अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२२ | Colorodo: 19:37

देशलाई यहाँहरू जस्ता प्राविधिक जनशक्ति र योजनाकारहरूको खाँचो :शेरधन राई

विजय थापा २०७६ असार २३ गते १२:२९ मा प्रकाशित

मुख्य मन्त्री शेरधन राईद्वारा नेपाली राष्ट्रिय सम्मेलनको उद्घाटन

बाल्टिमोर । बाल्टिमोरमा जुलाई ५ -७ सम्म सञ्चालनमा रहेको नेपाली राष्ट्रिय सम्मेलनको उद्घाटन प्रमुख अतिथि प्रदेश नं १ का माननीय मुख्य मन्त्री शेरधन राईले गर्नु भएको थियो ।

सम्मेलनमा अमेरिकन तथा नेपाली राष्ट्रिय गान बजाइएको थियो । कार्यक्रमको झाँकी प्रदर्शनमालाखे नाच प्रस्तुत गरिएको थियो । प्रमुख अतिथि राईले आफूलाई नेपाल बाट आमन्त्रित गरी अवसर दिएकोमा आयोजकलाई धन्यवाद दिनु भएको थियो । साथै प्रमुख अतिथि राईले सम्मेलनले महत्त्वपूर्ण घोषणा पत्र जारी गर्ने छ र यस सम्मेलनले एकताको सन्देश दिने छ भन्दै भन्ने शुभकामना दिनु भएको थियो ।

बहाले हाम्रा पुर्खाहरूले गरेको बलिदान र त्यागको कारण नेपाल कहिले कसैको अधिनस्थ हुनु परेन ,कोही सँग झुक्नु परेन ,कसैको उपनिवेस भएर बस्नु परेन भन्नु भयो । बहाले यस बेला नेपाली जनता देशका मालिक हुन् र मालिक हुन् सफल भएको बताउनु भयो । सम्पूर्ण अधिकार जनताको हातमा निहित छ । यो कसैबाट प्राप्त नभई एकताको कारण प्राप्त भएको बताउनु भयो ।

यो उपलब्धि आपसी विश्वास समन्वय र सहकार्यबाट भएको बताउनु भयो । देशले प्राप्त गरेको नयाँ प्रणाली तीव्र गतिमा अघि बढी रहेको बताउनु भयो । हामी बिस्तारै नतिजाहरू देख्न सक्छौ ।

बहाले अमेरिकामा आएर मेहनत र दुख गरेर पैसा ,ज्ञान सिप हासिल गर्नु भएको छ । देशको विकासको लागि अब यहाँहरूले प्राप्त गर्नु भएका सिप,ज्ञान ,अनुभव र प्रविधिलाई नेपालमा भित्राउन खाँचो भएको बताउनु भयो । अमेरिकामा थुप्रै विद्या वारिधि र अभियन्ताहरू रहेको बताउँदै देशले अपेक्षा गरेको बताउनु भयो ।

देशलाई प्राविधिक जन शक्ति र योजनाकारहरूको खाँचो छ । अब यहाँहरूको अगुवाइमा त्यो खाँचोलाई पूर्ति गर्नु पर्छ । बहाले अगाडी भन्नु भयो यहाँहरू यसको नेतृत्व गरी दिनोस् हामी स्वागत गर्न चाहन्छौ । बहाले नेपालले ब्रेन गेन सेन्टर स्थापना गरेको छ । हामी अङ्किय डेस्क तयार गरेको बताउनु भयो ।

हामी अनलाइन र व्यावहारिक शिक्षाको सुरुवात गर्न चाहेको र ईक्वालिटि फाउन्डेसन सँग सहकार्य गर्न लागेको बताउनु भयो । त्यसको सुरुवात प्रदेश न १ बाट गर्ने प्रतिबद्धता जाहेर गर्नु भयो ।

उक्त सम्मेलनमा सम्मेलन सभापति विजय श्रेष्ठ ,राजदूत डा अर्जुन कुमार कार्की,एएनएका अध्यक्ष मेदिनी अधिकारी ,बानाका अध्यक्ष सुबोध पन्त ,अनेसासका केन्द्रीय अध्यक्ष राधेश्याम लेकाली, महा वाणिज्य दूत प्रेम राजा महत, नेपाली काँग्रेसका नेता एवम् पूर्व मन्त्री दीपक गिरि ,नेपाल कम्युनिस्ट पार्टीका नेता ठाकुर गैरे लगायतले मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा राईनास नगरपालिकाका नगर प्रमुख सिंह बहादुर थापा, नेपाली काँग्रेस महिला सङ्घकी केन्द्रीय सदस्य भद्रा भण्डारी ,नागार्जुन नगर पालिकाका नगर प्रमुख मोहन बस्नेत लगायत विभिन्न विशिष्ट व्यक्तिहरू स्विटजरल्याण्ड, क्यानडा, अमेरिकाका विभिन्न राज्यहबाट आउनु भएकाहरूको सहभागिता रहेको थियो ।

प्रथम बालबालिका प्रतिभा प्रतियोगिताको विजेताको घोषणा समेत गरिएको छ । कार्यक्रम सञ्चालन नेपाली राष्ट्रिय सम्मेलनका महा सचिव तथा नेपाली राष्ट्रिय सम्मेलनका कार्यक्रम निर्देशक दिवाकर दाहालले गर्नु भएको थियो ।

प्रतिक्रिया