अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५६ | Colorodo: 04:11

 इन्जिनियर श्रीमती

डा. किशोर सापकोटा २०७३ पुष १६ गते ०:५५ मा प्रकाशित

आइतवारको दिन दिउसो एक वजे सम्म सुत्छ भैरे ।हुन त उसको सक्कली नाम भैरव राज हो । तर उसकी इन्जिनियर श्रीमतीले वोलाउन सजिलो हुन्छ भनेर भैरा भनेर वोलाउथी । यही भैरा भन्ने नाम पछि अपभ्रम्स भएर भैरे भएको हो । हुदा हुदा अहिले उसलाई पुर्वमा केउरानी देखी पश्चिममा घाम्नुङ , अनि उत्तरमा याङजाकोट देखी दक्षिणमा कालिकास्थान सम्म सवैले भैरे भनेर चिन्छन । उसलाई मान्छे देख्दा धेरैले नचिन्लान तर उसको नामका मुक्तक, जोक्सहरु जताततै फ्यामोस  छन ।

आइतवार श्रीमती विहान ९ वजे नै घरवाट निस्कन्छे व्याङ्कमा काम गर्न । करिव ५ वजे तिर उठेर उसले एकछिन योगा गर्छे । भैरे भने जहिले पनि यो समयमा भुस परेको हुन्छ त्यसैले उसले देख्ने कुरा त भएन , तर ओओओम ओओओम भन्ने सुनेर पक्कै उसले योगा गर्न लाएकी छ भन्ने अनुमान गर्ने हो । करीव ७ वजे तिर उसको टेवलमा राखीदिएको चिया उसले कहिल्यै खादैन । किनभने उ उठदा खेरी चिया हिउ जस्तो चिसो भैसकेको हुन्छ अनि २ ४ वटा झिङगाले वाकाटे हान्दै पौडीरहेका हुन्छन । धेरै जसो उ १२ देखी १ वजे भित्र उठछ , शनिवार वाहेक उ ११ वजे भित्र उठेको रेकर्ड नै छैन । उसले २ वजे भित्र उठेर फ्रिजमा राखेको खाने कुरा ओभनमा तताएर खाइसक्नुपर्छ किनभने धेरै ढिलो खायो भने वेलुका उसलाई खाना खान रुच्दैन, अनि किन थोरै खाएको, किन ढिलो खाएको भनेर श्रीमतीको कचकच सुन्न पर्छ । सवभन्दा मन नपर्ने दिन भनेको उसलाई शनिवार हो ।

शनिवार उ विहान कम्तिमा ११ वजे भित्रै उठ्नु पर्छ । किनभने शनिवार उसकी श्रीमतीको छुटि छ । अनि जोडी नारीएर कहि न कतै आफन्तकोमा नगइ हुदैन । कतै आफन्तकोमा जान ठाउ रहेनछ भने पनि त्यो दिन कुमारी हलमा गएर फिलीम नहेरी हुदैन । चलेको नेपाली फिलीम रैछ भने त्यो पनि नत्र भने कम्तिमा एउटा अंग्रजी र एउटा हिन्दी चलचित्र नहेरी हुदै हुदैन । त्यसैले १२ वजेको शो त भेटाउनै पर्छ ।

भैरे कुन सपनाको क्लाइमेक्समा थियो कुन्नि , करिव ११ वजेतिर रिङ रिङ टेलीफोनमा घन्टि वज्यो । उसको निद्रा त भताभुङग भयो , तर यति हुदैमा उ फोन उठाउने शुरमा थिएन । कोही साथीले फोन गर्योहोला भनेर त्यो पनि वालै दिएन । अव दोस्रो पटकमा भने पालो आयो भैरेकै । फोन उठाएर हेरयो । तलाई नक्कली, कहिल्यै वास्ता नगर्ने तैले आज किन फोन गरीस भनेर मुखभरीको जवाफ फर्काउन मन थियो । तर, घाँटि सम्म आएर पनि वाहीर निस्कन सकेन । “ल भन अस्मिते के काम परेर फोन गरीस अहिले । काम नपरी भिनाजुलाई त सम्झिनस होला ।”“त्यस्तो होइन भो भिनाजु । मलाइ माइली अन्टिको फोन नम्वर दिनुहोस न ।”“ए त्यसो पो । ल पख है एकछिन म मेरो मोवाइलमा खोज्छु । ल मेरो मोवाइलमा त सेभ छैन त ।”“त्यसो भय दिदीको मोवाइलमा छ होला , जसरी नी खाजीदीनु न प्लीज । मैले फोन गर्दा दिदीले उठाउनु भएन , पक्कै मोवाइल लान विर्सीनु भएजस्तो त ।”एकमात्र साली, अनि उसलाई मन नपरेपनि आफलाई चाँही मन परेकी सालीले यति अनुनय विनय गरेपछि नाइ भन्न त मिलेन । भैरे उठेर श्रीमतीको मोवाइल खोलेर हेर्न थाल्यो । माइली अन्टिको नाम कैे भेटाएन । लास्टमा माइली मात्र भनेर सेभ गरेको एउटा नम्वर भेटायो । अव कुन चाही माइली हो यो ?माइली अन्टि नै हुन भन्ने के स्योर ? तै पनि उता साली रिसाउलीन भन्ने डर , यता नम्वर मरीगय भेटीदैन । ल अस्मिता मैले त माइली अन्टि भन्ने भेटाइन , माइली मात्र भन्ने एउटा छ , ल सुन भनेर वताइदियो । “हैन भिनाजु पुरा नम्वर भनिदिनु न, यो नम्वरमा त शुरुमा ९८ नै छैन ।”ए राता मकै वल्ल तल्ल खोजेको नम्वर पनि गल्ति । “हेर हस्मिता यहा सेभ भएको नम्वर यही हो । तेरी दिदी ले अरुले नवुझुन भनेर कोड सोडमा लेखेकी होलीन ।” ए ए ल भिनाजु मैले वुझीहाले । थ्याङक यु भनेर फोन राखीदीइ । भैरे मनमनै सोच्न थाल्यो “हैन मेरी श्रीमतीलाई त्यो फोन नम्वर पनि के कोड सोडमा लेख्न पर्ने रैछ ? कसले थाहा पाएर पो के हन्थ्यो र ? अनि मैले नवुझने त्यो अस्मिते ले वुझने कस्तो कोड हो ?”

अलि पहिलाको कुरा हो । भैरेको घर आफन्तमा सवै इन्जिनियर , काकाका छोराहरु, छोरीहरु , ज्वाइहरु को को को को । उसलाई पनि इन्जिनियर पढ्ने असाध्य रहर थियो । भाग्यले सवैलाई कहा साथ दिन्छ र ? विचरा ले ११ कक्षामा वायोलोजी पढेर पनि १२ मा गणित पढयो । इन्जिनियर पढ्ने भनेर पोखराको लामाचौरको इन्जिनियरीङ कलेज देखी काठमाण्डौकौ पुल्चोक क्याम्पस अनि दशांै प्राइभेट कलेज , थप्रै ठाउमा इन्ट्रान्स दियो, एक वर्ष दियो, अर्को वर्ष दियो, तीन तीन वर्ष कोशीश गर्यो , कहि १ नम्वर पुगेन, कतै ३ नम्वर पुगेन, कतै नम्वर त पुग्यो तर अग्रजीमा फेल भयो । कहि नाम निकाल्न सकेन अनि कतै नाम निकालेको ठाउमा पैसाले गर्दा आँट गर्न सकेन । अनि चौंथो वर्षमा त केही सीप नलागे पछि इन्जिनियरको इन्ट्रान्स दिन छाड्यो र मानविकी पढयो । तर उसको मनवाट इन्जिनियरको चार्मिङ हराइसकेको थियन । आखीरीमा उसले इन्जिनियर केटी सँग विहे गरेर आफनो इच्छा पुरा गर्ने अन्तिम विकल्प रोज्यो ।

इन्जिनियर केटी विहे गर्छु भनेर घरमा सल्लाह गर्यो , आँफन्तहरुलाई सहयोग गर्न अनुरोध गर्यो । २९ वर्षे लक्का जवान भएर के गर्नु, मानविकी त्यही माथी तीन वर्षको कोर्ष पाच वर्ष लगाएर पास, अनि चाहीने इन्जिनियर केटी , भेटाउन असाध्य गाह्रो भयो । भन्छन विहेको कुरा भाग्यमा नै लेखेर आएको हुन्छ । हुने कुरालाई कसैले रोक्न सक्दैन । आखीरीमा एउटी इन्जिनियर केटी भेटाइहाल्यो , उसैकी काकाकी छोरी अप्सराले आफु सगै कक्प्युटर इन्जिनियर पढेकी अनि भरखर व्याङकमा जागीर खान थालेकी जिना । जिनाको जागीर काठमाण्डौमा भएको हुनाले विहे गर्ना साथै दुवै जना काठमाण्डौ लागे । इन्जिनियर श्रीमतीको हौसला पाएर उसले पनि कडा मिहीनेत गरेर पढ्यो, अनि निकाल्यो सरकारी अफिसरको जागीर लोकसेवा वाट ।

पुतलीसडकमा एक वेडरुमको अपार्टमेन्ट लीएर आनन्द सग वसे भैरेका जोइपोइ । भैरेलाई विहे गरेर कस्तो फाप्यो । यही वर्ष सरकारी अफिसरको जागीर भेटायो । दुेवैजनाको एउटै शहरमा जागीर । जिना पनि “भैरे पनि टयालेन्ट केटो रैछ”भनेर मख्ख परी । उ पनि आफै असाध्यै टयालेन्ट कम्प्यटर इन्जिनियर केटी , व्याङकमा राम्रो पोष्टमा जागीर थियो । ट्याक्स, विमा के के को रकम काटेर पनि उसले मासिक कम्तिमा ६ अकको तलव थाप्थि । कहिले कहिले उसले भन्थि “हेर भैरे कम्प्युटर त मेरो इन्ट्रस्टको विषय हो । मैले कति कुरा त इन्जिनियरीङ पढन भन्दा पहिले नै जानेकी थिए । यो इमेल , फेसवुक आइडी कब्जामा लीन त मेरो देव्र हात को खेल जस्तो लाग्छ । मैले २ दिन २ रात वसेर काम गरे भने नेपालका सवै सरकारी इन्टरनेट ह्याक गर्न सक्छुहोला । तर म कहिल्यै नराम्रो काम गर्दिन । कति डाटा मेरो कन्ट्रोलमा छ , व्याङक को । झन व्याङकको डाटा त एकदम महत्वपर्ण हुन्छ । अहिले झन यो क्रेडीट कार्ड वाट अनलाइन थेप्ट त झनै टाउको दुखाइ भएको छ । मेरो जव एकदम रिस्क छ । तर मेरो व्याङकले मलाई एकदम विश्वाश गरेको छ । म कहिल्यै त्यो विश्वाशलाई कम हुन दिन्न ।” भैरे मनमनै दङग पर्दथ्यो । तर कहिले काही “यो यस्ति टयालेन्ट छ म यस्तो”भनेर आफुलाई कमजोर महसुस गथ्र्यो । तर अन्तमा जे भएपनि श्रीमती त मेरै होनी भनेर खुशी हुन्थ्यो ।

यस्तै यस्तै तरीकालै आनन्दको जीवनयापन गर्दै दुवैजना लुट्पुटीदै थिए । करिव ६ महिना पछि भैरेको जागीर दाङमा सरुवा हुने भयो । जिना अव छुटाछुटै वस्नु पर्ने भयो भनेर हतास भइ भने त्यो भन्दा तीन गुना वढि चिन्तीत भैरे भयो । भैरेलाई“नखाउ त दिनभरीको शिकार खाउ त कान्छा वावुको अनुहार” भने जस्तो भयो । जागीर छोडौं भने वल्ल तल्ल ठुलो दुख गरेर पाएको जागीर , नछाडौं । भने भरखर विहे गरेकी त्यस्ती माया गर्ने श्रीमती छाडेर अर्कै ठाउमा जानुपर्ने । आखीरीमा श्रीमतीले भन्न मन नलागी नलागी भनी “हेर भैरे तिम्रो जागीर छाड्देउ अव । आखीर तिम्रो तलब त्यती धेरै पनि छैन । तिमीले खाने तलव ६ महिनाको जोड्ने भनेनी मेरो एक महिनाको तलव वरावर हुदैन । मैले जागीर छाडें भने तिम्रो मात्र जागीरले हाम्रो परिवार पाल्न गाह्रो हुनसक्छ , तर तिमीले जागीर छाडयौ भने मेरो जागीरले जतिपनि पुग्छ । तिमी घर हेरेर वस ।”

आखीरीमा इन्जिनियर श्रीमतीले भने जस्तै भयो । जिना फुलटाइम जव गर्थि भने भैरे दिनभरी घर वस्थ्यो । आधा दिन सम्म सुत्ने, उठेर खाना तताएर खाने , टिभि हेर्ने , इन्टरनेट चलाउने साँझ श्रीमती अफिसवाट आएपछि खाना खाने अनि एकछिन टिभिमा समाचार हेर्ने अनि जाने विस्तारामा । विहे गरेको यत्रो समय सम्म उसले कहिल्यै न त खाना वनायो, न घर सफा गर्यो एउटा सिन्को भाचेर दुइटा वनाएन । एक पटक कति इन्जिनियर श्रीमतीलाई दुख दिने भनेर खाना वनाएको एस्तो वनाएछ की भनी साध्यै छैन । त्यो खाना आखिरमा कुकरले पनि खाएन । अनि रातिको नौ वजे दुइटा लोग्ने स्वास्नी रेस्टुरेन्टमा गएर चाउमिन खाएर सुत्न पर्यो । त्यो दिन देखीवाट कहिल्यै भैरेले खाना वनाउछु भनेर कस्सिएन । श्रीमतीले पनि भो भैरे पर्दैन क्या तिमीले दुख गर्न भनेर वनाउन दिइन । उसले वनाएको खाना ५ स्टार होटलको सेफले वनाएको जस्तो हुन्थ्यो भैरेले वनाएको चाही अव कुरै नगरांै । भैरे कहिले काही सोच्थ्यो “होइन यस्ले खाना पकाउने तालीम पनि लीएकी रैछ की क्या हो ?” वासिङ मेशिनमा कपडा धुन त झन गाह्रो थियो । कपडा राम्रो सँग सफा होओस, अनि सुख्खा पनि होओस भनेर जिनाले के के गरेकी थिइ । उसलाई त केही पनि थाहा थिएन । एकदिन ह्या सजिलै त होलानी भनेर वटन अन गरेको पानि लिक भएर भुइ भरी सावुन पानी । ओभन भने राम्रोसँग चलाउन जानेको छ है भैरेले । ओभन त दिनकै तिन पटक चलाउन पर्छ नजानेर पनि भएन । कहिले कहिले सोच्छ “पढ्न त इन्जिनियरिङ नै पढनु पर्ने रहेछ । जसलाईपनि काम लाग्ने । हामीले छोरा वा छोरी जे पाएपनि पढाउन त इन्जिनियरीङ नै पढाउनु पर्छ ।”

कहिले कहिले भैरे सोच्थ्यो “मैले केही गर्न सकिन , श्रीमतीको कमाइमा वाच्नु परेको छ ।” हुनत व्याङकको खाता दुइ जनाको नाममा छ । एक लाख सम्म निकाल्न उसको मात्र सहि भए पुग्छ , त्यो भन्दा वढि पैसा निकाल्न पर्यो भने मात्र हो दुइटैको सहि चाहीने । एक हजार डलरको क्रेडिट कार्ड जतिवेला पनि साथमा हुन्छ । तर पनि उसलाई के के नपुगेको जस्तो हुन्थ्यो । कहिले सोच्दथ्यो “भने मैले पनि जागीर खान नसकेको कहाँ हो र ?श्रीमतीले भनेर छाडेको त हो नि । म त एकदम भाग्यमानी मान्छे हु । अहिलेको जमानामा पनि यस्ति श्रीमती पाइदोरहेछ । उसले मलाई सवथोक दिएकी छ , मैले भने उसलाई माया मात्र दिनसकेको छु । उ पनि त भाग्यमानी हो नी , म जस्तो माया गर्ने लोग्ने पाएकी छे । मैले उसको लागी यती दुख गरेर पाएको जागीर छाडें ।”
एकदिन फेसवक यसो खोलेको उही दिपा भन्ने केटीको म्यासेज आएको रैछ । दिपा भन्ने केटीलाई भैरेले चिनेको छैन । २ हप्ता अघि एउटि केटीले फे्रन्ड रिक्वस्ट पठाइ । किन एसेप्ट नगरेको भनेर म्यासेज पठाए पछि फेसवकमा साथी हुदैमा के हुन्छ र भन्ने सोचेर एसेप्ट गर्यो । हप्ता दिन अघि देखी हरेक दिन म्यासेज पठाउछे । उसले हाइ भन्थीे, भैरेले नी हाइ भन्थ्यो, उसले वाइ भन्थी भैरे ले नी वाइ भन्थ्यो । अरु केही कुरा हुन्थेन । हिजो अकस्मात यदि तपाइलाई फुर्सद हुन्छ भने दिउसो ४ वजे वालाजुको एभरेस्ट क्याफेमा कफि खान आउनु न है भनि । मेरो केही काम छैन , दिनभरी घर कुरेर वस्ने हो भनेर भनि हाल्यो । जसले गर्दा आउन सक्दिन भनेर भन्न पनि सकेन । चार वजे होइन म पाच वजे आउन सक्छु भनेर भन्यो , त्यै पनि त्यो केटीले भो मिल्दैन भन्छे की भनेर । तर आखीरमा भैरेको केही लागेन । नचाहदा नचाहदै दिपा सग भेट हुने नै भयो ।

मेरो नराम्रो केही विचार छैन , एकपटक भेट्दैमा के हुन्छ र ? भन्दै चट्ट परेर डेनीम व्लाक पर्पmयुम लगाएर लाग्यो क्याफे तिर । “नचिनेका मान्छेलाई भेटनु राम्रो होइन, झन अन्जान केटीहरुलाई त एकदम राम्रो होइन । यिनीहरुले फसाउन सक्छन , यो नै मेरो फस्ट अनि लास्ट भेट हो”भन्ने सोच्दै थियो क्याफे टुप्लक्क आइपग्यो । ढिलो भइसकेको थियो, लुरुलुरु भित्र छिर्यो । दिपा अघि नै क्याफे पुगीसकेकी रैछे । भैरेले एक दुइ पटक फेसबकमा फोटो त देखेको थियो तर दिपा यस्ती छ भन्ने अड्कल काटिसकेको थिएन । उ भित्र छिर्नासाथ एउटी भरखर १९ २० वर्षकी जस्ती देखीने युवतीले उठेर हात हल्लाइ , भैरेलाई यही केटी नै हो भन्ने लागी सकेको थियो । उ नजीकै भैरे भन्दै आइ , भैरे मुसक्क हास्यो , दुवैले हात मिलाए । अनि लागे ४ नम्वरको टेवलमा ।

दिपा उमेर, रुप, यौवन सवै तर्फवाट उसकी साली जस्तै देखिन्थी , मात्र उ अलिकति होची थिइ र हास्दा खेरी गालामा डिम्पल पर्ने थिएन । एकैछिन अगाडी खाना खाएको भैरेलाई भोक फिटिक्कै थिएन । तर दिपाले मस्रुम मम मगाइ , उसले हुन्न भन्ने स्थिती पनि थिएन । “हेरन कफि खान भनेर वोलाएकी मम अर्डर गर्छे ? पहिलो भेटमै ढाटने ?पक्कै पैसा मैले तिर्छ भनेर हो यसले यसरी टन्न अर्डर गरेकी ।”भैरे यस्तै यस्तै सोच्दै कपाकप मम खायो , दिपा भने के के वोल्छु जस्तो गर्दै थिइ तर उसको मखवाट केही पनि शव्द निस्किएको थिएन । एकैछिन पछि दुवैले खाइसके , भैरेले अर्को साइडमा उभिएको वेटरलाई आँखाको सान लगायो । उ तरुन्त विल लिएर आइपुग्यो । २०० को विल आएको थियो, भैरेले ५०० को नोट खल्तिवाट झिकेर प्लेटमा राखीदीयो । भो अहिले म तिर्छु भन्दैदिपाले ५०० को नोट झिकेर भैरेलाई नै दिइ अनि आफुले झोला वाट झिकेर २०० प्लेटमा राखीदिइ । भैरे हतार हतार पैसा खल्तिमा राख्दा मलिन अनुहार वनायो । “कठै मैले कहिल्यै ठिक सोच्न सकिन , पैसा मलाई तिर्न लगाउछे भन्ने सोचेको त उसैले पो तिरी । एक घन्टाको समय भित्र म गलत सावित भए । सायद अव अर्को पटक मलाई तिर्न लगाउने भन्ने पो सोचेकि छ की । ह्या , म पनि कति नेगेटिभ सोचेको , अर्को पटक त को आउछ र ?”यस्तै यस्तै सोच्दै कुर्ची वाट जुरुक्क उठयो । के के सोध्नुपर्ला , रमाइलो रमाइलो कुरा गर्नु पर्ला भन्ने सोचेर आएकी दिपा पनि एउटा कुरा मुखवाट निकाल्न सकिन । केहि कुरा त जसरी पनि सोध्छु भनेर कति वल गरे पनि भैरेले उसको आँखामा एक पटक आँखा जुधाँएन । त्यसपछि आँखा जुधाँउदा उसले वाइ भनिसकेको थियो । दिपाले पनि अमिलो मनलाई भित्रै लुकाएर वाइ भनि । अनि एउटा पुर्व तिर त अर्को उत्तर तिर लागे । आजको भेट पनि केवल हाइ र वाइमा सिमीत भएर सकियो ।

भैरे हस्याङफस्याङ गर्दै घरमा गयो । मेचमा वस्यो । उसले आज पहिलो पटक आफुले चिन्दै नचिनेकी केटीलाई भेटेर आयो । उसलाई कतै यो सपना त होइन भन्ने शङका लाग्यो , अनि एकपटक पाखुरामा चिमोटेको चसक्क दुख्यो, अनि विपना नै रहेछ भन्ने कन्फर्म भयो । आफुले दिपालाई भेटेर ठिक गरे की वेठिक गरे दोधारमा पर्यो । एकछिन आखा चिम्लियो । आखा चिम्लिदा पनि उसलाई खासै आनन्द भएन । घरी दिपालाई देख्थ्यो त घरी जिनालाई , घरी एउटीलाई घरी अर्कीलाई । एकैछिन पछि जिना आइ । भैरे सवै कुरा मनमै लुकाएर भएपनि खिस्स एकपटक मुस्कान दिन चाहन्थ्यो तर सकेन । जीनाले खीस्स हाँस्दै “हजुर आज ५ वजेतिर वालाजु गएर आइस्यो हगी ?”भनेर भनि अनि खरुक्क कम्प्युटर कोठामा छिरी । भैरेको मुटुमा झन धड्कन वड्न थाल्यो । सधै तिमी भन्ने श्रीमतीले आज हजुर भनेको सुन्दा जिनाको मुहारमा कुनै परिवर्तन देखेन । तर उसलाई एकदम अनौठो लाग्यो । हैन म वालाजु गएको श्रीमतीले कसरी थाहा पाइ ? उसले कतै पढेको थियो फेसवुकमा भेटीएका मान्छेको त्यती विश्वाश गर्नु हुदैन । कति राम्रो फोटो राख्छन फेसवुकमा वास्तवमा अर्कै हुन्छन । अझ कहिले त फेक आइडी वनाएर आफनै मान्छेले पनि झुक्काउन सक्छन । तर आजको केश त यस्तो थिएन । अनि कसरी थाहा पाइत श्रीमतीले ? उसले झलक्क केहि समय अघि जिनाले भनेको करा सम्झियो , “हेर भैरे मैले दुइ तीन दिन कस्सियर काम गरे भने कस्ता कस्ता वेवसाइट हयाक गर्दिन सक्छु । इमेल , फेसवुक एकाउन्ट ह्याकीङ त एकैछिनको खेल हो ।”पक्कै मेरो फेसवुक उसको कन्ट्रोलमा हुनसक्छ । नत्र कसरी थाहा पाइ त म ठयाक्कै ५ वजे वालाजु गएको भन्ने ? यो कुरा त कसैलाई पनि थाहा थिएन म र दिपा वाहेक । यस्तै यस्तै सोच्दै मोवाइलमा वाइफाइ अन गर्यो , फेसवुक खोलेर एकाउन्ट डिएक्टिभेट गरीदियो । त्यस दिन देखी भैरेले कहिल्यै फेसवुक खोलेन । कहिल्यै खोलेन ।