अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४६ | Colorodo: 02:01

फास्ट फुडले हैन हाम्रै मौलिक रैथाने खानाले भ्रमण वर्ष २०२० मा सबैलाई स्वागत गरौँ

ध्रुव थापा

ध्रुव थापा २०७६ पुष १६ गते २२:१४ मा प्रकाशित

सनफ्रान्सिस्को, अमेरिका । यस लेखमा म हाम्रो पूर्वीय दर्शनको व्याख्या गर्न भने पटक्कै खोजेको होइन तर आफू पाक शास्त्रमा रुचि राख्ने भएकोले यसलाई अलिकति व्याख्या गर्न पूर्वीय दर्शनलाई जोड्न खोजेको मात्र हु। जसको मूलभूत सुरुवात भनेकै आयुर्वेद हो र यो आयुको विज्ञान हो जुन हाम्रो जीवनको हरेक पाटामा जोडिएको हुन्छ। त्यसैले यहाँ मात्र आंशिक जानकारीको लागि आयुर्वेदिक भोजन र हाम्रो जीवन शैलीलाई जोड्ने प्रयास मात्र गर्ने खोजिएको हो।

आयुर्वेदिक भोजन हामी पूर्वीय संस्कृतिको एउटा अभिन्न अङ्ग हो र यसलाई हामी हाम्रो संस्कृति रीति रिवाज र चाड पर्व अनुसार जुन विशेष भोज र भोजन ग्रहण गर्ने प्रथा छ त्यसलाई सामाजिक जीवनमा अयुर्बिग्य र ऋषि मुनिहरूले एउटा संस्कारको रूपमा हालेको हुन सक्छ। त्यसैले हामी हाम्रो चाड पर्व अनुसार र मौसम अनुसार के खाने के नखाने भन्ने जानकारी दिएको हुनसक्छ र सोही अनुरूप हामी हाम्रो चाड पर्वमा विशेष प्रकार र परिकारको भोजन बनाउने गर्छौ। तर कालान्तरमा यसको कमी हुँदै जानु र यसको पूर्ण ज्ञान नहुनु जस्तो कारणले गर्दा र त्यस प्रकारको परिकार बनाउने सही ज्ञान नहुँदा हामीले ग्रहण गरेको अहिलेको भोजन पूर्णरुपमा आयुर्वेदिक भोजन भन्न नमिल्ने भएको छ। भोजन को सही दोष र सही सामाग्री को प्रयोग नहुँदा यो अपूर्ण रहन्छ र यसले सरिरमा औषधिको काम नगरेर यसले सरिरमा नकारात्मक असर गर्न थाल्छ र हामीलाई आहार सम्बन्धी रोगहरू लाग्न थाल्छ। हाम्रो आफ्नै ज्ञान र शिक्षाको कमीले हामी हाम्रो भोजनलाई दोष दिने गर्छौ जुन सरासर गलत हो। जसरी हामी हाम्रो संस्कृति, रीति रिवाज र चाड पर्वको सही अर्थ भुली रहेका छौ त्यसै गरी हामी हाम्रो जीवनको अभिन्न पाक विधाबाट पनि वञ्चित हुँदै गई रहेका छौ। जसले गर्दा अहिले फास्ट फुड कल्चरले हामीलाई आधुनिक हुन र सिको गर्न अग्रसर गराई रहेको छ भने अहिले आएर पश्चिमी मुलुकहरूमा अयुर्बिज्ञान र योग साधनाले त्यहाँको मानिसलाई आकर्षित गरिरहेको

हामी अहिले सन् २०१० को दशक पार गरेर सन् २०२० को दशकमा प्रवेश गर्दै छौ जसरी सन् २०१० पछिको दशकमा फेरी हामीले हाम्रो समाजमा योग, साधना र ध्यानलाई आधुनिक जीवन शैलीको रूपमा जीवनमा समाहित गर्न खोजेका छौ । राम देवको योग र आयुर्वेदिक प्रचार प्रसारले विश्वमा हाम्रो जीवन शैली कतिको महत्त्वपूर्ण रहेछ भन्ने ज्ञान दिँदै विश्वको हरेक कुनामा पूर्वीय योग गुरुहरू विश्व प्रसिद्ध भएका थिए भने हामी आफ्नै देशलाई आधुनिक कारण गर्ने प्रयासमा हाम्रै धर्म, संस्कार र संस्कृतिको परित्याग गर्न लागि परेका छौ। साथै हामी फास्ट फुड कल्चरलाई अधिनिकरण को नाम दिँदै आफ्नो मौलिक खानालाई हेला गरी रहेका छौ।

नेपालले २०२० भ्रमण वर्ष मनाउँदा हाम्रो पूर्वीय संस्कृति र जीवन शैलीलाई पनि प्रचार प्रसार गर्न सके अझ धेरै पर्यटक नेपालमा भित्राउन सकिने छ। जसरी अहिले भारतमा पाश्चात्य देशका पर्यटक योग साधना र पूर्वीय दर्शन र धार्मिक स्थान प्रति आकर्षित हुँदै छन् ती पर्यटकलाई सही रूपमा प्रचार प्रसार र पुर्बधार तयार गर्ने हो भने नेपालले धेरै पर्यटक नेपाल भित्राउन सक्ने छ र एउटा सभ्य संसारको पुन विकास हुने छ।

यो लेख मात्र अहिले को भ्रमण वर्षलाई प्रोत्साहन गर्न आफ्नो तर्फबाट के गर्न सकिन्छ भन्ने र आयुर्वेदिक भोजन बारे जान प्रतिनिधि देखि जन समुदायसम्म लाई इको टुरिजम , होमस्टे र कल्चरल टुरिजम लाई समेत प्रोत्साहित गर्न लेखिएको हो । आयुर्वेदिक भोजन-प्रणाली को अर्थ विभिन्न, गेडा गुडी ,बीज, जडी-बूटिय प्राकृतिक मसलाको प्रयोग र सही सन्तुलित र संयोजनले हाम्रो आहार स्वस्थ वर्धक बनाउनु हो, जुन मौसम , काल र स्थान अनुसार प्रयोगमा ल्याइन्छ। यसको प्रभावले सरिरको “ओजस” बडछ । यसमा हामी कुन खाद्य पदार्थ कसरी,कुन समय र मौसममा र कति खान्छौ त्यसको समेत महत्त्वपूर्ण जानकारी आयुर्वेदिक भोजन मा हुने गर्छ।

राम्रो र स्वस्थ खान त्यही हो जुन स्थान, मौसम , ऋतु र विशेष परिस्थितिमा ग्रहण गरेका हुन्छौ। जस्तै धेरै थाकेको बेलामा, धेरै भोक लागेको बेलामा , बिरामी अवस्थामा , तनाव र मन बेचैन भएको अवस्थामा के खाने के नखाने जस्तो ज्ञान आयुर्वेदिक भोजनले व्याख्या गरेको हुन्छ। एउटै भोजन विभिन्न सरिरिक र मानिसक अवस्थामा खादा एउटै मानिसले खादा समेत फरक असर गरेको हुन्छ। हामीले खाने भोजन हाम्रो निजी प्रकृति अनुकूल हुन जरुरी हुन्छ नत्र त्यही भोजन कसैलाई अमृत र कसैलाई विष हुन् सक्छ। हामीले ग्रहण गर्ने हाम्रो भोजन सृष्टिको निर्माणकारी पञ्च तत्त्वमा आधारित हुन्छ जसमा आकाश, वायु, अग्नि, जल और पृथ्वी र ती तत्त्वहरूको सही ज्ञान र सन्तुलन हुन् समेत अति आवश्यक पर्छ। हाम्रो भोजन सन्तुलित र विभिन्न परिकारको हुनु पर्छ जसको ज्ञान र सम्मिश्रण कसरी के को लागि गर्ने जस्तो ज्ञान हामी आयुर्वेदिक भोजन प्रणालीमा पाउँछौ। आयुर्वेदिक भोजन पकाउने कार्य सही रूपमा गर्न आयुर्वेद को आधारभूत ज्ञान र समझ हुन नितान्त आवश्यक छ। हाम्रो भोजनमा अत्यधिक रूपमा सही मौसम र सही वनस्पतिबाट प्राप्त जैविक खानालाई समावेश गरेको हुनु पर्छ।

रासायनिक र अखाद्य पदार्थको प्रयोग र फास्ट फुड प्रकारको खाना जुन मिनेटमै तयार हुन्छ त्यस प्रकारको खानाले हाम्रो सरिरमा विभिन्न रोग उत्पन्न गर्न सक्छ। भनिन्छ नि समयमा फलेको फल फुल र बेमौसमको फलफूलमा धेरै फरक हुन्छ किनकि त्यसलाई आधुनिक रसायन प्रयोग गरेर जबरजस्ती प्रकृतिको नियम विपरीत उब्जाएको हुन्छ र त्यसमा हुनु पर्ने सम्पूर्ण गुण हुँदैन। अहिले को फास्ट फुड कल्चरले सबै भन्दा धेरै बाल बालिकामा असर गरेको जानकारी नेपाल जनस्वास्थ्य प्रतिष्ठानले समेत गर्दै आएको छ। त्यसैले जान स्तर र घर घर बाटै अब हाम्रो समाज र आउँदो पुस्तालाई निरोगी स्वस्थ र सबल बनाउन अहिले बजारमा पाइने मिनेट खाना र पी पदार्थलाई सके सम्म बाल बालिका , बिरामी र वृद्ध हरूबाट टाढा राखौँ। उनीहरूलाई फाइदा हुन्छ भनेर चाउ चाउ को सुप र चिनीले भरिएको पेय पदार्थ देखि टाढा राखौँ। कहिले काहीँ स्वाद परिवर्तन र आपत्कालीन अवस्थामा खान सबैले सक्छन् तर यो नै जीवन शैली भने बनाउनु हुँदैन। अहिले हामीले स्वस्थ र निरोगी समाज बनाउने र आफ्नो सन्तानलाई हुर्काउने हो भने हाम्रै मौलिक खानालाई सही , अर्ग्यानिक, बिशक्ति मुक्त र समय अनुसारको खाना खाने बानी बसालौँ। यसको लागि हाम्रो सोच र हाम्रो समाजको मानसिकता बदल्न जरुरी छ। अहिले छिटो सजिलो र आधुनिकताको नाममा यी फास्ट फुड प्रति आकर्षित हुने गरेको पाउँछौ। अहिले आधुनिकताको नाममा मानिसहरू चाहेर पनि आफ्नो व्यवहार र जीवन शैलीलाई परिवर्तन गर्न सकिरहेका छैनन्।हामी आफ्ना नजिकको साथी भाइ सित भेट्दा होस वा कुनै बिरामीलाई हेर्न जाँदा होस सजिलो र प्रचलित चलन अनुसार हातमा बाटोको किनारमा कुनै मापदण्ड नपुर्‍याई बनाएको नास्ता जस्तै मःमः चाउचाउ, चाउमिन, चाट , कटलेट समोसा जस्ता सामग्री बोकेर बिरामी हेर्न, वा वृद्ध वा बालबालिकालाई कोसेली बोकेर जान्छौ साथै साथमा कोक, सोडा जस्ता पेय पदार्थ लाने र खान दिने गरेको पाइन्छ। जसको कारणले विभिन्न खाले रोगबाट हाम्रो समाज दिन प्रतिदिन ग्रसित हुँदै गएको छ। यो सब अनुधुनिक्ताको नाम र सस्तो प्रचार प्रसारले गर्दा हुन् गएको भन्दा कसैको दुई मत नहोला।

आउनु होस् आज सन् २०२० को सुरुवात र नेपालले मनाउन लागेको नेपाल भ्रमण वर्ष २०२० मा हाम्रै मौलिक , सांस्कृतिक, जातीय र देश काल , मौसम अनुसारको भोजनले नेपाल आउने हरेक पर्यटकलाई स्वागत गरौँ र नेपाल भ्रमण वर्ष 2020 साथै हाम्रो भ्रम लाई हटाएर स्वस्थ , सफा र प्रदुर्शन मुक्त समाजको निर्माण गरौँ र अरूलाई पनि त्यसै अनुरूप गर्न प्रोत्साहन गरौँ। नयाँ वर्ष २०२० को सबैलाई हार्दिक मङ्गलमय शुभकामना र स्वास्थ्यको कामना।