अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:३३ | Colorodo: 10:48

गायक रमेश श्रेष्ठ मेलोडीको “सुपरग्लु” सार्वजनिक (भिडियो सहित)

सुर्य चन्द २०७६ वैशाख २७ गते ६:५७ मा प्रकाशित

काठमाडौँ : स्टेज किङको उपाधि पाएका चर्चित गायक रमेश श्रेष्ठ मेलोडीको नयाँ गीत “सुपरग्लु” को म्युजिक भिडियो सार्वजनिक भएको छ l दर्जनौँ चर्चित गीतहरू गाएर चर्चा कमाइ सकेका गायक रमेशको सुमधुर आवाजको डान्सिङ बिटमा रहेको “सुपरग्लु” भर्खरै मात्र युट्युब मार्फत सार्वजनिक भएको हो l

चर्चित गीतकार अम्बिका गुरुङको शब्द तथा गायक रमेश श्रेष्ठ मेलोडिको सङ्गीत रहेको यस गीतकोमा नव र्यापर प्रतीक अधिकारी आजतले र्याप गरेका छन् । म्युजिक भिडियोलाई वासु न्यौपानेले छायाङ्कन गरेका छन् भने कोरियोग्राफी तथा निर्देशन राहुल बराइलीले गरेका छन् l म्युजिक भिडियोमा चर्चित नायिका निता ढुङ्गाना नवीन राई तथा विशाल लामाको नृत्य तथा अभिनय देख्न सकिन्छ l

भिडियो हेर्नुहोस् :

प्रतिक्रिया