अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:०३ | Colorodo: 11:18

यो जिन्दगी

डा. किशोर सापकोटा २०७६ असार १० गते २२:१२ मा प्रकाशित

रात त सबैको कालो हुन्छ,
मेरो त दिनै कालो भो ।
सुखदुख आउँछ जान्छ भन्थे,
आफ्नो सधैँ दुखको पालो भो ।

भो रुँदिन अब देखी म,
आँसुको केही मोलै छैन ।
बरु हाँस्छु खित्का छोडी,
पिडाहरू मनमै लुकाइ ।

टाउको दुख्थ्यो, आँखा दुख्थ्यो,
आजकल मेरो मनै दुख्छ ।
साथी संघि हाँसिदिन्छन्,
मेरो घाउ झनै दुख्छ ।

खुटटा राख्ने ठाउँ छैन,
न समाउने हाँगा नै छ ।
जिन्दगी खस्ने नै भो,
अति अग्लो छाँगा यै छ ।

माया गर्छु भनी आँउछन,
तड्पाई तड्पाइ किन जान्छन् ।
जति मलाई पिडा भयो,
त्यति खुसी मानी दिन्छन् ।