अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:३५ | Colorodo: 11:50

श्रृंखला खतिवडा न्यु योर्क आउँदै

विजय थापा २०७६ वैशाख २८ गते ८:१५ मा प्रकाशित

डिसी । मिस नेपाल वर्ल्ड २०१८ श्रृंखला खतिवडा न्यु योर्क आउने भएकी छिन् । आगामी अगस्त १७ का दिन अमेरिकाको न्यु योर्क सहरमा आयोजना हुने मिस नेपाल नर्थ अमेरिका २०१९ को लागि आउने भएकी हुन् ।

खतिवडा पार्टीसिपेन्ट मेन्टर अर्थात् सहभागी परामर्शदाताको रूपमा आउने आयोजकले बताएका छन् । मिस वर्ल्डमा उत्कृष्ट १२ मा पुग्न सफल ‘मिस नेपाल वर्ल्ड २०१८ ’ कि श्रृंखला खतिवडा मिस वर्ल्डमा ‘व्यूटि वीथ प्रपोज’ र मिस मल्टिमिडियाको उपाधि हात पार्न सफल भएकी थिइन् । 

नेपालको प्रतिनिधित्व गर्दै चीनमा सम्पन्न प्रतियोगीमा सहभागी भएकी मिस नेपाल २०१८ खतिवडाको चर्चा उपचर्चा सामाजिक सञ्जालमा व्यापक भएको थियो । मिस नेपाल नर्थ अमेरिका २०१९ का आयोजक द्वारा जारी गरिएको छापा विज्ञप्तिमा खतिवडाले पार्टीसिपेन्ट मेन्टर अर्थात् सहभागी परामर्शदाता को रूपमा सहभागी जनाउने भएकोमा हर्ष व्यक्त गरेका छन् ।

साथै उनले अन्तिम समापन समारोह सम्म सहभागीहरूलाई तयार गर्न सहयोग गर्ने छिन् । खतिवडा विश्व शान्तिको लागि शिक्षकहरूको अन्तर्राष्ट्रिय संस्था (आईएईडब्लुपी )कि राष्ट्रिय कुलपति तथा वान होम फाउन्डेसन (एक घर प्रतिष्ठान )कि अध्यक्ष पनि हुन्

उनी अनन्त सुन्दरताको साथै आर्किटेक्ट (वास्तुविद्) कि सर्वश्रेष्ठ पनि हुन् । उनी सुन्दरी को साथै तीक्ष्ण मस्तिष्क कि सिद्ध उदाहरण हुन् । उनले मिस वर्ल्डमा भाग लिई रहँदा नेपालीहरूले गरेको मायाप्रति पटक पटक आभार व्यक्त गर्नुको साथै मिस वर्ल्डमा भाग लिएर नेपाललाई चिनाउन पाएकोमा आफूलाई गर्व लागेको सार्वजनिक रूपमा भनेकी थिइन् ।

गत वर्ष सफलतापूर्वक सम्पन्न भएकै स्थान मेल रोज बलरुममा कार्यक्रम हुने भएको छ । आवेदन भर्ने अन्तिम मिति जुन १५ राखिएको छ भने जुलाई १ तारिखका दिन अन्तिम नामावली प्रकाशित गरिने छ । अन्तिम ग्रान्ड फिनाले (अन्तिम समापन ) अगस्त १७ का दिन हुने छ ।

कार्यक्रम उन्नत इन्टरनेसनल तथा ड्रिम्स युनिभर्सलले कार्यक्रम गर्ने छ । ९ वर्ष सम्म रणनीति कार्यक्रम व्यवस्थापन, परियोजना व्यवस्थापन तथा नेतृत्व व्यवस्थापनमा गहिरो अनुभव बटुलेका व्यक्तिहरू मिस नेपाल नर्थ अमेरिकाको टोलीमा संस्थापकहरूको संलग्नता रहेको छ ।

मिस नेपाल नर्थ अमेरिका टोलीले प्रतियोगी १८ देखि २७ वर्ष सम्म हुनु पर्ने, अविवाहित, ५ फुट २ इन्च हुनु पर्ने, शैक्षिक योग्यता उच्च माध्यमिक उत्तीर्ण (हाई स्कुल ग्राजुएट ), प्रतियोगी उत्तर अमेरिका निवासी हुनु पर्ने, नेपाली मूलको हुनु पर्ने, निवेदकको सही नैतिक चरित्र तथा नेतृत्वको सिप हुनु पर्ने तथा जीवन वृत्ति हाँक्न सक्ने तथा सफल हुन प्रभावशाली इच्छा भएको हुनु पर्ने जनाएको छ ।

आयोजक समूहमा अन्तर्गत शैलेन्द्र श्रेष्ठ तथा निराकार उप्रेती सह संस्थापक सभापति रहेका छन् । 

प्रतिक्रिया