अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:११ | Colorodo: 01:26

न्यूयोर्कमा हुने युएनए सम्मेलनको भव्य तयारी

विजय थापा २०७५ फागुन १८ गते ११:३३ मा प्रकाशित

डिसी । युनाइटेड नेप्लिज एसोसिएसन (युएनए) को सम्मेलन मेमोरियल डे को सप्ताहमा अमेरिकाको न्यु योर्क सहरमा २५ र २६ का दिन आयोजना हुने भएको छ । चौथो न्यूयोर्कमा हुने युएनए सम्मेलनको भव्य तयारी भई रहेको आयोजकले जानकारी दिएका छन् ।

गत वर्ष टेक्सस राज्यको ड्यालसमा सफलता पूर्वक सम्पन्न उक्त सम्मेलन यस पटक विश्व कै सम्राट् राज्य न्यूयोर्कमा हुन् लागेको हो । युएनए संस्था गैर राजनैतिक, गैर धार्मिक ,जातीय वा क्षेत्रीय सोचबाट मुक्त रहेको गैर मुनाफा सामाजिक संस्था हो ।

केही समय अगाडी न्यु योर्कमा सम्मेलन बारे पत्रकार सम्मेलनको आयोजना गरेको थियो भने यस महान् सम्मेलनमा सबै समुदायलाई सहभागिताको लागी आव्हान तथा अनुरोध गरेको छ ।

आयोजकहरू तयारीमा जुटेका छन् भने युनाइटेड नेप्लिज एसोसिएसन (युएनए) ले चाैथाे सम्मेलनको प्रतीक चिन्ह (लाेगाे) सार्वजनिक गरेका छन् । सम्मेलनको आयोजना अधिकांश युवाहरूको काँधमा जिम्मेवार प्रदान गरिएको छ । उनीहरूमा अद्भुत शक्ति ,आँट ,जोस र जाँगर हुने भएकोले उनीहरूको काँधमा जिम्मेवारी गत वर्ष दिएको जस्तै दिइएको छ ।

सम्मेलनमा बहस कार्यक्रम, साहित्य, बालबालिकाका कार्यक्रम, विभिन्न मञ्चका कार्यक्रम, खेलकुद तथा सांस्कृतिक कार्यक्रमहरूको आयोजना हुने छ ।सम्मेलनलाई सफल बनाउन न्यु योर्कका स्थानीय सङ्घ/संस्था सँग सहकार्य गरिने आयोजकले जानकारी दिएका छन् । पत्रकार सम्मेलन मार्फत सम्मेलनमा गैर आवासीय सम्मेलनमा अस्ट्रेलियाका अर्ब पति तथा एनआरएनका निवर्तमान अध्यक्ष शेष घले, एनआरएन अध्यक्ष भवन भट्ट लगायतलाई निम्तो दिइएको आयोजकले जानकारी दिएका छन् ।

गत वर्ष एनआरएन का निवर्तमान अध्यक्ष शेष घले तथा जमुना घले ले समेत टेक्सस ड्यालसमा सहभागिता जनाउनु भएको थियो । आयोजक संस्थाका क्षेत्रीय संयोजक एवं उपसभापति पवन योञ्जनले नेपाली समुदाय सबैलाई सहभागिताको लागि आव्हान गरेका छन् । सम्मेलनमा युवा लक्षित मार्सल आर्ट समेत प्रदर्शन हुनेछ ।

युनाइटेड नेप्लिज एसोसिएसन (युएनए )का संस्थापक टेक्सस का सफल व्यवसायी पासाङ लामा हुन् । 

प्रतिक्रिया