अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:०९ | Colorodo: 00:24

नेपाली राष्ट्रिय सम्मेलनको पहिलो दिन बानाद्वारा अतिथि स्वागत, रात्रि भोज तथा सांस्कृतिक कार्यक्रम गरिने

विजय थापा २०७६ जेठ ३१ गते ४:२२ मा प्रकाशित

डिसी । आगामी जुलाई ५ देखि ७ सम्म बाल्टिमोरमा हुने नेपाली राष्ट्रिय सम्मेलनको पहिलो दिन बानाद्वारा अतिथिहरूको सम्मानमा रात्रि भोज तथा सांस्कृतिक कार्यक्रम गर्ने भएको छ ।

अमेरिकाका विभिन्न राज्यहरूबाट सहभागी हुन् आउने अतिथिहरूलाई स्वागत गर्दै रात्रि भोजनको साथै सांस्कृतिक साँझ कार्यक्रमको प्रस्तुत पनि गर्ने आयोजकले जनाएका छन् ।

करिब २० वटा विभिन्न समितिहरू निर्माण गरी सकिएको छ भने डिसी महानगर क्षेत्रका २८ भन्दा ज्यादा सङ्घ/संस्थासँग समन्वय गरिएको छ । सम्मेलन कुनै पनि संस्थाको एकल पहल र अगुवाइमा नभई संयुक्त रूपमा नेपाली राष्ट्रिय सम्मेलन नामकरण गरी एएनए, आन्मा, अनेसास र बानाले संयुक्त रूपमा आयोजनामा गर्ने छ ।

सम्मेलन होटेल रेड लाएन नर्थ बाल्टिमोरमा हुनेछ । कोटाहरू आरक्षित(बुकिङ्ग )खुला गरिएको छ । आगामी जुन १५ का दिन नेपाली राष्ट्रिय सम्मेलनको लागि भौतिक बैठक पनि बस्ने आयोजकले जनाएका छन् ।

नेपाली राष्ट्रिय सम्मेलनको संरक्षकमा महावाणिज्य तथा वरिष्ठ लोक गायक दूत प्रेम राजा महत रहनु भएको छ । यसै गरी बानाका अध्यक्ष सुबोध विलास पन्त संयोजक तथा जनसम्पर्क अधिकारी तथा प्रवक्तामा एएनएका वरिष्ठ उपाध्यक्ष खगेन्द्र अधिकारी हुनु हुन्छ ।

यसै गरी मूल सम्मेलन समिति (कोर कमिटी )समेत बनाइएको छ । उक्त मूल समारोह समिति अन्तर्गत सम्मेलन सभापति विजय श्रेष्ठ, बानाका अध्यक्ष सुबोध विलास पन्त ,एनईसिसी अध्यक्ष खिलेन्द्र न्यौपाने, अनु श्रेष्ठ वन्त, लोक तिवारी, एएनएका अध्यक्ष मेदिनी अधिकारी, आन्माका अध्यक्ष बलराम पन्थी, एनएनएका वरिष्ठ उपाध्यक्ष खगेन्द्र अधिकारी, एएनएका महासचिव विजय भट्टराई, सिपिए लक्ष्मण प्रधान, आन्माका महा सचिव डा दिवाकर दाहाल, सरोज प्रजापति लगायत, क्रिस घिमिरे, कुलमणि आचार्य, एएनएसका वरिष्ठ उपाध्यक्ष डा विष्णु घिमिरे, समीर महर्जन रहनु भएको छ ।

४ वटा संस्थाहरूको नेपाली राष्ट्रिय सम्मेलन हो । गत वर्ष ३ वटा संस्थाहरू मिलेर सिकागोमा प्रथम नेपाली राष्ट्रिय सम्मेलन सफलता पूर्वक सम्पन्न भएको थियो । सबै समुदायको साथ र सहयोग पाउने अभिलाषा सहित आयोजक समिति तथा सम्मेलन सभापति विजय श्रेष्ठले सबैलाई आव्हान गरेका छन् । 

प्रतिक्रिया