अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२८ | Colorodo: 01:43

ओहायोमा हुने मेरो डान्स कप तथा मेरो भ्वाईसको बृहत् उद्घाटन कार्यक्रमको पूर्व सन्ध्यामा पत्रकार सम्मेलन

विजय थापा २०७६ पुष १९ गते ९:३२ मा प्रकाशित

ओहायो । अमेरिकाको ओहायो राज्य अन्तर्गत एक्रोनमा आगामी जनवरी ४ मा हुने मेरो डान्स कप चौथो संस्करण तथा मेरो भ्वाईसको दोस्रो संस्करणको बृहत् उद्घाटन कार्यक्रमको पूर्व सन्ध्यामा पत्रकार सम्मेलन सफलतापूर्वक सम्पन्न भएको छ ।

उक्त कार्यक्रमको लागि अमेरिकाका विभिन्न राज्यहरूमा बसोबास गर्ने कलाकारहरू ओहायो आई पुगेका छन् ।

जनवरी ४ का दिन हुने समारोहको ठिक एक दिन अगाडी आफ्नो प्रस्तुति दिने विभिन्न कलाकारहरूले गायन र नृत्यको लागि कार्यक्रम स्थलमा पूर्व अभ्यास समेत गरेका छन् ।

हिजो सम्पन्न पत्रकार सम्मेलनमा आयोजकका मुख्य व्यक्तित्व डिल्ली अधिकारीले सबैलाई चुलो निम्तो दिँदै निस्स्वार्थ रूपमा कला र संस्कृतिको जगेर्ना र सबैलाई जोड्न कार्यक्रमको आयोजना गर्न लागिएको बताए । अधिकारीले सबैलाई सहभागी जनाउन समेत आग्रह गरे ।

जनवरी ४ मा प्रस्तुति गर्ने अधिकांश कलाकारहरू, आयोजक समितिका सदस्यहरू, सङ्गीत टोली सबैले छोटकरीमा आफ्नो परिचय दिँदै सबैलाई चुलो निम्तो दिएका थिए ।

मन्तव्य राख्ने अधिकांशले कार्यक्रम बृहत् हुने भन्दै आयोजना गर्ने आयोजक र विशेष गरी मुख्य भूमिका निर्वाह गर्ने डिल्ली अधिकारीलाई धन्यवाद दिएका थिए ।

नायक दिलीप रायमाझीले क्यानडा र अमेरिकामा बस्ने सबैलाई सहभागी हुन् आग्रह गर्दै सबैलाई चुलो निम्तो दिएका थिए । र यस पटक विगत वर्ष भन्दा फरक रूपमा कार्यक्रम हुने जानकारी दिएका छन् । भोलि बिहान सम्म अझ थप जानकारी आउने कार्यक्रम संयोजक रुद्र बानियाले बताए ।

वरिष्ठ लोक गायक प्रेमराजा महतले बिहानले दिन देखाउँछ भने झैँ कार्यक्रम सुरु हुनु अगाडी नै राम्रो उपस्थिति देखिएको बताए । उनले डिल्ली अधिकारीले गरेको कार्य को प्रशंसा समेत गर्दै एक्रोन बासीलाई सहभागी हुन् आग्रह गरेका थिए ।

यसै गरी लोक गायक नवीन कुमार खड्का, गायिका अन्जु पन्त, नायिका सारंगा श्रेष्ठ, गायक शिव परियार, गायक जगदीश समाल, नायिका मेलिना मानन्धर, गायक बाबु बोगटी, गायक तथा सङ्गीतकार प्रताप सुब्बा, नायिका पूजा लामा, लगायत सबैले कार्यक्रम अद्वितीय हुने र आफ्नो प्रस्तुति समेत रहने हुनाले कलाकारलाई हौसला प्रदान गर्न आउन समेत आग्रह गरेका छन् ।

कार्यक्रममा चर्चित हास्य कलाकार सन्दीप छेत्री, प्रकाश श्रेष्ठ, नायिका केकी अधिकारी, गायिका सपना श्री, गायक जगदीश समाल, सुशील छेत्री, राजु लामा (एन्जल ब्याण्ड) लगायत चर्चित राष्ट्रिय कलाकारहरूको समेत सहभागिता हुनेछ ।

प्रतिक्रिया