अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५० | Colorodo: 00:05

अमेरिकामा रक्तदान कार्यक्रम सम्पन्न (फोटो फिचर)

पहिलो पटक रक्तदान गर्ने ८ जना

बिआरटी नेपाल सम्वाददाता, कोलोराडो २०७६ असोज ५ गते १०:३३ मा प्रकाशित

८ जनाले पहिलो पटक रक्तदान


अरोरा हिमालय लायन्स क्लब, ब्लड डोनर्स अफ अमेरिका र बिआरटी नेपाल डट कमको संयुक्त आयोजनामा सेप्टेम्बर २१ शनिवारको दिन कोलोराडोको डेनभर सहर स्थित बोनफिल्ड ब्लड सेन्टरमा रक्तदानको कार्यक्रम सम्पन्न भएको छ ।

रक्तदान जीवनदानको अवधारणालाई जोड दिन नेपाली समुदायमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै आइरहेका छन् । बोनफिल्ड बल्ड सेन्टर डेनभरमा सम्पन्न रक्तदानमा जम्मा २४ जना महानुभावहरूले सहभागिता जनाए पनि १८ जनाले रक्तदान गरेका थिए भने अन्य ६ जनाले विविध कारणले रक्तदान दिन पाएनन् । यो पल्ट ८ जनाले पहिलो पटक रक्तदान गरेका थिए ।

उत्सुक (किरण) अधिकारी, प्रमोद भण्डारी, प्रतिभा ढकाल कार्की, सिमरन बस्नेत, निर्माया कार्की, समीक्षा लुइटेल, परिवेश शर्मा, अर्जुन दाहालले पहिलो पटक रक्तदान गरेका थिए । नेपाल वा अन्य देशमा गएको एक वर्ष भित्र रक्तदान गर्न नपाइने भए पनि यदि नेपालको काठमाडौँ या हिमाली भेगमा गएको खण्डमा भने रक्तदान गर्न सकिने साथै रक्तदान गर्न १६ वर्ष देखी २३ वर्ष उमेर सम्मकाले १३८ पाउन्ड भन्दा माथि वजन हुनुपर्ने र २३ वर्ष भन्दा माथिकाको ११० पाउन्ड भन्दा माथि वजन हुनु पर्ने प्रावधान रहेको ब्लड सेन्टरले बिआरटी नेपाललाई जानकारी दिएको छ ।

रक्तदान गर्नेहरूमा देबाश्री बस्याल, श्रीराम लुइटेल, लीला कार्की, सिलसिला कार्की, दीपक सुनुवार, टिका पौडेल, बिकिता सापकोटा, सिड्नी शेर्मन (Sydney Sherman), दीपक ढकाल र शैलेश पोखरेल छन् । अर्को पटकको रक्तदान २०२० को जनवरी महिनामा गरिने भएको छ ।