अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:४१ | Colorodo: 09:56

भर्जिनियाको सडक दुर्घटनामा रमाकान्त भुसालको दुःखद निधन

विजय थापा २०७७ चैत २९ गते ८:२९ मा प्रकाशित

अमेरिकाको भर्जिनिया राज्यमा भएको एक सडक दुर्घटनामा रमाकान्त भुसालको दुःखद निधन भएको छ । नेपाल परासी घर भई परिवारसँग भर्जिनियाको फल्स चर्चमा बस्दै आउनु भएका ३७ वर्षीय भएको बुझिएको छ । फल्स चर्चमा स्थित एक आवास गृह (अपार्टमेन्ट)मा बस्दै आउनु भएका भुसालको निधन गत राती अप्रिल ९ का दिन शुक्रवार भएको हो । दुर्घटना फल्स चर्चकै एक राजमार्गमा करिब १०:३० मिनेटमा भएको थियो ।

उहाँलाई अस्पताल लगिएता पनि अस्पतालले १०:५० मिनेटमा मृत घोषित गरेको थियो । दुर्घटना पछि प्रहरीले उहाँकी पत्नीलाई गत अप्रिल ९ कै दिन जानकारी राती गराएको थियो । मृतक भुसाल १ वर्ष अगाडी २०२० को फेब्रुअरीमा विविधता चिट्ठा(डिभी)को माध्यमबाट आउनु भएको थियो । उहाँका २ जना नाबालक छोराछोरी नेपाल मै रहेको उहाँका पारिवारिक सदस्यले जानकारी गराउनु भएको छ ।

उक्त घटना पछि गैर आवासीय नेपाली सङ्घ अमेरिकाको भर्जिनिया शाखाको पहल र नेपाली अमेरिकन सामुदायिक केन्द्र (न्याक)को तर्फबाट ददिराम ढुङ्गानाले परिवारलाई आवश्यक पर्ने समुदायको साथ र सहयोगको लागि परिवारसँग कुरा गरी रहनु भएको जानकारी एनआरएनए भर्जिनिया शाखाका अध्यक्ष कृष्ण सादगीले ईनेप्लिजलाई दिनु भएको छ । अध्यक्ष सादगीका अनुसार सम्बन्धित परिवारसँगको परामर्श सकिना साथ गोफन्ड मि खाता खोलिने र नेपाली समुदायका सम्पूर्ण सदस्यलाई जानकारी दिने बताउनु भएको छ ।

प्रतिक्रिया