अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:०५ | Colorodo: 17:20

गजल

डा. किशोर सापकोटा २०७६ जेठ ३१ गते ३:५५ मा प्रकाशित

रातो माटो, चिप्लो बाटो, पानी पर्‍यो भने
केही काम नगरी घरमै बस्ने, बानी पर्‍यो भने ।
दुखमा, सुखमा साथ होला भनी, साथी बनाएको,
मित्र नै के आफ्नो भयो र ? हानी गर्‍यो भने ।१।

जीवन भर सुख दुख बाँड्ने, कसम खाए पनि,
माया प्रेम घट्ने पो हो की, नानी जन्म्यो भने ।
मिहीनेत गरेर माहुरीहरूले, चाका बनाएपनि,
अस्त व्यस्त हुने पो हो की, रानी मर्यो भने ।२।

अर्ती, उपदेश देओस् भनेर, सल्लाह मागे पनि,
कसले पो देला र असल सल्लाह, ज्ञानी मर्यो भने ।
विदेश पढ्न जाने भनेर, विद्यार्थी कस्सिए पछि,
कसले पो रोक्न सक्छ र उसलाई, जानी गयो भने ।३।

रातो माटो, चिप्लो बाटो, पानी पर्‍यो भने
केही काम नगरी घरमै बस्ने, बानी पर्‍यो भने ।