अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:४२ | Colorodo: 00:57

बाल्टिमोरबाट गायिका सरिश्मा अमात्यले निकालिन ढुकढुक गर्ने नामक बोलको गीत

विजय थापा २०७७ वैशाख ९ गते १०:१६ मा प्रकाशित

डिसी। अमेरिकाको मेरिल्यान्ड राज्यको बाल्टिमोरमै बस्दै आएकी लोकप्रिय गायिका सरिश्मा अमात्यले घर भित्र बसेर ढुक ढुक गर्ने नामक बोलको गीत सार्वजनिक गरेकी छिन् । कोरोना भाइरसबाट सबै भन्दा सङ्क्रमित राष्ट्र अमेरिका भएको अवस्थामा मेरिल्यान्ड राज्यमा घरमै बस्ने कार्यकारी आदेश भएकोले उनले लक-डाउन(हिँडडुल बन्देज)जस्तै भएको अवस्थामा कलाकार भएको नाताले गीत सार्वजनिक गरेकी छिन् ।

विगत ३० दिन देखि घरभित्र नै सीमित भएको अवस्थामा उनले केही गरौँ भनेर मेरिल्यान्ड राज्यमै उनको आफ्नो घर भित्रै छायाङ्कन गरी गीत युट्युब मार्फत सार्वजनिक गरेकी हुन् । गायिका अमात्य एक व्यवसायी पनि हुन् भने उनका पति चर्चित गायक संजिप प्रधान हुन् । दुवै दम्पती बेलाबेलामा समुदायका कार्यक्रममा अमेरिका बाहिर र अन्य समुदायका साङ्गीतिक कार्यक्रममा प्रस्तुत गर्दै आई रहेका छन् । गायिका अमात्यले मधुरीमा-२ वाट ढुक ढुक गर्ने गीतलाई नयाँ रूपमा प्रस्तुत गरेकी छिन् । उक्त गीतलाई सङ्गीत अनिल शाहीले दिएका छन् भने शब्द जनक दीपको रहेको छ । सम्पूर्ण छायाङ्कन मेरिल्यान्डमै गरिएको हो । उक्त गीतको निर्देशन,छायाङ्कन र सम्पादन गायक संजिप प्रधानले गरेका हुन् । उक्त गीत अप्रिल १८, २०२० मा सार्वजनिक गरिएको छ ।

 

प्रतिक्रिया