अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:१७ | Colorodo: 22:32

आफ्नै रगत दिएर करिब २४ लाख बच्चाहरू बचाए

अर्जुन मैनाली २०७५ पुष १४ गते १२:०४ मा प्रकाशित

सन १९५१ मा १४ वर्षीय अष्ट्रेलियन जेम्स हैरिसनको फोक्सोमा बिमार लागेर सल्यकृया गर्नु पर्‍यो । उनलाई तीन महिना अस्पतालमा रहँदा १३ पोका रक्त सञ्चार गर्नु परेको थियो । उनलाई चाहिएको जती रगत दिनेहरू सबै जना अपरिचित थिए । त्यसपछि उनले रक्तदानको महत्त्व बुझे । जेम्स हैरिसनलाई पनि मैले अरूको लागि केही गर्नुपर्छ भन्ने मनमा परेछ । तब उनी १८ वर्ष हुनासाथ पहिलो पटक रक्तदान गरे । रगत निकाल्न पाखुरामा सुई घोच्दा उनलाई धेरै दुखेको थियो । उनले अरूलाई बचाउन दु:खाइलाई वास्ता नगर्दै रगत दिन सुई घोच्ने बेलामा आँखा चिम्लेर नै सहे । 

सन १९६७ सम्ममा अस्ट्रेलियामा हजारौँ महिलाको गर्भपात र जन्मिहाले पनि बच्चाको मस्तिष्कमा समस्या हुन्थ्यो । डाक्टरहरूले यस्तो हुनुको कारण पत्ता लगाउन सकेका थिएनन् । जब जेम्सहैरिसनले पहिलो पटक रक्तदान गरे, त्यस रगतमा ब्लड बैङ्कका अनुसन्धानकर्ताले एक प्रकारको एंटीबॉडी ‘एन्टी डी’ पाए । त्यसपछि वैज्ञानिकहरूले जेम्सलाई रगतमा हुने प्लाज्माबाट एन्टी डीइन्जेक्शन बनाउने कार्यक्रममा सरिक गराए । उक्त इन्जेक्सन पहिलो पटक रोयल प्रिन्स एल्फ्रेड अस्पतालमा एक गर्भवती महिलाई दीईयो ।

जेम्स हैरिसनले हप्तै पच्छे ६० बर्षासम्म प्लाज्मा दान गरेकोबाट एन्टी डी सुई बनाइ अस्ट्रेलियाका १७ प्रतिशत गर्भवती महिलालाई लगाउँदा २४ लाख नव शिशुहरूलाई बचाउन सहयोग भयो । जेम्सको प्लाज्मा ई-डी इम्युनोग्लोब्लिन औषधि बनाउन प्रयोग हुन्थ्यो । यो औषधि नेगेटिभ रक्त समूह भएका गर्भवती आमाहरू जसको गर्भमा रहेको बच्चा पोजेटिभ रगत भएकालाई जोखिम नहोसभनेर दीईन्छ । यदि यो औषधी नदिने हो भने, आमाको रातो रक्त सेलले बच्चाको रक्त सेललाई टुक्रा टुक्रा पार्थ्यो र नव शिशुको दिमागमा समस्या, पोलिओ अथवा जन्डिस हुन सक्छ । मानवरगतमा पोजेटिभ र नेगेटिभ समूह हुन्छ । यसले जीवनमा फरक पार्दैन । पोजेटिभ रक्त समूहको रातो रक्त कोसीकाको सतहमा प्रोटिन हुन्छ तर नेगेटिभको सतहमा हुँदैन । यस्तो अवस्थामा नेगेटिभरगत समूह भएको गर्भवती आमाको रगतमा भएको रक्षात्मक समूहले बच्चामा भएको पोजेटिभ रातो रक्त कोसीकामा रहेको प्रोटिनलाई आगन्तुक शत्रु ठानी आक्रमण गर्छ । त्यसैले बच्चाकोपोजेटिभ रक्तसेललाई बलियो बनाउन ई-डी इम्युनोग्लोब्लिन औषधि दिने गरिन्छ ।

जेम्सको आफ्नै छोरी ट्रासी मेलोशिपलाई पनि यस्तै भएर जेम्सको प्लाज्माबाट बनेको औषधी दीइेको थियो । अहिले बच्चा र आमा दुई स्वस्थ छन् । जेम्सले विभिन्न समयमा सञ्चारकर्मीसँग कुरा गर्दा ‘मैले रक्तदान जस्तो राम्रो कामलाई कहिले पनि रोकिन’ भनेका छन् ‘सायद मेरो प्रतिभा भनेकै रक्तदान गर्नु हो’ । अष्ट्रेलियन रेडक्रसले जेम्सलाईपृथ्वी ग्रहकै सर्वाधिक रक्तदाताको रूपमा चित्रण गरेको छ । जेम्सले सधैँ आफूलाई अरू जस्तै सामान्य रक्त दाता नै ठानी रहे । जेम्सको निस्स्वार्थ मानवीय सेवाको लागि ‘सुनौला पाखुरा भएको मानिस’ उपनाम र अष्ट्रलियाको मेडल अफ द अर्डरले सम्मानित भए । जिनिज बुक अफ वोर्ल्ड रेकर्डसले पनि जेम्सलाई सर्वाधिक प्लाज्मा दाताको रूपमा नाम लेखेको छ ।

जेम्सले ‘मैले प्लाज्मा दान गर्नु अनिवार्य प्रतिबद्धता हो’ भनेका छन् । जेम्सले मे ११, २०१८ मा ब्लड बैङ्क जाँदा अब म ८१ वर्षको भए,यो मेरो अन्तिम रक्तदान हो, अब म रक्तदान गर्न पाउन्दिन भने । जेम्सले अन्तिम पटक ११७३ औ प्लाज्मा दान आफ्ना रक्तदाताहरुलाई मेरो दानको रेकर्डलाई ब्रेक गर्न आव्हान गरेका थिए । त्यस पछि उनका शुभचिन्तकहरूले ‘हामी उनको दया फेरी कहिल्यै देख्न सक्दैनौ’ भनेर दुखी भए । त्यतिखेर ब्लड बैङ्कका अधिकारीहरूले आफ्ना सबै रक्तदाताहरुमा जेम्सको जस्तै नियमित रूपले रक्तदान गरिरहन आव्हान गरेका थिए ।

रक्तदाता अर्जुन मैनाली