अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:२० | Colorodo: 12:35

वरिष्ठ अभिनेता निर शाह कोलोराडोमा

बिआरटी नेपाल सम्वाददाता, कोलोराडो २०७५ भदौ ७ गते २३:३५ मा प्रकाशित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कोलोराडो च्याप्टरको निमन्त्रणा स्विकार्दै वरिष्ठ अभिनेता निर शाह परिवार सहित नेपालबाट आज कोलोराडो आइपुग्नु भएको छ । वरिष्ठ अभिनेता शाहलाई २५ अगस्टमा कोलोराडोमा गरिने स्रष्टा सम्मान कार्यक्रममा अभिनन्दन गरिने छ । शाहलाई अनेसास कोलोराडो च्याप्टरले सम्मान गर्न लागेको हो । च्याप्टरले शाहलाई नेपाली कला क्षेत्रका सर्वश्रेष्ठ हस्ती भन्दै सम्मान गर्न लागेको हो ।

उहाँलाई डेनभर अन्तर्राष्ट्रिय विमान स्थलमा अनेसास कोलोराडो च्याप्टर अध्यक्ष कृष्ण मुरारी ढुङेल, महासचिव श्याम श्रेष्ठले स्वागत गर्नु भएको छ । बिआरटी नेपालसँगको छोटो कुराकानीमा शाहले कोलोराडोका नेपालीहरू २५ तारिख हुने कार्यक्रममा आउन अनुरोध गर्नु भएको छ । शाह कोलोराडो पछि डालाश त्यसपछि सिकागो जानु हुने कार्यक्रम छ ।

कार्यक्रममा अभिनेता शाहले आफ्नो अभिनय पनि प्रस्तुत गर्नुहुनेछ । कार्यक्रममा प्रसिद्ध गायकहरूद्वारा साङ्गीतिक प्रस्तुति गरिनुका साथै, कविता वाचन र नृत्य प्रस्तुति समेत गरिने छ ।

कार्यक्रम हुने स्थान,समय
MAC
3295 W 72th Ave
Westminster CO 80030
Date/Time: Sat. Aug 25, 2018 (1 PM)