक समेट्याइमा छराइको चतुरता यस कविताले बोलेको छ । यथार्थको भाका हालेको छ । यहाँ अरु भनेर पाठकले पाउने आनन्दमा चोखिलाउनु छैन नै । यस्तै सडकको भीडबाट शीर्षकको वाक्य बान्की
तर यो पेटीमा —
भिक्षाका भिखारी उस्तै छन्
पेटका सारङ्गी उस्तै छन्
आङमा जाडोका छापहरू उस्तै छन्
छायामा भूतका छौँडाहरू उस्तै छन्

परिवर्तनका पहुँचहरू सर्वसाधारणमा पुग्न छेको छ यहाँ । टेकोको कुनै सुरसार छैन । यसै विडम्वनाको कथा गाइएको छ यहाँ ।यसै गरी यो वर्षमा माथि उल्लेखित यथार्थकै परिप्रेक्ष्यको बान्की कोर्दै आव्हान गरिएको छ ।
—हुरी चलाऊ
—हुन्नरी चलाऊ
—तूफान निकाल
ज्यालामुखी फुटाउ ।
उन्मुक्त, चाहनाको अन्तर्धार यो स्वेच्छाले
समयमा अनन्त अनन्त फैलिरहन्छ ।

‘मुक्तिको चाहना’भित्र प्रगतिशीलताका बान्की देखिन्छन् । यही धारमा “ऊ सहिद हो” समकक्षी रूपको उभ्याई भेटिन्छ तर पनि अर्चना अनि सहिद पहिचानका आवाज घन्किएको पाइन्छ ।“युग आवाज” कविताका भावना मानवीय सार्वभौमिकता र स्वतन्त्रताको बुलन्द आवाजमा घोलिएका छन् । स्वाभाविक रूपमा मानव विचलनका स्व. कमजोरीहरू पनि कलानिधिका यस काव्य सङ्ग्रहमा भेटिन्छन् । “वेदना विव्ह्ल योद्घाको हुँङ्कारमा जनयुद्घका पीडाका दृश्य नै हो कि भन्ने भाव पोखाइँ छ ।हिंसा बिरुद्घ प्रतिहिंसाका आभास यसमा भेटिन्छन् । “गोमन दुर्योधनले चिता चल्नु पर्छ” आस्थाका जमानका कुरा गर्दा गर्दै सूर्यका सुनौला किरणमा रूपान्तरित गरेर अग्ला डाँडाहरू उछेल्दै आँगनका आँसुमा उत्सवको होली खेल्न दिन उज्यालो उदाएको छ , यो अवस्थालाई फर्काउने खोजाइँप्रतिको सचेतना त छ तर नारावादको फुत्काई पनि छ । डा. दुवजु क्षेत्रीका अश्वमेधका घोडाहरूको हाराहारीको मोह भङं्ग यिनीहरूबाट हुन पुग्दछ ।तर पनि मुसार्न आइपुग्छन् दाहाल “विराट विश्व त मेरा साना नानीहरू हुन्”भन्ने अभिव्यक्तीय कविताबाट । दार्शनिक पक्षमा दुवसुका झँै अघि बढेका दाहाल कतै कतै चुकेका छन् निरपेक्षताबाट । तापनि युग आवाजजस्ता सापेक्ष युगदर्शनमा मानवीय मूल्य मान्यताका पहिचान पक्षका काव्य धारले वुलन्द आवाज सापेक्षरूपमै उठेका पाइन्छन् । उदाहरण हेरौँ:-
उन्मुक्त गन्तव्य टेकेर पाइलाले
उन्मुक्त आवाज बोलेर मुखहरूले
उन्मुक्त आस्था फैलेर मनहरूले
स्वतन्त्रताको युद्घ जित्ने छन्
सभ्यताको युद्घ जित्ने छन्
मानवताको युद्घ जित्ने छन्
अखण्ड युद्घ जित्ने छन्
अनन्त युद्घ जित्ने छन्

यस पङ्तिका चलायमान भाव एउटा सचेतनाको तरङ्ग पैदा गर्न पुगेको छ । जसको अभाव र बढी नारा वादिताको हुङ्ँकारले नेपाली काव्यबाट पाठक जु्र्मुराउनमा छेको लगाएको देखिन्छ । यिनै छेकाहरू पन्छाउदै बढेका कलानिधिमा पनि कमी भेटिन्छ नै सायद कतै केही ढल्कार्इँका विचारले पनि हुन सक्दछ यसो भएको । बिम्ब र प्रतीकलाई राम्रोसँग चलाउन सक्ने धनुर्धर अर्जुन पनि लाग्छ । सौन्दर्य प्रीति आदि इत्यादिका पोल्टा चुहिएका गान्डिवधारी उनी आफूलाई अर्जुन नै ठान्दछन् र भन्दछन्—
म महाभारतको अर्जुन हुँ
अभिमन्यु दुखेर आलो घाउले
अनायास दिनमै रातको अँध्यारो आइरहेछु जयद्रथ मेरो निसाना हो
केवल जयद्रथ खोजिरहेछु
…….— शकुनि–दुशासन ढुँडिरहेछु ।

‘वेदना विह्वल योद्घाको हुँङ्कार’ले पौराणिक कथा उजिल्याउन पुगेको छ ,त्यसबेलादेखि यस बेलाका विभीषिकाको स्वरूपको जोडाइँमा तल्लीन रहीदिएको छ । क्रमबद्घतामा उनी अगाडि भनिहाल्छन्—
ए, सडक ! तँलाई थाहा छ ? भन
कसले कुन जङ्गलमा मेरो वयस्क छोरो लुकाएको छ ?
कसले कुन इनारमा मेरो मिलनसार मित्र मिल्काएको छ ?
गाउँ बोल्दैन÷सडक निरुत्तर ÷ सहर मौन छ

व्याख्याको आवश्यकता नै छैन, कुरा छर्लङ्ग छ । हलेदो भनेपछि कोट्याइरहनु परेन नै यही निरन्तरतामा “गोमन दुर्योधनले चिता जल्नु पर्छ” रहेको छ, विलक्षण चातुकारिता त रहेकै हुनु पथ्र्यो‚ भएको छ । “विराट् विश्व त मेरा साना नानीहरू हुन्” भित्र शान्तिबाटै मानवीय सार्वभौमसत्ताको खाका खिचिएको छ यसमा भनिएको छ—
विराट् विश्व त मेरा साना नानीहरू हुन्
विशाल मानवता त मेरा साना नानीहरू हुन्
सत्, शिव, सुन्दर त मेरा साना नानीहरू हुन्
‘भूकम्प’ ‘थुम्की पाताल’ आदिझैँ छङछङती खसेका छन् ।चालको तालमा पद्चालित रहेको छ । शान्त ,उग्र रसको सङ्गम यहाँ अनौठो पाराले प्रफुष्टन भएको छ–
उन्मत्त उत्ताल उत्ताल उन्मत्त
उग्र वैँस उन्मादको उन्माद उग्रवैँसको
शिथिल शिथिल क्लान्त आक्रान्त
उन्मत्त उताल ।………..
यस्तै – बौलाही रुद्ररूपा उग्रचण्डा महाकाली प्रकृति
क्रोधिता कुपिता डङ्किनी
सोधाइ वा जिज्ञासा
खुला मैदानमा असीम आकाङ्क्षाको मुख बाएर
एउटै प्रश्न फैलिएको छ ……..
शिथिल शिथिल आक्रान्त क्लान्त
श्रमपीडित जनताको घरदैलोमा
घरपीडित जनताको श्रमपीडामा
पूजा अर्चना समर्पित खुशमुख देवता किन पुग्न सकेन?
यावत भूकम्पीय पीडा व्यक्त गरिएको यस काव्यधारमा विरलैमा पाइने भाव प्रवाह उर्लिएका छन् । यस पछिको “रून्झुन्”भित्र झम्झम वर्षाइएको छ । त्यो आगो पनि हुन सक्दछ‚ त्यो पानी पनि हुन सक्दछ ।एउटा अब्ष्ट्य्राक्ट चिन्तन एउटा शब्दाडम्बरको गुनगुन स्वर्ग र नरकको निरन्तरको गन्थन । यही गन्थनको बीच अर्को गन्थन स्व दर्शनको प्रस्फुटन ‘मेरी प्रिया’मा एउटा इच्छा पत्र जाहेर भएको छ । एउटा शाश्वत सत्यको उद्वोधन यसमा पाइन्छ । रसिकताको आभासको मृत्यु यसमा घोलिएको छ तर यसको सँगसँगै “मेरी मायालु”मा भने रसिकता छ–छल्किएको देखिन्छ । श्रृङ्गारिक जलप यसरी लगाइएको छ —
…तिमी त्यो बेला—लज्जाले स्निग्धताले
—चरम आनन्दानुभवले
लज्जावती पग्लिन्थ्यौ
हो मेरी माया !
म त्यो बेला तीब्र उन्मादले उन्मत्त उन्मादले पुंष्त्वोन्मादले
चरम आनन्दानुभवकै आँगनमा एक चुम्बन पग्लन्थे ।
× × ×

(साँच्चै सुनसान एकान्त अन्तिम सत्य रहेछ )

सत्यको खोजमा पाएको कटु यथार्थ भित्र हुलिएको छ । यसमा तेञ्जिङ, नील आर्मस्ट्रङ्, म्याराडोनासमेतलाई तान्दै आफ्नी प्रियालाई संसारको लीला बताउन पुग्छन्, ब्राउनसुगर,हेरोइन मात्राका कुरा मात्र होइन यहाँ बम्बइ, थाइल्याण्डका मायामी अनि व्लुफिलिम डबल ट्रिपल एक्सन बारे थाहा दिन पुग्छन् । आशनपछि चौरासी आशन बनाइरहेको हुन्छ र मेरी प्रियलाई एउटा यथार्थ सत्यमा उभ्याइ दिन्छन् यसरीः—
तिमीलाई मात्र थाहा छ — रित्तो डोकामा दाउरा भर्ने सपनाहरूको
घाँस भर्ने सपनाहरूको भीरमा हिड्ने सपनाहरूको
आफ्नै चर्म चिर्ने सपनाहरू—……..
यावत स्वपनाको परिचय दिएर पाठकलाई थर्चान पुगेका छन् यहाँ दाहाल ।

‘तारेभीर’ एउटा ओखलढुङ्गामाथि प्रयोग हो कि जस्तो लाग्दछ तर फरक त छदैछ । प्रस्तुति र शैलीमा पनि, तर अजङ् डर लाग्दोमा सँधै शान्त सँधै शुभ्र । ।

सधै सुन्दर मेरो तारेभीर शब्दमा कतै छताछुल्ल अनुभूत हुन्छ । दृष्टि दोषमा दृष्टि बोधको रूपान्तरण प्रयास चाँहिँ सवल नै देखा पर्दछ । यहाँ तर्कका ठाउँ छन् तर तर्कले स्वतथ्यतामा ठेस लाग्ने डर छ । दर्शन भनेकै दर्शन नै हो । कुनै दर्शन बुझ्न सकिने हुुन्छ कुनै बुझ्न दर्शनकारकै सम्मुख पर्नु पर्ने अर्थात शब्दको जालमा अल्झिएर सहज पनि दुर्वोध देखिने, यही श्रेणीमा पो पर्‍यो कि ?यही सोचाइँमा पल्टिएको पाना सामीप्यमा शीर्षक बनेर उभिइन्छ “अस्तित्वको बोल” स्वरूपमा, यसले बोलेको छ सह अस्तित्वको बोली । यो बोली बोल्दाबोल्दै स्वअस्तित्व पनि च्याँठिन्छ, स्वाभाविक मानवीय स्वभाव । यही स्वभाव यस काव्यधारमा प्रकट रहेको छ । मानवीय स्वरूप पनि पहिल्याउनु कविको प्रबृत्ति देखिन्छ ।यस सङग्रहभित्र वादको नाद स्तुति अर्चना मात्र होइन, सम्वेदनाले पनि छोइनु पर्दछ । यही कुराको उद्वोधनमा कलानिधिको “दुर्घटना ग्रस्त यात्रुको सम्झनामा” विव्ह्लता पोखिएको छ । शान्त्वनाका अञ्जुली फोइएको छ ।व्यक्तिको उपमेयतामा समष्टि–सञ्चित राश छ यसमा त्यसैसलाई पनि समेटेर कवि भन्छन्:-
म तिमीलाई यस दुःखद विश्वको तर्फबाट
—प्रणय भाव पोखिरहेछुँ
श्रद्घाका सुमनहरू सुम्पिरहेछु
स्मृति भाव सम्झेर क्षमा गर
विकट बेलामा —न कोही कसैको सहारा रहेछ
-न कोही कसैको प्रणयधार नै रहेछ

आबृत्ति निबृत्तिका जेरी स्वरूप पनि उजगार छ यसैमा । यस्तै यस्तै उद्गारको उजागर लिएर “वर्तमान माथिको कविता” कोरिएको छ । यो कोराइमा अन्तरदृष्टि जहाँ छ अन्तरद्वन्द पनि त्यहीं छ भन्छन् “आज हामी घाम झलमल्ल आङ्भरि थामिरहेछौं , आगमनको उज्यालो सबैले एकतमास तापिरहेछौं , सचेतनाका शब्द ओरालिएका छन् ।यही क्रममा तर सबैले तापिरहेको घाम मुठ्ठी भरको घाम भइरहेछ –कुन सक्कली कुन नक्कली बजार हल्लाले गुल्जार छ ।चामल पनि अव नक्कली रे माछा अण्डा नक्कली रे त वादको नाददेखि घामको तातो पनि सक्कली र नक्कली नहँुदा हुन् त ? कविका फैलाइँमा खुम्चिएर बोल्न नपाउँदै कविको बोलाइँ फेरिन्छ –भन्छन्ः—
हायल छु /कायल छु
तैपनि वसन्त बोल्ला कि ?
विश्वास बिउँझला कि ?
—आगोले डामिएरै पनि
—गोमनले डसिएरै पनि
—विच्छीले चिलिएरै पनि
हायल कायलले कहालिएरै पनि
उभिएको छु– निरन्तर उभिएको छु ।

१८

‘वर्तमान माथिको कविता’ भित्र वर्तमान समयको यथार्थ बोलेको छ । कविले जानेको छ घुमाउने कला —यस कलामा कवि पोख्त नै देखिन्छन्। अनि ‘सडक माथिको कविता’ , सदनमा मानवताको बत्ती विस्तारै बल्ला कि ? खातेका आतेजाते मुखहरू खोलिएलान् कि? सडक अलिकति चल्मलाउला कि? घामसँगै प्रमिथस मञ्जिल बन्ना कि ? आशाले सुनसान तर भयानक भीड भएकै सडकमा सङ्कोच ! सङ्कीर्णता !सीमाहीन स्वार्थको अङ्गालोभित्र अति कति सास फेर्ने अभ्यास किन गर्नु परिरहेछ अर्थात सडक झन् झन् किन निस्सासिदा वातावरणले छोप्दैछन् । यसैको प्रत्यक्ष वर्णन छ “सडक माथिको कविता”मा यहाँ लामो गन्थन नगरेर कारक तत्व इङ्गित गरिएबाटै खाका प्रष्टिन्छ—
फिंजाएर असङ्ख्य आक्रामक आँखाहरू
सत्तामा सडकमा —सडक सत्तामा
एक तमास
ब्वाँसाहरू बगे्रल्ती पञ्जा फैलाएर बसेका छन्
गोमनहरू फँणा फिँजाएर उठेका छन्
सापहरू जिब्रा लप्लपाएर चिप्लेका छन्
तर पनि कोही बोल्दैन सडक सुनसान छ
तर भीड सडकमै भयानक छ
तै पनि सडक बोल्दैन सुनसान छ
…चेतना रित्तिएका चेहराहरूले……

मीठो व्यङ्ग्यात्मक तीरको हनाईँ छ‚ राजनीति देखि यावत विकृतिका प्रत्यक्ष प्रसारण छ यस कवितामा । यस सँगै जोडिएर पनि अर्को हाराहारीकै रूपमा अर्को शीर्षकीय कविता रहेको छ ।“सदन माथिको कविता”खुव नयाँ शब्द चलेका छन् यहाँ :—
सदनमा वदन जोतेर
बदनमा सदन जोतेर
कसमहरू काँचै छन्
यहाँ सदन र सांसदका गतिविधि मात्र छैनन् अर्ति पनि छन्, अर्तिभित्र तिनीहरूको प्रबृत्ति पनि भण्डाफोर गरिएको छ ।

(१९)

उपमेय र अलङ्कार चटकदार आभूषणले काव्य झन् सुशोभित रहन गएको छ ।
“पृथ्वी आकाश विरुद्घ” पनि कवि कलानिधिका आफ्नै विशेषता वोकेको सङग्रह भित्र परेको अर्को कविता हो । रात र दिन दुवैको समेट्याइँ यस कवितामा पनि रहेको छ, दृश्य विभत्स ओराल्छन् उनी– यसमा यसरी—
अन्यायको खेल खेलिरहेछन्
अनाचारको नाच नाँचिरहेछन्
र नै आज हामी हाम्रा सामुन्ने
—एक डङ्गुर नेल …
रोग चेपेका कोख ….
भोक चुहेका कोख…
बस्त्र खुस्किएका गोप्याङ्गहरू हल्लिरहेछौं…
तैपनि—
हामीसँग एउटा विश्वास छ ।

यस क्रममा अर्को कविता “मेरो काठमाण्डू” मा राजधानीप्रति उनको दृष्टिकोण आफ्नै प्रकारको रहेको छ ।कल्पनाको गतिछाडा उडानभन्दा यथार्थका हिलोमा पैताला गाडेर पनि उभिने जमर्को प्रष्टरूपमा कवितामा देखापरेको छ । हेरार्इँमा कुरा पोखिएका छन् । थुपै्र तर यहाँ उल्लेख्य उतार गर्दा सटिक लाग्ने कुरा यही छ—
यो काठमाण्डु न कसैले चिन्यो
न कसैले चिन्न सक्छ
यदाकदा कसैले चिन्न खोज्यो भने
आदेशको आवाजमा कारागार बनिदिन्छ काठमाण्डू ।
बुलबुल, हतास नवन तियान मेन, मेरो मनको राजा, शैलपुत्री, हतार छ प्रिय! जीवन फूल, गोठाला माथिको कविता ,निम्तो पत्र, बेलुन, तिमीलाई खुशीको श्रद्घाञ्जली छ , योद्घाप्रति , विषमज्वर, लाग्छ मलाई ,पर्ण कुटीको झ्याल उघारी आदि काव्यधार आफ्नै ठाँउमा छन् ।

(२०)

पप्लु तानेर —टिप्लु तानेर
टिप्लु तानेर —पप्लु तानेर
घरी ,घर घडेरीको सम्झनामा
घरी, बिहान बेलुकी छाक टार्ने विपनामा
वर्तमान एउटा पप्लु पत्ति हिँडेको छ
पप्लु पत्ति साँच्चै वर्तमान बनेको छ
“परिवेशको दाउमा उभिएको देश” शीर्षकीय काव्यका शुरुकै हरफ पढ्दा पढ्दै सर्लक्क भूपिशेरचन ओर्लिन्छन् । अग्रजहरू पछ्याउछन् ।कलानिधि भाव उराल्ने कलामा आकाश तर्फ औंला फाल्छन् । अनुभूति अध्ययनको दौरानमा यस्तो पनि हुँदोरहेछ । यसमा अरू एक अर्को हरफ तान्न मन लाग्छ —
…पुर्खाले बर्दीमा —सङ्गीनको पप्लु तानेथे
—वीरताको टिप्लु तानेथे
एकताको पप्लु तानेथे
नवनिर्माणको पप्लु तानेथे
× × × ×

साँच्चै हो आज देश यिनै दुईका दाउमा छ
शव्द चित्र बनेको छ यहाँ , चित्र यथार्थ बोलिरहेछ यहाँ, माइन्ड कन्सन्ट्रेडको खाका कोरिएको छ यहाँ । जनजीवन बोलेको लेखेको साहित्य हुन्छ ,थोपरेर रिल्याक्सको आशन हुन्छ । जीवन्त लेखन त्यसै आउँदैन । त्यसको गहिरो पैठ हुनु पर्दछ, सूक्ष्म अध्ययन हुनु पर्दछ, टिप्ने कला हुनु पर्दछ ,पोख्ने कौशल हुनु पर्दछ । यस कवितामा यही देखिन्छ । लगभग यही पथमा “भेडाहरूको जुलुस छ”
यो जुलुस बेला वखत निस्कने गरेको छ
भेडाको जुलुसमा झन्डा हुँदैन, डन्डा पनि हुँदैन
× × × ×
शताव्दीयौँदेखि पेट पेरुङ्गा परेका छन्: विद्रोह छैन भोजनको
मस्तिष्क ढुसी परेका छन्ः विद्रोह छैन चेतनाको
आङभरि तुषारो चुहेको छ: विद्रोह छैन न्याना कपडाको

(२१)
मानवताबादी वनेर कोही ननिस्केकोमा सच्चा अनुयायी कोही नदेखेकोमा हुललाई भेंडा उपमा दिएका छन् । महाकवि देवकोटाले झैं प्रभूजी मलाई भेडा बनाऊ चाहिं भनेका छैनन् , भनेका छन् त आक्रोसका साथ—
“अफिम घोलेर सुकेका नसाहरू
ब्राउनसुगरले पोलेर सुकेका शरीर हल्लाउँदै
…ढुङ्गो पुजेर,माटो पुजेर,जड पुजेर,निर्जीव पुजेर
निराधार पुजेर…………..
चेतना शून्य मस्तिष्क आज भेडाहरूको जुलुस सर्वत्र निस्केको छ ।
बिम्बको छेलोखेलो छ यहाँ,प्रतीकात्मक मिश्रणले यसलाई रसिलो पारेका छन् कविले ।

अनुभूतिको अहं त छ, वैयक्तिक होस् वा निर्वैयक्तिक अनुभूति त एक साथ स्वरलहरीका तरङ्ग अन्तर्नाद एउटा हुँदो हो सायद उही स्वभाव उही बान्कीमा । तर पनि अनुभूतिका स्वरूप बदलिन पुग्छन् जब चुलोमा तुलो होइन्छ ,मान्छेमा ठूलो र लुलो होइन्छ । शून्यमा बिउ रोपेपछि अर्को महाशून्य …….? यसैको अन्तर्निहित आवाज छ अनुभूतिमा —
बीज अङ्कुराए पनि
निस्प्राण !
निरन्तर ! !
निव्र्यैयक्तिक ! !
नितान्त नयाँ
खेल खेल्न उत्सुक असङ्ख्य अनुभूतिका स्वरलहरीहरू
त्यहाँ न कुनै कुर्सीको होड छ
—न कुनै प्रतियोगिताको घोडदौड छ
न भाषणको रासन छ
—न त मत–बहुमतको आशन छ
मात्र—अन्तर अनुभव ……………

(२२)

यहाँ सुरिलो स्वर सँगालेर स्वयम्बाट अहर्निश उठेको स्वयम्भू –जसलाई भाँच्न, तोड्न सक्दैंनन् कुनै रङ्गविरङ्गका गेन्नाडीहरूले । शास्वत प्रयोग यहाँ छ, प्रतिलिपिका पछाड यहाँ छैनन्, कुनै ढल्काइँ छैन , चट्क्याइँ छैन मात्र अहं अनुभूति छ, यो अनुभूति शेयर गर्नु र आर्तमा मल्हम लगाउनु स्वद्देश्यमा यो निहित छ ।

जीवनका जीवन सहजतामा होइन दुरुहतामा जीवनको खाका स्वपनको भाका न चुम्बन न आलिङ्गन मात्र सङ्घर्षमय जीवनको स्पन्दन “हतार छ प्रिये !” मा आबद्घ रहेको छ । ग्रामीण जीवनको गुञ्जन समाहित छ । आरम्भका यी पङ्तिले बोल्छ गुन्गुन् त्यो के हो ?
आज घाँस छैन: घाँस जानु पर्छ
आज दाउरा छैन: दाउरा जानु पर्छ
नाम्ला झिक, डोरी झिक:डोको झिक
उकालो निकै अग्लो छ: सवेरै हिड्नु पर्छ
यावत कर्मशीलताका अनुराग मात्र होइन यहाँ सङघर्षका सचेतनाका प्रभाग पनि रहेका छन्—
कालो छायामा कोही आएको छ: डराउनुहुन्न
एक भारी बल बोकेर जुलुस निस्केको छ: अत्तालिनु हुन्न
तास कपडा बेरेर छिमेकी मख्ख परेको छ: ईष्या गर्नु हुन्न
जीवनको अन्तिम यात्रा आरोहण त सबैसँग हुन्छ प्रिये !

निर्विकारिताको पुट स्वमा समावेश गर्नैपर्छको सन्देश यहाँ अन्र्तनिहित छ पनि ।

समयको सँगालो चउरको दूवो टिप्ने कलामा पोख्त छन् कलानिधि ,नाम अनुसारको काम ! कर्मको जुनकीरी अँधेरो बाटोका साथी भनेझैं फूल फुलाउन उद्यत नाम मात्र नामले होइन कर्मको ठाममै जीवन फूलले उजिल्याएको छ यो उजिल्याइँमा यहाँ उपमा एउटा टिपिन्छ—
भैंसीले टेक्न खोज्छन्: टेकेकै छन्
मुख चेपेर पाठाले तान्न खोज्छन् चरेकै छन्
पहिरो ढलेर गर्लम्म माथिबाट पुर्न खोज्छन्ः पुरेकै छन्
तैपनि अस्तित्व अङ्कुराउन तत्पर एउटा बीज –न्युक्लियस

निरन्तर सङघर्ष पोतेर छोइनसक्नु आकर्षण हलक्क (हर्लक्क ) हल्लेको छ । एउटा विन्दुबाट छराई आतासवाजी झैं अनेकन रङ्गाइँ हामीले प्रत्येक शान्तिकामीले बुझ्नै परेको छ ।वादीहरूका वादका नादको मूल फरक फरकमा घोत्ली नै परेको सन्देश पनि यसमा निहित झल्किन्छ ।

‘कलानिधिका चुनिएका कविता’ भित्र भूमिका लेखक वरिष्ठ समालोचक डा. गोविन्दराज भट्टराईले भने झै “कविता भनेको मौनता हो , अथवा मौन प्रार्थना, विद्रोह , प्रेम , आशा सबै थोक हो ”कवितामा धेरै बोल्न हुँदैनमा सहमति व्यक्त गर्दै मुक्त धार , मानवीय पक्षका सुस्पष्ट विचार मात्र नभई मथिङ्गल दिलाउने संयोजन आचार पनि रहेको छ । मानवीय मूल्य मान्यताका नारा भन्दा लहरालाई टेका दिलाउने थाक्रोमा अड्ँयाइ छन् –अन्र्तद्वन्दभित्र प्रबृत्तिको छवि पनि छ । कुनै कुनैमा स्वत्वको अभिलासित खण्डनका व्यबहार पनि उत्रेका नै छन् । विषयगत गुणमुच्चता यस सङग्रहको कमजोरीको नमुना हो । क्लिष्ट शब्दमोह अर्को छिट्पुट छराइँ हो । माथि भनिए झैं हाम्रा अग्रजहरूको प्रभावमा प्रभावित त्यसैलाई व्याख्यात्मक स्वरूप तिनैमा श्र्रद्घाको जलप उएटा उदाहरणको रूपमा प्रस्तुत छ । जहाँसम्म सोच छ ।सार्वजनिक व्यक्तित्वको पहुँच सार्वजनिक रूपमा पहुँच निरपेक्षतामा आबद्घ रहनै पर्दछ । यसो भन्दा सवाल उठ्न सक्दछ , वैयक्तिक स्वतन्त्रताको यस सवालमा भन्नु पर्दा वैयक्तिक रूपमा पहिरन व्यक्तिले जुनसुकै लगाउन सक्दछ , आस्थामा झुकाव रहेको हुन्छ रहनु पर्दछ । तर व्यक्ति जब सार्वजनिकताको फेरोमा हुन्छ त्यसको पहिरन बाह्य र आन्तरिक दुवैमा निर्दिष्ट अनुसार नै हुनु पर्दछ । यो सन्तुलनको कुरा हो । यसैको अभाव खड्किने गर्दछ । प्रचण्ड होस् वा देउवा बाह्य पहिरन अनि आन्तरिक पहिरनको कुरा गर्ने हो भने एउटा आलेख तयार हुन पुग्दछ ।ओलीका बाह्य पहिरन चिटिक्क मिटिक्क भए पनि बोलीमा चाट देखिए पनि छाँटमा सरोवरी नै देखिदो छ । भन्नुको मतलव अरू त स्रष्टामा यो टड्कारो अझ चट्कारोको रूपमा उजेलिन्छ । यस भावमा कलानिधि दाहाल कुनै कन्तरो खुस्केको कुनै कन्तरो च्यातिएको देखा परे पनि समग्ररूपमा मानव स्वतन्त्रता र मूल्य मान्यतामा यस चुनिएका कविता मार्फत खरो नै देखा परेका छन्।

२३

आगोका वीज रोप्न होइन, सुन्दर फूल फुलाउन उम्लदा तातो पानी बगाउन होइन ,सुशीतल तीर्थमा नुहाउनका निम्ति अविरल नदीका प्रवाह समयले प्रवाहित गर्दछ तर त्यसलाई छेको हालेर ,स्व अनुकूलमा ढाल्न खोजेर समय प्रवाहलाई स्व अनुकूलमा ढाल्ने प्रबृत्तिको विरुद्घ आबद्घ रहेका छन् ‘कलानिधिका कविता’ । यसको झल्को “युगरानी”शीर्षकीय कविताबाट पनि अझ पुष्टिन्छ । यहाँ आरम्भ मै भनिएको छ —
सुन्दर सुरको सुन्दर पुरकी
सुन्दरताकी रेसम ताल
ताल फुटायौ जाल फुटायौ
अतीत बनायौ विश्व कमाल !
लठ्ठ वनायौ जग ताल !
तालहरूमै तैरन लाग्दा
आज मेरो यो जग वेहाल !

यहाँ ओगट्नभन्दा स्वयं पाठक चाकुमा झैं झुम्न आग्रह गर्नै पर्छ ।कथा पढाए चलचित्र हेर्ने प्रबृत्ति म लिन्न , मात्र यति भन्दिन्छु , कलानिधिका अन्र्तआशय बुझ्न मात्र होइन ‘म’ हामी र हाम्रा परिवेश थाहा पाउन ,थाहा पाएर सचेत बन्न , अनि साँच्चि कै जीवन बाँच्न “कलानिधिका चुनिएका कविता यौटा मार्ग दर्शक कै रुपमा रहेको छ । हो बादलका चाँदीका घेरा भनेँ झैं उनमा पनि स्वाभाविक मानवीय कमजोरी प्रबृत्ति दोषहरू यसमा उजेलिएका छन् नै। कतै कतै शाब्दिक विद्वता, कतै दार्शनिकत्वका लोभमा निरपेक्षताको तिलाञ्जली पन,कतै कतै दुराग्रहका काला बादलका आछन्नता भेटिन्छन् नै तर पनि मानवीय स्वतन्त्रता मूल्य मान्यता अनि स्वत्वको पहिचान हो ।आबद्घताले कलानिधि दाहाललाई आफ्नै बेग्लै पहिचानको स्रष्टामा उभ्याइदिएको छ । यो उभ्याई कुनै दान बकसमा होइन स्वयंको अध्ययन र स्वेद विन्दुहरूको टपटप झराईमा ।
अन्तमा यहाँ सम्पूर्ण पुस्तकभित्र समेटिएका बुनाइँहरू नसमेटिनु पनि एउटा उत्सुकता ,एउटा ज्ञानलाई स्वयं पाठकीय जिज्ञाशाका निम्ति नै हो भन्ने आशय रहेको जानकारी हुन पुग्दछ ।