अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४२ | Colorodo: 18:57

कोरोना सङ्क्रमणबाट नेपाल बाहिर २८ नेपालीको मृत्यु

विजय थापा २०७७ वैशाख ६ गते ७:३७ मा प्रकाशित

सबैभन्दा बढी सङ्क्रमण अमेरिकामा र सबैभन्दा बढी मृत्यु बेलायतमा

काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमणबाट नेपाल बाहिर २८ जना नेपालीको मृत्यु भएको छ । गैर आवासीय नेपाली सङ्घ (एनआरएन)ले शनिवार सार्वजनिक गरेको आँकडा अनुसार २८ जनाको मृत्यु हुनाको साथै १ हजार १ सय ६६ जना सङ्क्रमित भएका छन् ।

कोरोना सङ्क्रमणबाट सबैभन्दा बढी बेलायतमा नेपालीहरूको निधन भएको छ भने सबैभन्दा कम आयरल्यान्डमा निधन भएको छ । एनआरएन अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित उच्चस्तरीय समितिको स्वास्थ्य समितिले सङ्कलन गरेको तथ्याङ्क अनुसार बेलायतमा १७, अमेरिका ८, युएई २, आयरल्यान्ड र १जनाको ज्यान गएको हो ।

सार्वजनिक तथ्याङ्क अनुसार अहिले २१ वटा देशमा नेपालीहरू कोरोनाबाट सङ्क्रमित भएका छन् ।

सङ्क्रमित हुनेहरूमा देशमा अमेरिका ७ सय, बेलायतमा २ सय, स्पेन १०, यूएइ ७१, जर्मनी ४, पोर्तुगल २२, अस्ट्रेलिया ११, आयरल्यान्ड २२, साउदी अरब ४, कुवेत २१, फ्रान्स १, जापान १, मलेसिया ३, म्यानमार १, बेल्जियम ४, क्यानडा ३, स्वीट्डरल्याण्ड ५, मल्टा २, हङकंङ १, र नेपाल ३१ जना कोरोना सङ्क्रमित रहेको समितिले जनाएको छ ।

प्रतिक्रिया