अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:१८ | Colorodo: 02:33

ईश्वर

युवराज मैनाली २०७८ असार २८ गते २२:१९ मा प्रकाशित

विचारमा बिगार आएपछि कसको के लाग्छ ? रामनाथ र उनकी बूढी चिन्तामा छन् ।

‘के गर्ने त बूढी ! बुहारीले छोरालाई लगिहाल्यो… ।’ बूढाले के भनेका थिए, बूढीले प्रतिक्रिया जनाइहाली– ‘लगेको हैन बूढा, आँफै नारिएर गएको । कली धपक्कै बलेको क्या !… यो थोत्रो घर चाहिँदैन रे उसलाई । थाहा पायौ होला नि, भएभरको सबै चलसम्पत्ति लिएर हिँड्यो ।’

‘ए… ।’ बूढाले एकछिन गम खाए र भने– ‘चञ्चलता कति दिन टिक्छ र ! भैगो, छाडिदे ! चित्त नदुखा, जे पर्ला सो टर्ला ! ईश्वर मरेका छैनन् ।’

नजिकै, बूढा–बूढीको बातचित सुनिरहे झैँ चुपचाप उनीहरूलाई नै हेरिरहेका गाई एक्कासि कराइन्– ‘बाँ… !’

शायद, तिनका कुरा बुझ्ने ईश्वर तिनै गौमाता थिइन् ।