अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०८ | Colorodo: 03:23

नासाको अध्यक्षमा विनय अर्यालको उम्मेदवारी

विजय थापा २०७६ साउन ५ गते २२:५३ मा प्रकाशित

डिसी । अमेरिकाको नर्थ क्यारोलाइनामा बस्दै आएका सञ्चारकर्मी तथा व्यवसायी विनय अर्यालले नासाको अध्यक्षमा उम्मेदवारीको घोषणा गर्दै विधिवत् रूपमा उम्मेदवारी दर्ता गराएका छन् । 

उनले नेपाली समुदायमा रहेका आफ्ना शुभ चिन्तक ,बुद्धिजीवी ,विभिन्न पेसामा संलग्न व्यक्तिहरू ,पूर्व अध्यक्षहरू ,विभिन्न सङ्घ/ संस्थाहरूका पदाधिकारी,साथीभाइहरूको सरसल्लाह अनुसार अध्यक्ष पदमा उम्मेदारी दिएको बताए ।

सबैको सहमति र समर्थनमा उम्मेदवारी दर्ता गराएको भन्दै सबैलाई मतदान गर्न आग्रह समेत गरेका छन् । कुरा र गफमा हैन कर्ममा विश्वास गरौँ, बोलेको कुरा गरेर देखाऊ भन्ने नारा सहित उनले उम्मेदवारी दिएका छन् ।

अमेरिकाको दक्षिण पूर्वी राज्यहरूमा रहेका नेपालीहरूको छाता सङ्गठन नेपलिज एसोसिएसन ईन साउथ इस्ट अमेरिका (नासा)को आगामी २०१९ देखि २०२१ को लागि अध्यक्षमा नासाका वर्तमान कार्यकारी समिति सदस्य समेत रहेका अर्यालले अध्यक्ष पदका लागि उम्मेदवारीको घोषणा सार्वजनिक गरेका हुन् ।

नासाका सशक्त सामाजिक अभियन्ताहरू क्रमशः निर्मल पौडेल,विशाल भारती,नरेन्द्र बराल,अम्बिका लोहनी ,कृष्ण श्रेष्ठ , प्रशिम पौडेल ,जो अध्यक्ष पदका आकाङ्क्षीहरू समेत रहेका थिए । उनीहरूसँग आपसी सरसल्लाह र निकास निकाली सबैसँग सहमति भई उनीहरूले आफूलाई समर्थन र सहयोग गर्ने भएकोले आफूले अध्यक्ष पदमा उम्मेदवारी दिएको बताए ।

अध्यक्ष पदमा दर्ता गराए पछि उनले आफ्नो मुख्य कार्यसूची भनेको क्षमता भएका व्यक्तिहरूलाई अमेरिकाको मूलधारमा राजनैतिक ,आर्थिक र सामाजिक रूपमा नेपालीहरूलाई सहभागी गराउने उद्देश्यका साथ आफू अगाडी आएको उनले बताए ।

अर्यालका केही प्रतिबद्धताहरू र कार्यसूची यस प्रकार रहेका छन्”

१ ) आफू अमेरिकाको डेमोक्रेटिक पार्टी भित्र जिम्मेवारीका साथ रहेर आफूले सिकेको ज्ञान र अनुभवलाई नासा क्षेत्र भित्र रहेका नेपाली समुदायका संस्थाहरू सँग समन्वय गरी त्यो अनुभवलाई जानकारी दिई क्षमता भएका नेपालीहरूलाई उत्प्रेरित गरी मूल प्रवाहमा ल्याउन कार्यकमहरु सञ्चालन गर्ने ।

२ ) नेपाली समुदायलाई अमेरिकी समुदायसँग समन्वय गरी नेपालीहरूलाई अगाडी बढाउन विविध समन्वयात्मक कार्यक्रमहरू सञ्चालन गर्ने

३ ) विगतमा नासा मा रहेर योगदान गरिसक्नु भएका सम्पूर्ण अग्रजहरूलाई सम्मान गर्दै नयाँ पिँढीलाई उत्साहित बनाइ नासा मार्फत सामाजिक कार्यमा सहभागी गराउन कार्यक्रमहरू सञ्चालन गर्ने ।

४ ) हरेक नेपाली परिवार भित्र रहेको पहिलो पुस्ता र दोस्रो पुस्ताको बिचको अन्तर लाइ कम गर्न समन्वय गरी पहिलो पुस्तालाई नेपालीहरूको कला ,संस्कृति ,र सामाजिक अभियानमा सहभागी गराउन विशेष कार्यक्रम नासा मार्फत अन्य नेपाली स्थानीय संस्था हरूसँग समन्वय गरी सञ्चालन गर्ने ।

५ ) नासा क्षेत्रका सबै सदस्यहरूलाई क्रियाशील बनाई सामाजिक कार्यमा सहभागी गराउन र नासालाई नेपाली समुदाय भरि कै प्रभावकारी संस्थाको रूपमा स्थापित गराउन कार्यक्रम सञ्चालन गर्ने ।

६ ) नासा मार्फत नेपाली कला र संस्कृतिलाई अमेरिकामा जीवन्त राख्दै नेपालको विकास निर्माणमा समेत सहभागी हुन सबैलाई अभिप्रेरित गर्ने ।

७) हाल सञ्चालन मा रहेको आकस्मिक कोषको निरन्तरता र वृद्धि गर्ने

अर्याल अमेरिकाको डेमोक्रेटिक पार्टीमा विधिवत् रूपमा प्रवेश गरी निरन्तर काम गरी रहेका छन् । अर्याल ,नर्थ क्यारोलाइनाको डेमोक्रेटिक पार्टीको गिलफर्ड काउन्टीका प्रिसिङ्गट् अध्यक्षमा निर्वाचित भई काम गरी रहेका छन् । नेपाल चितवन घर भई हाल नर्थ क्यारोलाइनामा रहेका अर्याल पहिले डिसी महानगर क्षेत्रमा बसोबास गर्थे ।

नेपालमा सञ्चारकर्मी पेसामा रहेता पनि अमेरिकामा आएर पनि पत्रकारितालाई स्वयम् सेवक रूपमा समय खर्ची रहेका छन् । उनी व्यवसाय गर्न डिसी बाट नर्थ क्यारोलाइना पुगेका हुन् । डिसी क्षेत्रमा रहँदा एएनए, एएनएस ,एनएससिआइ, लगायत विभिन्न सङ्घ/ संस्थासँग आबद्ध पनि रहेका थिए ।

उनले आफ्ना मतदाता ,शुभ चिन्तक ,साथीभाइ तथा सबै नेपाली समुदाय प्रति पनि आफूलाई विजयी गराउन आग्रह यसै मार्फत गरेका छन् ।

प्रतिक्रिया