अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:१२ | Colorodo: 16:27

चलचित्र विकास बोर्डको अध्यक्षको लागि सुचित्रा श्रेष्ठको उम्मेदवारी दर्ता

सुर्य चन्द २०७५ फागुन १७ गते १२:०१ मा प्रकाशित

काठमाडौँ : नेपाली चलचित्र क्षेत्रमा पहिलो महिला निर्देशकको परिचय बनाइसकेकी चलचित्र निर्देशक तथा निर्देशक समाजको पहिलो महिला अध्यक्ष सुचित्रा श्रेष्ठले चलचित्र विकास बोर्डको अध्यक्षको लागि उम्मेदवारी दर्ता गराएकी छिन । २०५८ सालमा चलचित्र ‘प्रेम युद्ध’बाट निर्देशनमा लागेकी सुचित्राले यस अगाडि नेपाल टेलिभिजनबाट प्रसारित सिरियल ‘अकल्पित र स्मृति’को मुख्य सहायक निर्देशकको भूमिका निभाएकी थिइन । उनले ‘सहारा’, ‘समर्पण’ र ‘भाइटिका’को निर्देशन र लेखन गरिन् । योङ एसिया टेलिभिजनले बनाएको दर्जनौँ वृत्तचित्र निर्देशन गरेकी सुचित्रा पत्रकारितामा समेत लामो समयदेखि आबद्ध छन् । 

आफूसँग भएको दक्षता तथा अनुभवलाई लिएर आगामी दिनमा चलचित्र क्षेत्रमा आफ्नो जीवन समर्पित गर्ने सोच लिएकी निर्देशक समाजको अध्यक्ष सुचित्रा श्रेष्ठले यदि सरकारले निष्पक्ष रूपमा नियुक्त गरेमा आफू चलचित्र विकास बोर्ड सम्हाल्न तयार रहेको बताउछिन । पार्टीगत तथा व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर सरकारले निर्णय गरेमा आफू अधक्ष्य बन्ने पक्का रहेको समेत उनी जानकारी गराउछिन ।

चलचित्र क्षेत्रमा भएको विकृतिलाई चिर्दै विकास बोर्डलाई सुद्दिकरण गर्न आफू सक्षम रहेको समेत उनको दाबी छ । निकिता पौडेलले कार्यकाल सकिन १० महिना अगाडि नै राजीनामा दिएपछि चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्त हुन उम्मेदवारी दर्ता दिने प्रक्रिया अगाडि बढेको छ । 

प्रतिक्रिया