अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:४३ | Colorodo: 09:58

अरोरा कोलोराडोमा तिज सम्पन्न

बिआरटी नेपाल सम्वाददाता, कोलोराडो २०७६ भदौ १० गते २३:३९ मा प्रकाशित

नेपाली महिलाहरूको नजिकिँदै गरेको नेपाली महिलाहरूले परा पूर्वकाल देखि मनाउँदै आइरहेको महान् पर्व हरितालिका तीजको अवसर पारेर गत आइतबारको दिन नेपाली रेसिडेन्ट अफ अरोराको आयोजनामा डेनभर स्थित याक एन्ड यती रेस्टुरेन्टमा भव्य पारिवारिक तीज कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमको सुरुवात अरोरा नेपाली पाठशालाका विद्यार्थीहरू तथा शिक्षक सिलसिला थापा कार्कीद्वारा नेपाली राष्ट्रिय गान गाएर गरिएको थियो ।

कार्यक्रममा गायक रुपेश न्यौपानेले कोलोराडोमा छायान्कन भएको उनको स्वरको “यसपालिको तिज क्या रमाइलो हुने भो अमेरिकामा” भन्ने तिज गीत लगायत गाएर दिदी बहिनीहरूलाई नचाएका थिए । 

परदेशमा बसेर पनि आफ्नो धर्म संस्कार र परम्परालाई जोगाउने उद्देश्य लिएर अरोरा बासी नेपालीहरूले तिजको कार्यक्रम गत ५ वर्ष देखी गर्दै आएका छन् । अहिले नेपाली चाड पर्वहरूको रौनकता देशमा भन्दा परदेशमा बसोबास गर्ने नेपाली समुदायमा प्रचुर मात्रमा प्रचार प्रसारका साथ मनाउने कार्य भइरहेको छ । अहिले तीजको कार्यक्रम विभिन्न नेपालीहरूको संस्थाद्वारा आयोजित हुनुको साथ साथै व्यक्तिगत रूपमा आ-आफ्ना नजिकका सङ्गी साथी बोलाई नाच गान गरी मनाउने चलन बढ्दै गइरहेको छ ।

गीत तथा तिजका गीतमा रमेका महिलाहरूको झम झम हेर्दा नेपालमै रहेको जस्तो भान हुन्थ्यो । यतिको रातेम्बै अरोरा यस अघि नदेखेको प्रतिक्रिया धेरैबाट पाइएको थियो । तिजौलो शृङ्गारमा रमेको कार्यक्रम बेलुका ९:४५ बजे सम्म चलेको थियो । कार्यक्रममा महिला दिदी बहिनी तथा उपस्थित सबैका लागि नेपाली रेसिडेन्ट अफ अरोराले हिन्दु संस्कृति झैँ माइती आएकी चेलीलाई झैँ सहुलियत दरमा दर खाने व्यवस्था समेत गरेको थियो । कार्यक्रममा करिब १७५ नारी तथा पुरुषहरूको उपस्थिति रहेको जानकारी गराउँदै, यस उपस्थितिले आयोजकलाई सन्तुष्टि मिलेको कार्यक्रम आयोजक कि देबाश्री बस्यालले बिआरटी नेपाललाई जानकारी गराइन ।

कार्यक्रममा विभिन्न १,२४२ डलर बराबरको २० किसिमका डोर प्राइजको व्यवस्था गरिएको थियो । उक्त डोर प्राइजको स्पन्सर पदम विश्वकर्मा, दिनेश थापा, श्याम पन्त, सुरेन्द्र अधिकारी, डिल्ली अधिकारी, कपिल सुबेदी, कृष्ण अधिकारी, दीपक सुनुवार, सागर रेग्मी थिए भने खसी किन्न अरोरा तथा डेनभर मेट्रोवासी नेपालीले सहयोग गरेका थिए । 

पुरस्कार पाउनेहरूमा सुनिता अधिकारी, जीवन दाहाल, निना शर्मा, नम्रता अधिकारी पोखरेल, प्रभास बस्नेत, प्रदिप्ती बस्नेत, जयल ढकाल, स्मिता अर्याल, श्रेया पोखरेल, बिराज पन्त, प्रज्वल नेपाल, अन्जु रानाभाट, सन्तोष गुप्ता, अनिता केसी, सुरेखा सुब्बा, इरिका रानाभाट, रिता ज्ञवाली थिए ।

पुरस्कार स्वरूप स्मार्ट घडी, इको स्मार्ट स्पिकर, एयर फ्रायर, पावर बेन्क, एमाजोन फायर ट्याबलेट, ब्लेन्डर, एमाजन फायर टिभी दुई वटा, हेयर ड्रायर, इलेक्ट्रिक केटल, कफी मेकर, भ्याकुम क्लिनर, कार भाक्युम, हेन्ड भाक्युम, स्लो कुकर, टि कप सेट, डिस र्याक, मल्टी टुल, कार फोन माउन्ट थियो ।

गोपाल जी नेपाली, अच्युत मिश्र, श्याम पन्त, योगराज गौतम, हिक्मत कार्की, रत्न माया खड्का, रत्न मान कार्की, भूपाल थापा, केदार बहादुर कार्की, शिवराज उपाध्याय, कपिल सुबेदी, रामबहादुर रानाभाट, वसन्त राज अधिकारी, उमा देवी न्यौपाने तथा पदम विश्वकर्माले पुरस्कार विजयीलाई पुरस्कार वितरण गरेका थिए ।

देबाश्री बस्यालद्वारा सञ्चालन गरेको उक्त कार्यक्रममा सामूहिक नृत्यबाट अघि बढेको थियो । दीपक सुनुवारले रमाइला रमाइला गीत बजाएर दिदीबहिनीहरूलाई नाच्न झन् झन् उत्साहित बनाएका थिइन । उक्त कार्यक्रममा जमेर महिलाहरूले घित मारेर नाचेका थिए । उक्त कार्यक्रमको बिआरटि नेपाल डट कमले प्रत्यक्ष प्रसारण गरेको थियो । कार्यक्रममा सबै स्पन्सर, याक एन्ड यति रेस्टुरेन्ट, गायक तथा खसी किन्न सहयोग गर्नेको नाम लिँदै सबैलाई आयोजकको तर्फबाट धन्यवाद दिइएको थियो ।

पुरस्कार पाउनेहरू

 

PHOTO ALBUM