अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:४६ | Colorodo: 21:01

उज्ज्वल ठकुरी भर्जिनियाको कांग्रेसम्यान गेरल्ड ए कोलोनीबाट सम्मानित

विजय थापा २०७६ माघ २६ गते ११:५० मा प्रकाशित

भर्जिनियाको काँग्रेस म्यान गेरल्ड ए कोलोनीबाट उज्ज्वल ठकुरी सम्मानित भएका छन् । काँग्रेस म्यानले लेख्नु भएको छ ,आदरणीय मास्टर उज्ज्वल ठकुरी तपाई जस्तो नाम राख्ने व्यक्तिलाई बधाई पत्र र सम्मानित पत्र पठाउन पाउँदा म धेरै खुसी छु । यो सानो कुरा हैन ,पाँच पटक विश्व कीर्तिमानी राख्नु तपाई छैटौँ बाल्क बेल्ट अमेरिकन मारिन गोजुबाट त्यसै पनि प्रख्यात हुनु हुन्छ र तपाइले यो पदकहरू विश्व रेकर्ड , विश्व बेल्ट विजेता अनि राष्ट्रिय स्वर्ण पदक ल्याउन धेरै दुःख कष्ट गर्नु भएको होला । बर्षौ वर्षको तपस्या र मेहनत होला अनि बल्ल तपाईँले यो सबै पदकहरू जित्नु भएको छ ।

यो सफलता र यी पुरस्कार तपाइले त्यसै प्राप्त गर्नु भएको छैन तपाईँको अटल प्रतिबद्धता र फोकस प्रदर्शन गर्नु भयो जसले अरू नयाँ पुस्ताका खेलाडीहरूले पनि सिप र ज्ञान प्राप्त गर्नका लागि रोल मोडेल बन्नु भएको छ । यो देशमा आएर यत्रो ठुलो नाम राखिदिनु भएकोमा म काँग्रेस म्यान तपाईँलाई फेरी पनि बधाई तथा धन्यवाद दिन चाहन्छु र सँगसँगै छैठौ विश्व कीर्तिमान् राख्नको लागि कृपया यो र भविष्यका सबै प्रतियोगिताहरूमा सफलताको लागि मेरो हार्दिक शुभकामनाहरू स्वीकार गर्नुहोस् ।

उज्ज्वल ठकुरी भन्छन् ,यस्तो किसिमको लिखित धन्यवाद ज्ञापन पत्र र प्रमाणपत्र पाउने पहिलो राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडी हु । उज्ज्वल ठकुरीले यो भन्दा अगाडी ३ वटा सिनेटरबाट सम्मानित पाई सकेका छन् र पहिलो नेपाली गोजुर्यो कराँते खेलाडी हुन् । ठकुरी भन्छन् , खेलाडी भनेको मरुन्जेल सम्म पनि अवकाश लिदैनन । किनभने उसैले पदक ल्याउन प्रयास गर्छ कि खेलाडी जन्माउने काम गर्छ । २०-२५ वर्ष पुरानो ब्ल्याक बेल्ट घरमा थन्क्याएर केही काम हुन्न जब सम्म त्यसले केही गर्दैन ।

नेपालमा म उस्तो यस्तो भनेर केही हुन्न त्यो त पद खाने भाँडो भो । जो सक्षम छ उसले काम र नाम देशको लागि संसारले देख्ने गरी गरेर देखाउँछ । ठकुरीको सपना नेपाली समुदायमा ओलम्पिक र वर्ड च्याम्पियन खेल्ने खेलाडी जन्माउनु हो । एक दिन नेपाली समुदायले अवश्य बुझ्ने छ । र सबै मिली विश्वमा चम्काउने खेलाडी निर्माण गर्न हातेमालो गर्ने छन् ।

प्रतिक्रिया