अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२४ | Colorodo: 19:39

ठकुरीलाई सातौँ ‘गिनिज वर्ल्ड रेकर्ड’ प्राप्त

विजय थापा २०७७ कार्तिक १८ गते ८:२६ मा प्रकाशित

डिसी । अमेरिकन मरिन गोजु कराँतेका खेलाडी कीर्तिमान धारी उज्ज्वल ठकुरीलाई सातौँ पटक गिनिज वर्ल्ड रेकर्ड’प्राप्त भएको छ ।

एकमाथि अर्को गर्दै उनले सातौँ पटक गिनिज वर्ल्ड रेकर्डमा आफ्नो नाम लेखाउन सफल भएका छन् ।

३ वर्ष अगाडि उनी अमेरिकामा “हु इज हु ब्लाक बेल्ट लिजेण्ड अवार्ड” बाट सम्मानित भएका थिए । आधा दर्जनभन्दा ज्यादा कीर्तिमान राख्न सफल ठकुरीले नेपाल र नेपालीको नाम विश्वको अगाडि राख्न पाउँदा गर्व लाग्ने बताए ।

उनको विश्व कीर्तिमान सन् २०१७ देखि सुरु भएको हो । उनले सेप्टेम्बर २०१७ मा प्रथम गिनिज वर्ल्ड रेकर्ड, नोभेम्बर २०१७ मा दोस्रो, नोभेम्बर २०१८ मा तेस्रो, सेप्टेम्बर २०१८ मा चौथो, सेप्टेम्बर २०१९ मा पाचौं, फेब्रुअरी २०२० मा छैटौँ र फेब्रुअरी २०२० मै सातौँ गिनिज वर्ल्ड रेकर्ड राख्न सफल भएका छन् ।

उनले फेब्रुअरी २०२० मा न्यूयोर्कमा एउटा खुट्टाले पूर्ण रूपमा घुँडामा ५ केजी तौल राखी ३ मिनेटमा १५७ पटक प्रहार गरेपछि उनलाई गिनिज वर्ल्ड रेकर्डले २९ फेब्रुअरी २०२० कै मितिमा सातौँ गिनिज वर्ल्ड रेकर्ड भएको घोषणा गरेको थियो ।

महामारीको कारण ठकुरीले २०२० को अक्टोबर महिनाको अन्त्यमा प्रमाण पत्र प्राप्त गरेका थिए । ठकुरीले दशैको भोलि पल्ट अक्टोबर २७, २०२० बिहान ९:४५ मिनेटमा आफूले सातौँ गिनिज वर्ल्ड रेकर्ड पाएको सार्वजनिक गरेका थिए ।

काठमाडौँमा जन्मिएका ठकुरी २ दशक भन्दा अगाडि अमेरिका आएका हुन् । उनले कराते खेल जगतमा लागेर धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा जित हासिल गरी विभिन्न पदकहरू प्राप्त गरिसकेका छन् ।

करातेमा उनले आफ्नो आधा दर्जन भन्दा पृथक् विशेष आविष्कार छन् । “फांग खुकुरी काटा” र “फांग ब्रेकिंग” मा सहित उपाधि प्राप्त गरी सकेका छन् । विगतमा भ्यानडम शैलीमा “कुरो बुशि वर्ल्ड च्याम्पियन खेलमा” समेत सम्मानित समेत भएका छन् ।

प्रतिक्रिया