अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३९ | Colorodo: 05:54

अमेरिकामा ठकुरीलाई चौथो र पाँचौँ विश्व गिनीज कीर्तिमान प्राप्त, राजदूत डा. कार्कीले गरे सम्मान

विजय थापा २०७६ मंसिर २ गते २१:११ मा प्रकाशित

अमेरिकाको डिसी महानगर क्षेत्रमा बसोबास गर्दै आएका ३ पटक विश्व कीर्तिमान कायम गर्न सफल कराते खेलाडी उज्ज्वल ठकुरीले चौथो र पाँचौँ विश्व गिनीज रेकर्ड कीर्तिमान प्राप्त गर्न सफल भएका छन् । ५ औ पटक विश्व कीर्तिमान गरे पछि अमेरिकाका लागि नेपाली राजदूत डा अर्जुन कुमार कार्कीले प्रशंसा पत्र द्वारा किर्तिमानधारी ठकुरीलाई सम्मान गरेका छन् । राजदूत कार्कीले हामी उनलाई समर्थन गर्छौ र छैठो विश्व किर्तिमानको लागि पनि शुभकामना दिएका छन् । ठकुरीले तीन फरक वर्गका उनले ५ वटा गिनिज वर्ड रेकर्ड राख्न सफल भएका छन् । गत सेप्टेम्बर २२, २०१९ मेरिल्यान्ड बाल्टिमोरको नेपाली संस्था बानाले आयोजना गरेको सडक महोत्सवमा २०२० नेपाल भ्रमण वर्षलाई प्रवर्द्धन गर्न आयोजना गरिएको कार्यक्रममा उज्ज्वल ठकुरीले गरेको प्रस्तुतिले उनलाई पाँचौँ विश्व कीर्तिमान रेकर्ड राख्न सफलता मिलेको हो ।

ठकुरीले उक्त रेकर्ड चार फिट माथि ७१ वटा अण्डा प्लास्टिक झोलामा झुन्ड्याएको थियो । उक्त सबै अण्डालाई एक मिनेटमा एउटा एउटा गरी उनले फोडेका थिए । ठकुरीले एक मिनेटमा ६८ वटा अण्डा लात्ती प्रहार गरी फुटाएर विश्व कीर्तिमान राख्न सफल भएका छन् । त्यो भन्दा अगाडी ठकुरीले ६४ वटा अण्डा फुटाई सकेका थिए तर कारणवश प्रमाण पत्र दिएको थिएन । यस पटक एकै चोटि दुवै रेकर्डको प्रमाण पत्र प्राप्त गर्न सफल मात्र भएनन् ,उनले विश्व रेकर्ड(अभिलेख)मा रहेको एक मिनेटमा ५३ वटा अण्डा फोडेको पुरानो कीर्तिमानलाई तोडेका छन् ।

ठकुरीले पहिलो र दोस्रो विधामा खुट्टा फाँडेर (फाग) गरेर ६३.४३ र ६४.६३ केजी उठाएर सन् २०१७ मा दुई पटक कीर्तिमान राख्न मात्र सफल भएनन् कि २१ पटक विश्व किर्तिमानधारी भएको रब भ्यानडम नाम भएको प्रख्यात पहलमान (रेस्लर) खेलाडीको कीर्तिमान तोडेका थिए । ठकुरीको तेस्रो कीर्तिमान सन् २०१८ मा ४ फिट माथि ३ मिनेट भित्र २ सय २६ पटक घुँडा प्रहार भारतले राखेको विश्व कीर्तिमान तोडेका थिए । त्यस्तै गरी ठकुरी ले २०१८ मै चौथो विश्व रेकर्ड १ मिनेटमा ६४ अण्डा फोड्न सफल भएका थिए तर प्रमाण पत्र प्राप्त गरेको थिएन । ठकुरी निराश भएनन् बरु २०१९ त्यो भन्दा राम्रो कीर्तिमान १ मिनेटमा ६८ वटा अण्डा फोडेर दुवै कीर्तिमान (रेकर्ड )र प्रमाण पत्र हासिल गरेका छन् ।

मार्सल आर्ट खेलमा विश्व प्रसिद्ध राष्ट्रहरू कोरिया,चीन,जापान जस्ता देशले यो कीर्तिमान राख्न सकेका छैनन् जब कि कराते र मार्सल आर्ट्स (युद्ध कला ) जस्ता निर्माणकर्ता र संस्थापक यी विकसित देश हुन् । ठकुरी अमेरिका र नेपाल देशको पहिला नेपाली कराते खेलाडी हुन् जसले सन् २०१७ ,२०१८ ,२०१९ मा लगातार ३ वटा छुट्टा छुट्टै विधामा तिन वटा राज्य भर्जिनिया ,मेरिल्यान्ड र ओहायोमा विश्व कीर्तिमान राख्न सफल भएका छन् । उनले अझै कीर्तिमान राख्नबाट विश्राम नलिने बताए । उनले अर्को विश्व किर्तिमानको लागी प्रतीक्षा रहन सबैमा आग्रह समेत गरेका छन् । दुई ह्याट्रिक ( ६ वटा ) बनाउने कुरामा दृढ छन् । अहिले सम्म यो यात्रा सम्म आफूलाई माया गर्ने र प्रोत्साहन गर्ने सबैमा धन्यवाद दिन चाहेको बताएका छन् ।

प्रतिक्रिया