अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:५१ | Colorodo: 09:06

अमेरिकामा फोटोग्राफर राजीव श्रेष्ठको ग्लाम क्यालेन्डर २०१९ को लोकार्पण

विजय थापा २०७५ पुष ८ गते १९:५२ मा प्रकाशित

अमेरिकाको मेरिल्याण्ड राज्यको जर्मन टाउन सहरमा लोकप्रिय फोटोग्राफर राजीव श्रेष्ठको “ ग्लाम क्यालेन्डर २०१९ “ को लोकार्पण सम्पन्न भएको छ । 

श्रेष्ठ द्वारा मिस नेपाल युएसमा सहभागी भएका प्रतियोगीहरू लगायत अमेरिकाको न्यु योर्क ,टेक्सस तथा डिसी महानगर क्षेत्रमा रहेका मोडलहरू(नमुना )का खिचेका छायाचित्रहरुको सङ्ग्रह गरिएका तस्बिरलाई उक्त “ग्लाम क्यालेन्डर २०१९”मा समावेश गरिएको छ ।

“ग्लाम क्यालेन्डर २०१९” का प्रमुख अतिथि अन्तरराष्ट्रीय नेपाली पत्रकार सङ्घ(ईन्जा)का अध्यक्ष गुणराज लुइँटेल रहेका थिए । “ग्लाम क्यालेन्डर २०१९ को लोकार्पण प्रमुख अतिथि लुइँटेल, नमुना महिला रिमा केसी, राजीव श्रेष्ठको आमा तथा स्वयम् राजीव श्रेष्ठले संयुक्त रूपमा सार्वजनिक रूपमा विमोचन गरेका थिए । 

लोकार्पण हुनु अगाडी श्रेष्ठले आमाको आशिर्बाद लिएर मात्र “ग्लाम क्यालेन्डर २०१९”को सार्वजनिक श्रेष्ठले गरेका थिए । फोटोग्राफर श्रेष्ठले उक्त भित्ते पात्रोमा रहेका नमुना महिलाहरूको परिचय समेत दिएका थिए । उनले मिस नेपाल युएस २०१८ का ९ जनाको तस्बिरहरू र ३ वटा तस्बिर डिसी क्षेत्रकी नमुना महिला रिमा केसीको राखिएको बताएका थिए ।

श्रेष्ठले नेपालमा हुँदा आफूले भोगेका अनुभव बारेमा छोटोमा चर्चा गर्नुको साथै आफू मेहनती छु भन्दै विश्वास दिलाएका थिए । उनले सहयोग र समर्थन गर्न आग्रह समेत गरेका थिए । साथै श्रेष्ठले आगामी सन् २०२० को लागि यस भित्ते पात्रोमा आउन इच्छुक सबैलाई आव्हान गरेका छन् । 

“प्रमुख अतिथि गुणराज लुईटेलले राजीव श्रेष्ठलाई सहयोग र वहाँ सँग मिलेर काम गर्न आग्रह गरेका थिए । साथै अमेरिकामा जन्मेका नानीहरू तथा मोडल नमुना बन्ने को लागि पनि ठुलो अवसर भएको बताउँदै श्रेष्ठलाई नेपाल देखि नै चिनेको बताएका थिए ।

उक्त कार्यक्रममा सञ्चारकर्मी सुनिल मणि दाहाल तथा विजय थापाले शुभकामना मन्तव्य दिएका थिए l कार्यक्रम सञ्चालन अमेरिका नेपाल चलचित्र समाजका संस्थापक पूर्ण सिंह बराइलीले गरेका थिए । सोही कार्यक्रममा श्रेष्ठलाई ईन्जाको सञ्चालक समिति सदस्यमा आमन्त्रण गरिएको थियो । 

प्रतिक्रिया