अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:१२ | Colorodo: 14:27

बाल्टिमोरमा बन्दुकधारी द्वारा अन्धाधुन्ध गोली चलाउँदा ७ जना घाइते

विजय थापा २०७६ पुष ७ गते ६:५५ मा प्रकाशित

मेरिल्यान्ड राज्यको बाल्टिमोरमा आइतबार बिहान हुक्का प्रतीक्षालयको बाहिर भीडमा गोली प्रहार गर्दा कम्तीमा तीन किशोर-किशोरी लगायत सात जना घाइते भएको प्रहरीले जनाएको छ। अज्ञात सन्दिग्धहरू मध्ये एउटा राइफल बन्दुक र र अर्को हाते बन्दुक बोकेको मानिसले बिहान १ :१५ बजे तिर गोली हानेको प्रहरीले जनाएका छन् ।

उनीहरूको के उद्देश्यले उक्त घटना गराएका हुन् भन्ने थाहा नभएको र प्रहरीले उनीहरूलाई खोजी गरी रहेको छ । प्रहरी अधिकारी रिचार्ड वोर्लेले अपराधीहरू केवल निर्लज्ज छन्,यी मान्छेहरू गाडीबाट राइफलमा बाहिर निस्कन्छन् र हाते बन्दुक सहित सडकमा हिँडेर मान्छेहरूको लामबद्ध भएको स्थानमा गोली प्रहार गर्छन् । उक्त घटनामा १७ ,१८ ,२० र २७ वर्षका मानिसहरू घाइते भएका छन् भने घाइतेहरूलाई अस्पताल लागिएको छ । प्रहरीले अन्य ३ जना ,१७ वर्षीय युवा सहितले उपचार यस क्षेत्रमा लागिएको जनाएका छन् ।

उनीहरूले किन गोली प्रहार गरेको हो अझ बुझ नसकेको भन्दै प्रहरीले “यो सप्ताहान्तमा सप्ताह अन्तमा भएको हिंसाको अस्वीकार्य भएको बताएका छन् । नगर प्रमुखले प्रहरी अधिकारी निरन्तर काम गरी रहेको र संदिग्धहरुलाई कानुनको कठघरामा ल्याउने प्रतिबद्धता गरेका छन्  ।बाल्टिमोरको अभिलेखमा सबैभन्दा हिंसक वर्षको अनुभव गरेको छ भने हाल सम्म ३३० जनाको मानिसको हत्या भएको जनाएको छ ।

समाचार: एनबिसी४
तस्बिर : डब्लुबिएएल रेडियो

प्रतिक्रिया