अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:२४ | Colorodo: 21:39

वाको युएसएमा ठकुरीलाई रजत पदक

विजय थापा २०७६ जेठ ७ गते ९:४३ मा प्रकाशित

गत शुक्रवार मे १७ का दिन एटलान्टिक सिटी न्युजर्सीमा सम्पन्न वर्ल्ड एसोसिएसन अफ किक बक्सिङ अर्गनाईजेसन द्वारा आयोजित अन्तर्राष्ट्रिय प्रतियोगितामा ३ पटक गिनिज वर्ल्ड रेकर्ड उज्ज्वल ठकुरीलाई रजत पदक प्राप्त भएको छ ।

वाको युएसए को उक्त प्रतियोगितामा पोइन्ट फाइट(अङ्क युद्ध )र ७४ केजी तौल भन्दा माथि ब्लाक बेल्ट(कालो फित्ताधारी )प्रदर्शनमा खेलमा उज्ज्वल ठकुरीले रजत पदक हासिल गरेका हुन् ।

उनी २९ वर्षीय मिलर ओमारी सँग पराजित भएका थिए । नासका अन्तर्गत राखिएको वाको युएसए खेल भनेको वर्ल्ड एसोसिएसन अफ किक बक्सिङ अर्गनाईजेसन हो । त्यसै गरी ठकुरीले नासकाको सृजनात्मक कातामा कास्य पदक हासिल गरेका छन् ।

ठकुरी भन्छन् हार जित भइरहन्छ ,म ४४ वर्ष उमेर भएकोले २९ वर्ष को युवा सँग खेल्न मज्जा आएको बताए । उनले भने दुई चोटि ढाल्न पनि पाएको बताए । यो अङ्कको खेलमा ढाल्न पाईदैन र जसले ढाल्छ खेल उसैले हार्छ । आफू अलिक उत्तेजित थिए ,अलिक नियन्त्रण गरेको भए खेलले बाजी मार्न सक्थे उनले भने ।

नेपाली मूलका मध्ये अमेरिकामा वाको खेल्ने र रजत ल्याउने सम्भवतः आफू भएको बताए । पदक नजिती ओलम्पिकमा भाग लिँदैमा ओलम्पियन बन्ने आफ्नो रहर छैन उनी भन्छन् ।

ठकुरी भन्छन् , म आफ्नो शरीर जिउँदो रहुन्जेल, हात खुट्टा चलुन्जेल खेल खेलिराख्ने इच्छा भएको बताए । 

प्रतिक्रिया