अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:५३ | Colorodo: 22:08

नेपाल आइडल अमेरिका आउने

विजय थापा २०७५ माघ १८ गते २२:३२ मा प्रकाशित

डिसी, नेपाल आइडल सिजन २ का अन्तिम सर्वोच्च ३ प्रतियोगीहरू अमेरिका आउने भएका छन् । नेपाल आइडल सिजन २ का विजेता रवि ओड, प्रथम विजेता विक्रम बराल तथा द्वितीय विजेता सुमित पाठक आउने भएका छन् । तीनै जना आगामी अप्रिल/मे महिनामा कार्यक्रमको लागी आउने छन् । 

उक्त नेपाल आइडल सिजन २ का अमेरिकाको लागि केटिएम इन्टरटेन्टमेन्टले गर्ने छ । आयोजक केटिएम इन्टरटेन्टमेन्टका अनुसार उनीहरूले अमेरिकाका विभिन्न राज्यहरूका विभिन्न सहरहरूमा कार्यक्रम प्रस्तुत गर्ने छन् । कार्यकमको सुरुवात बोस्टन सहरबाट सुरु हुने छन् भने बोस्टनको वनडरल्याण्ड बलरुममा अप्रिल १२ तारिख शुक्रवारका दिन कार्यक्रम हुने छ ।

बोस्टनबाट अप्रिल १२ मा सुरु भएको कार्यक्रम मे १२ तारिखका दिन सेन्ट लुइसमा सम्पन्न हुनेछ । आयोजकका अनुसार अप्रिल १२ बोस्टन, अप्रिल १३ न्यु योर्क, अप्रिल ९ बाल्टिमोर, अप्रिल २० वासिङ्टन र अप्रिल २७ तारिख मिनेसोटा, अप्रिल २८ ड्यालस, मे ३ अस्टिन, मे ४ सन फ्रान्सिस्को, मे १ लस एन्जलस तथा अन्तिम मे १२ मा सेन्ट लुइसमा हुने छ ।

आयोजकका अनुसार सन् २०१९ को सबै भन्दा बृहत् कार्यक्रम हुने छ भने नेपाल आइडलका प्रशंसकहरू कार्यकम हेर्न प्रतीक्षारत रहने छन् । उनीहरूले आफ्नो मौलिक, सांस्कृतिक तथा स्वाभाविक गीतहरू प्रस्तुत गर्ने छन् ।

न्यु योर्कमा नेपाली नयाँ वर्षको दिन कार्यकम प्रस्तुत हुने छ भने कार्यक्रम मेलरोज बल रुम एस्टोरिया न्यु योर्कमा हुने छ । केटिएम इन्टरटेन्टमेन्टका संस्थापक राकेश गुरुङ नेपाल आइडल सिजन २ अहिले सम्म कै सर्वाधिक रूपमा विश्व ब्यापीरुपमा बिधुतिय प्रणाली सहित हेरिएको बताउदछन । नेपाल आइडलकी कार्यक्रम प्रस्तोता रिमा विश्वकर्माले कार्यक्रम सञ्चालन गर्ने छिन् ।

प्रतिक्रिया