अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:०० | Colorodo: 22:15

बाल्टिमोरमा नेपाली राष्ट्रिय सम्मेलन जुलाई ५ देखि ७ सम्म हुने

विजय थापा २०७६ वैशाख २७ गते ६:२३ मा प्रकाशित

डिसी । अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा नेपाली नेसनल कन्भेन्सन अर्थात् नेपाली राष्ट्रिय सम्मेलन जुलाई ५ देखि ७ सम्म हुने भएको छ । केही समय अगाडी यही सम्मेलनको लागि संस्थाका पदाधिकारीहरूले समुदायसँग राय, सल्लाह, सुझाव लिएका थिए ।

गत वर्ष सिकागोमा ३ वटा संस्थाहरू एएनए ,आन्मा र नासाको आयोजनामा संयुक्त रूपमा नेपाली राष्ट्रिय सम्मेलन नाम दिई सफलता पूर्वक सम्पन्न गरेको थियो । त्यसलाई निरन्तरता दिँदै यस पटक डिसी महानगर क्षेत्रको बाल्टिमोरमा एएनए ,आन्मा र बाल्टिमोरको बाना संस्थाको संयुक्त आयोजनामा नेपाली राष्ट्रिय सम्मेलन गर्ने भएका छन् ।

सम्मेलन हुन करिब दुई महिनाको अवधि रहेकोले त्यसको तयारीको लागि बाल्टिमोरमा होटेल (अतिथि गृह) को निश्चित गरिएको जानकारी नेपाली राष्ट्रिय सम्मेलनका सम्मेलन सभापति विजय श्रेष्ठले दिएका छन् ।

सम्मेलन स्थल होटेल रेड लायन रहेको छ । आगामी मे १० शुक्रवार देखि आफ्नो कोठाहरु सुरक्षित गर्न चाहनेले खुसी साथ स्थान सुरक्षित गर्न पाइने सम्मेलन सभापति श्रेष्ठले बताए ।

सम्मेलन नेपाली नेसनल कन्भेन्सन २०१९ ले गर्ने छ भने बाल्टिमोर सम्मेलनको आतिथ्य बानाले गर्ने छ । बानाका अध्यक्ष सुबोध विलास पन्त संयोजक रहेका छन् । यसै गरी नेपाली राष्ट्रिय सम्मेलनको संरक्षकमा महा वाणिज्य दूत प्रेम राजा महत रहनु भएको छ ।

सम्मेलन सभापति श्रेष्ठले यस भेकमा रहनु हुने सबै नेपाली समुदायलाई अहिले देखि नै आफ्नो मिति तिथि भित्ते पात्रोमा रोक्न आग्रह गरेका छन् । यसलाई सफल बनाउन विभिन्न समिति उप समिति तथा अन्य जानकारी नियमित रूपमा सम्मेलन नसकुन्जेल सञ्चार माध्यम मार्फत दिने श्रेष्ठले बताए । 

प्रतिक्रिया